पुस ५, ललितपुर  । गोदावरीस्थित राष्ट्रिय वनस्पति उद्यानमा एक दशकमा थप ३०० प्रजाति वनस्पतिको पहिचान भएको छ । 

सन् २००३ मा भएको अध्ययनमा उद्यानमा ५५० "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पुस ५, ललितपुर  । गोदावरीस्थित राष्ट्रिय वनस्पति उद्यानमा एक दशकमा थप ३०० प्रजाति वनस्पतिको पहिचान भएको छ । 

सन् २००३ मा भएको अध्ययनमा उद्यानमा ५५० "/>

२०८२, १० फाल्गुन आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

ललितपुर - LLT

गोदावरी वनस्पति उद्यानमा थप ३०० वनस्पति पहिचान

२०७३, ५ पुष मंगलवार ०४:०३

पुस ५, ललितपुर  । गोदावरीस्थित राष्ट्रिय वनस्पति उद्यानमा एक दशकमा थप ३०० प्रजाति वनस्पतिको पहिचान भएको छ । 

सन् २००३ मा भएको अध्ययनमा उद्यानमा ५५० प्रजाति पाइएकामा अहिले ८६० प्रजातिको पहिचान भएको हो । उद्यानले अहिले गरिरहेको वनस्पतिको अभिलेखीकरणमा ती वनस्पतिको पहिचान भएको उद्यान अधिकृत सिर्जना शाहले बताउनुभयो । 

नयाँ बिरुवा अन्यत्रबाट ल्याएर थप भएकाभन्दा पनि उद्यानकै पहिले पहिचान नभएका बिरुवा अहिले पहिचान हुँदा वनस्पतिका प्रजाति थप भएको उद्यानले बताएको छ । फूूल फुल्ने कतिपय वनस्पति नफुल्दासम्म बोट उस्तै देखिए पनि फुलेपछि फरक देखिन्छन् । उहाँ भन्नुहुन्छ, “यहाँ लामो समयसम्म रहेका कतिपय वनस्पति पनि धेरै समयपछि मात्रै पहिचान भएका छन् ।” 

उन्यु, अर्किड, सुनाखरीलगायतका वनस्पतिको प्रजाति अहिले थप पहिचान भएको छ । उद्यानमा घुम्नका लागि मात्रै नभएर अध्ययन, अवलोकन गर्न पनि धेरै नेपाली र विदेशी बर्सेनि आउने गरेका छन् । रासस  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा वैदेशिक व्यापारका सात महिना : ९ खर्ब ५० अर्ब घाटा फागुन २१ पछि पहिलो पार्टी बन्ने एमालेको दाबी देश लुट्नेहरूलाई भाग्न पर्ने ठाउँमा पुर्‍याउने काम गर्‍यौँ: रवि लामिछाने सेना परिचालन हुँदा पनि शाान्त हुन सकेन रौतहटको गौर यात्रुबाहक बस विद्युतको पोलमा ठोक्किँदा ९ जना घाइते खैरो हेरोइनसहित युवक पक्राउ युवाका लागि स्वदेशमै अवसर सिर्जना गर्न आवश्यक : प्रधानमन्त्री एमालेको झण्डा जलाइएको हो भने दोषीलाई कारवाही हुन्छः निर्वाचन आयोग दुर्गा प्रसाईंलाई अदालतमा उपस्थित गराउन सर्वोच्चको आदेश प्रधानमन्त्री कार्कीद्वारा मुक्तिनाथको दर्शन रास्वपाको भैरहवा र पोखराको चुनावी सभा स्थगित बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एकजना पक्राउ स्रोत नखुलेको नगदसहित एकजना पक्राउ दुई समुदायबिच झडप, अवस्था तनावग्रस्त निर्वाचनकानिम्ति आवश्यक स्रोतसाधनको कमी हुँदैन : अर्थमन्त्री खनाल शुक्रबार सुनको मूल्य स्थिर सिकारुलाई देश जिम्मा दिनुहुँदैन, राज्य सञ्चालन खेल होइन: विश्वप्रकाश शर्मा