पौष ५ पर्वत ।जिल्लामा रहेको एक विद्यालयमा स्थानीय व्यक्तिले विद्यार्थीलाई आर्थिक सहयोग तथा पोशाक वितरण गरेका छन् । ठानामौला गाविसमा   रहेको सरस्वती प्राविको ३१ औ वार"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पौष ५ पर्वत ।जिल्लामा रहेको एक विद्यालयमा स्थानीय व्यक्तिले विद्यार्थीलाई आर्थिक सहयोग तथा पोशाक वितरण गरेका छन् । ठानामौला गाविसमा   रहेको सरस्वती प्राविको ३१ औ वार"/>
११ माघ २०८२, शनिबार
पर्बत - PBT

३२ जना विद्यार्थीलाई आर्थिक एवं पोशाक वितरण

५ पुष २०७३, मंगलवार ०५:४६

पौष ५ पर्वत ।जिल्लामा रहेको एक विद्यालयमा स्थानीय व्यक्तिले विद्यार्थीलाई आर्थिक सहयोग तथा पोशाक वितरण गरेका छन् । ठानामौला गाविसमा   रहेको सरस्वती प्राविको ३१ औ वार्षिकउत्सवको अबसरपारी स्थानीय कुलबहादुर गुरुङले विद्यालयका ३२ जना विद्यार्थीलाई जनही ४ सय रुपैयाँ र पोशाक वितरण गरेका हुन् । 

उनले उक्त विद्यालयको शैक्षिक गुणस्तर अभिबृद्ध गर्नको लागि सवै एक जुट हुनुपर्नेमा जोड दिदै विद्यालयको शैक्षिक गुणस्तर विकासको लागि आफुले सहयोग गर्ने समेत बताए । गाउँमा रहेका सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर अभिबृद्धि गर्नको लागि सवै एक हुनुपर्नेमा उनको जोड थियो । यस अघि पनि उक्त विद्यालयका सवै विद्यार्थीहरुलाई सोडेक नेपाल पर्वत वाट झोला तथा खेलकुद सामाग्री वितरण गरेको थियो ।

वार्षिक उत्सवकै अवसरमा विगत २१ वर्षदेखी उक्त विद्यालयमा कार्यरत निवर्तामान प्रअ डिल्ली प्रसाद सुवेदीलाई विदाई समेत गरिएको छ । उनले विद्यालयमा पु¥याएको योगदानको उच्च कदर गर्दै विद्यालय ब्यवस्थापन समिती तथा विद्यालय परिवार वाट सम्मानका साथ  विदाइ गरिएको हो । 


विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ख्याम वहादुर सुनारको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा स्वागत मन्तव्य विद्यालयकी छात्रा अन्जना सुनारले गरेका थिए भने भने कार्यक्रमको संचालन विद्यालयका प्रअ नारायाण प्रसाद भुषालले गरेका थिए ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह