स्वास्थ्य मन्त्रालयले बहिरङ ओपिडी सेवा बिहान १० बजेदेखि साँझ ५ बजेसम्म सञ्चालन गर्न मातहतका स्वास्थ्य संस्थाहरुलाई फेरि पत्राचार गरेको छ। स्वास्थ्य मन्त्री गगन थापाको निर्देशन तथा मन्त्रालयको निर्णयानुसार यसअघि दिइएको निर्देशन केही अस्पतालले कार्यान्वयन नगरेको पाइएका"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... स्वास्थ्य मन्त्रालयले बहिरङ ओपिडी सेवा बिहान १० बजेदेखि साँझ ५ बजेसम्म सञ्चालन गर्न मातहतका स्वास्थ्य संस्थाहरुलाई फेरि पत्राचार गरेको छ। स्वास्थ्य मन्त्री गगन थापाको निर्देशन तथा मन्त्रालयको निर्णयानुसार यसअघि दिइएको निर्देशन केही अस्पतालले कार्यान्वयन नगरेको पाइएका"/>
२०८२, ११ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डडेलधुरा - DDL

उपक्षेत्रीय अस्पतालमा पनी बहिरङ सेवा ५ बजेसम्म चलाउन स्वास्थ्यमन्त्रीको निर्देशन, पालना नभए कारबाही

२०७३, ५ पुष मंगलवार १५:३८

स्वास्थ्य मन्त्रालयले बहिरङ ओपिडी सेवा बिहान १० बजेदेखि साँझ ५ बजेसम्म सञ्चालन गर्न मातहतका स्वास्थ्य संस्थाहरुलाई फेरि पत्राचार गरेको छ। स्वास्थ्य मन्त्री गगन थापाको निर्देशन तथा मन्त्रालयको निर्णयानुसार यसअघि दिइएको निर्देशन केही अस्पतालले कार्यान्वयन नगरेको पाइएकाले फेरि पत्राचार गरिएको हो। केन्द्रीय अस्पताल, क्षेत्रीय अस्पताल, उपक्षेत्रीय अस्पताल, जिल्ला अस्पताल, प्राथमिक स्वास्थ्य केन्द्र तथा स्वास्थ्य चौकीलाई साँझ ५ बजेसम्म ओपिडी सेवा सञ्चालनका लागि पत्र मार्फत मन्त्रालयले ७ बुँदे निर्देशन दिएको छ।


केन्द्रीय, क्षेत्रीय, उपक्षेत्रीय र अञ्चल अस्पताल तथा १५ शैयाभन्दा माथि अन्तरङ सेवा प्रवाह गर्ने अन्य सबै सरकारी अस्पतालले प्रवाह गरिरहेका सेवा यथावत सञ्चालन गरी बहिरङ सेवालाई बिहान १० देखि बेलुका ५ बजेसम्म नियमित सञ्चालनको व्यवस्था मिलाउन निर्देशनमा भनिएको छ।

ती अस्पतालहरुले बिहान १० देखि २ बजेसम्म नियमित बहिरङ सेवा र २ देखि कम्तिमा साँझ ५ बजेसम्म विस्तारित सेवा ९इएचएस० सञ्चालन गर्न सक्ने र इएचएस सञ्चालन गर्दा मन्त्रालयबाट स्विकृत मापदण्डलाई आधार मान्नुपर्ने परिपत्रमा उल्लेख छ। त्यस्तै अन्तरङ सेवा उपलब्ध नभएका तथा १५ शैयाभन्दा कम संख्यामा अन्तरङ सेवा सञ्चालन गरिरहेका स्वास्थ्य चौकी, प्राथमिक स्वास्थ्य केन्द्र लगायतका स्वास्थ्य संस्थाका हकमा अनिवार्य रुपले १० देखि ५ बजेसम्म बहिरङ सेवा सञ्चालन गर्नुपर्नेछ।

सबै चिकित्सक तथा स्वास्थ्यकर्मीले कार्यस्थलमा रहँदा अनिवार्य रुपमा पोशाक र एप्रोन तथा परिचयपत्र लगाएर काम गर्नुपर्ने निर्देशनमा भनिएको छ। यस्तै, स्वास्थ्य सेवा ऐनमा उल्लेखित आचरण सम्बन्धी व्यवस्थाको पूर्ण कार्यान्वयन गर्दै बिरामी तथा कुरुवालाई शिष्ट, नम्र तथा उत्तरदायी व्यवहार गर्ने कुराको सुनिश्चित गर्न पनि मन्त्रालयले भनेको छ।

बहिरङ सेवाको टिकट काउन्टर अगाडि सबैले देख्ने गरी सम्पूर्ण डाक्टरको सेवा दिने दिन र समय राख्न परिपत्रमा भनिएको छ। मन्त्रालयले दिएका निर्देशनहरु कार्यान्वन नभएमा प्रचलित कानुन बमोजिम कारबाही हुने चेतावनी पनि मन्त्रालयले दिएको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एसईईमा सहभागी हुने विद्यार्थी घटे रवि लामिछानेकाे मुद्दा आज पनि हेर्दाहेर्दैमा आयल निगमले एक सातापछि भरी सिलिन्डर ग्यास बिक्री गर्ने एनआरएनए आईसीसी सह–कोषाध्यक्षमा गङ्गा खतिवडा निर्विरोध, आर्थिक पारदर्शितामा नयाँ भरोसा ‘दोस्रो राष्ट्रिय कुलिनरी च्यालेन्ज प्रतियोगिता २०२६’ झापाको दमकमा आयोजना हुँदै भिरबाट लडेर ९ वर्षीया बालिकाको मृत्यु केन्द्रीय कार्यसमितिको निर्णयको सम्मान गर्छु : गगन थापा भदौ २४ गते नेताको घरमा भेटिएको र जलेको पैसाबारे अनुसन्धान हुनुपर्छ: गगन थापा हतारोमा र हताश भएर राजीनामा दिएको होइन: गगन थापा कांग्रेसको केन्द्रीय समितिको बैठकमा छलफलका लागि ५ एजेन्डा तय ज्वाइँको हत्या गरी फरार रहेका ससुरा पक्राउ रवि लामिछानेविरुद्धको मुद्दा फिर्ता प्रकरणको रिटमा आज पनि सुनुवाइ शेरबहादुर देउवाको निजी निवासका केही संरचनाहरू भत्काउन थालियो रास्वपा केन्द्रीय समिति बैठक बिहीबारका लागि आह्वान सरकारले भ्रष्टाचार रोक्न सकेन भने जनतालाई ठूलो धोका हुनेछ: महावीर पुन आज पनि घट्यो सुनको मूल्य ट्यांकरले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटको आजको सुनुवाइ हेर्दाहेर्दैमा लागू औषधसहित थाई नागरिक विमानस्थलबाट पक्राउ महिला हिंसाविरुद्ध माइतीघरमा प्रदर्शन