१४ पुष २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

परासी स्थीत बुद्धचोक देखि अदालत जाने बाटोको कालोपत्रे गर्ने काममा अवरोध

६ पुष २०७३, बुधबार ०७:५६

सरु शर्मा/पुस ६, नवलपरासी । नवलपरासी स्थीत बुद्धचोक देखि अदालत जाने बाटोको पुनः कालोपत्रे गर्ने काममा स्थानीयवासीले अवरोध गरेका छन । 

कालोपत्रे भएको दश दिन वित्न नपाउदैँ भत्कीन थालेको सो सडकमा रामग्राम नगरपालिकाले पुनः कालोपत्रे गर्न थालेको थियो । तर स्थानीयवासीले भत्केको ठाउँमा मात्र टाल्ने काम गरेको भन्दै काम रोकेको स्थानीय रामबृक्ष यादवले बताउनुभयो ।

सडक डिभिजन कार्यालय, खानेपानी, विद्युत लगायतका कार्यालय सँग समन्वय गनुपर्दा सो सडकको कालोपत्रे गर्न ढिलाई भएको थियो भने कार्तिकको अन्तिम तिर स्थानीयबासीको दवावका कारण हतारमा कालोपत्रे गर्दा मंसिरको पहिलो साता पिच गर्दा तापक्रम नपुगेको र सो बाटोमा गरिएको कालोपत्रे सुक्न नपाउँदै सडकमा यातायात सन्चालन गरिएकाले कालोपत्रे लामो समय टिक्न नसकेको नगरपालिका कार्यकारी अधिकृत रोशन ज्ञवालीले बताउनुभयो । 

अहिले भत्केको ठाउँलाइ टालेर पुन त्यसमाथिबाट सवै बाटो कालोपत्रे गर्न लागिएपनि स्थानीयले अवरोध गरेको नगरपालिकाले जनाएको छ । स्थानीयको अवरोध पछि नगरपालिकाले काम रोकेको र आवश्यक छलफल पछि सुरु गरिने ईन्जिनियर सतिश गुप्तालेब ताउनुभयो ।  विकासका काम भन्दा भाषणा गर्न मात्रै खप्पीस केहि राजनितिक दलका नेताहरु नै सो बाटोको निर्माणमा अवरोध पुराउने काममा लागेको बताइएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आइतबार एमाले सचिवालय बैठक निर्वाचनमा सहभागी हुने प्रमुख दलका शीर्ष नेताहरूको प्रतिबद्धता निर्वाचनलाई सफल बनाउन दलहरुसँग प्रधानमन्त्रीको आग्रह प्रधानमन्त्री कार्की र तीन शीष नेताबीच छलफल जारी जेनजी आन्दोलनमा फरार कैदीको भारतमा मृत्यु सरकारले नागरिकमा विश्वास र आशा जगाउने प्रयास गरेको छः गृहमन्त्री अर्याल जापानको टोकियो नजिकै सडक दुर्घटना, दर्जनौँ घाइते कानुनी र प्रक्रियागत अवरोध नहटाएसम्म द्रुत विकासको सपना पूरा हुँदैनः मन्त्री घिसिङ शान्ति प्रक्रियामा ६० दिनको युद्धविराम आवश्यकः जेलेन्स्की देश नयाँ शिराबाट अगाडि बढ्छः मन्त्री घिसिङ ‘पहाड भो मलाई’ बोलको गीत सार्वजनिक प्रधानमन्त्री कार्कीसँग प्रमुख दलका शीर्ष नेताबीच छलफल हुँदै शान्ति प्रयासमा कूटनीतिक समन्वय आवश्यकः ट्रम्प ७५० केजी गाँजासहित दुई जना पक्राउ लागुऔषध मुद्दामा कैद भुक्तान गरिरहेका फरार व्यक्ति पक्राउ यी स्थानमा काटिदैछ बिजुली गाडीको ठक्करबाट एक जनाको मृत्यु रोक लगाइएको २१ बर्षपछि इराकमा कार्यरत हजारौं नेपालीहरुले पाउने भए श्रम-स्वीकृति निर्वाचनको विकल्प छैन : संयोजक दाहाल राजनीतिमा धैर्यता र समर्पण आवश्यक : महासचिव पोखरेल