४ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

स्यांग्जाको मनोरम रापाकोट (भिडियो)

४ मंसिर २०७२, शुक्रबार ०२:३३

chapagainकमल
न्यौपाने ।
आफु जन्मिएको ठाउँ कस्लाई पो मन पर्दैन होला र ? आफु जन्मिएर बाल्यकाल बिताएको
त्यो थालोको माया कस्लाई पो लाग्दैन होला र ? हामी सबैलाई सधैंभरी आफ्नो जन्मथलोमा बस्ने मौका नमील्ला
तर पनि आफ्नो जन्मथलोको माया भनेको अलग नै हुन्छ । हामी जहाँ जन्मिन्छौ र जहाँ आफ्नो बाल्यकाल रमाइलोका
साथ उकाली ओराली गर्दै बिताउछौ, सायदै त्यो पल र त्यो थलो बिर्सने मान्छे हामी भेट्छौ । समय र
परिस्थितीले हामीलाई आफ्नो जन्मथलोबाट टाँढा पुर्याउछ । सबैको आ-आफ्नै समस्या हुन्छ र उक्त
समस्यालाई
समाधान गर्नकै निम्ती हामी धेरै टाँढा हुने गर्दछौ । हामी धेरैको त्यस्तै नै छ । हामी चाहेर पनि आफ्नै
जन्मथलोमा बसेर केही गर्न सक्दैनौ । हामी सबैको बाध्यता हो ।

हामी
जहाँ छौ सोही क्षेत्रबाट नै आफ्नो जन्मथलोका लागि केही गर्न सक्छौ । जस्ले हामीलाई सधैंभरी आफ्नो
जन्मथलोसँग गासिन सहयोग पुर्याउनेछ । हामीले आफ्नो कर्मथलोमा रमाएर जन्मथलोलाई कहिले पनि बिर्सिनुहुन्न
। सोही अनुरुप आफ्नो जन्मथलोको माया निकै लागेर सर्जक टेक नारायण चापागाईले आफ्नो जन्मथलोलाई विश्वमा
चिनाउनकै निम्ती गीत संगितको सहारा लिएका छन । चापागाईले आफ्नो जन्मथलो स्याङ्जाको रापाकोटका बिबिध
बिशेषतालाई गीतमा प्रस्तुत गरेका छन । स्याङ्जा रापाकोट स्वर्ग प्यारो रहेको र आफ्नो मुटुको टुकुरा सरह
रहेको र अनेकौ मनोरम क्षेत्रहरुले पर्यटकलाई आकर्षण समेत गरेको गीतमा भनिएको छ । प्राकृतिक सुन्दरताको
धनी रहेकोले पनि धेरै घुम्न आउने गरेको र आउन बाँकी रहेका सम्पूर्णलाई पनि एकपटक स्याङ्जा घुम्न आउनको
लागि चापागाँईले गीतबाटै आग्रह गरेका छन् ।

आफ्नो जन्मथलोको
बिशेषतालाई समाबेश गर्दै गायक तथा सर्जक टेकनारायण चापागाँईले ‘मेरो प्यारो रापाकोट’ बोलको भिडियो
सार्वजनिक गरेका छन । टेकनारायण चापागाँईकै शब्द,संगीत रहेको उक्त गीतमा जुनु रिजालको स्वर रहेको छ ।
जि.बी लामाको छायांकन रहेको भिडियोलाई प्रदिप दाहालले सम्पादन गरेका छन । भिडियोको सम्पुर्ण छायांकन
स्याङ्जाको रापाकोटमा भएको छ । उक्त भिडियोलाई केशव सापकोटाको निर्देशन रहेको छ । सोफिया लगायत अन्य
कलाकारहरुको अभिनय गरेको भिडियोमा सिर्जन बरालले निर्देशन गरेका छ । उक्त गीतलाई जनता डिजिटलले बजारमा
ल्याको हो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ट्रम्प प्रशासनद्वारा अमेरिकाको ग्रिन कार्ड लटरी स्थगित स्वास्थ्य परीक्षण शुल्कमा पुनरावलोकन गर्दै मन्त्रालय एमालेको काँधमा असाधारण जिम्मेवारी छ ः अध्यक्ष ओली मानसिक स्वास्थ्यबारे खुलेर कुरा गर्न सञ्चारमन्त्री खरेलको आग्रह कटुवा पेस्तोलसहित युवा पक्राउ भैरहवाको मौसम नखुलेपछि भरतपुरतर्फ उडे रवि लामिछाने टिकटक–अमेरिका संयुक्त उद्यम सम्झौता गायनबाट अभिनयतर्फ समीर स्वदेशमै दुःख गर्नसके विदेशिनु पर्दैन देशभर स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिऔँः मन्त्री घिसिङ योजना र नतिजा विश्लेषणबिनाको खर्चले राज्यप्रतिको विश्वास घट्दै गयो: उद्योगमन्त्री सिन्हा एमाले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बस्दै सुनको मूल्य तोलामा २ हजारले घट्यो विदेश पठाइदिने भन्दै ४९ लाख १४ हजार ठगी गर्ने पक्राउ स्पा र होटलहरूबाट आठ बालिकाको उद्धार, पाँच जना पक्राउ रास्वपाबाट समानुपातिक तर्फ ३५३ जनाले दिए उम्मेदवारी, १२ र १३ गते प्रारम्भिक निर्वाचन एमाले महासचिवमा पुनःनिर्वाचित पोखरेलको राजनीतिक यात्रा केपी शर्मा ओलीले लिए शपथ रास्वपाद्वारा समन्वय कार्यदल गठन रवि लामिछानेलाई धरौटीमा रिहा गर्न उच्च अदालतको आदेश