राम नारायण पंडित/पुस ६, सिरहा । सिरहाको मिर्चैयाबाट प्रहरीले ठूलो परिमाणमा अबैध घरेलु मदिरा नष्ट गरेको छ । 

ईलाका प्रहरी कार्यालय मिर्चैया आज"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

राम नारायण पंडित/पुस ६, सिरहा । सिरहाको मिर्चैयाबाट प्रहरीले ठूलो परिमाणमा अबैध घरेलु मदिरा नष्ट गरेको छ । 

ईलाका प्रहरी कार्यालय मिर्चैया आज"/>

२०८२, ११ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

मिर्चैया प्रहरीले गरे तीन सय लिटर घरेलु मदिरा नष्ट

२०७३, ६ पुष बुधबार ०९:२६


राम नारायण पंडित/पुस ६, सिरहा । सिरहाको मिर्चैयाबाट प्रहरीले ठूलो परिमाणमा अबैध घरेलु मदिरा नष्ट गरेको छ । 

ईलाका प्रहरी कार्यालय मिर्चैया आज (बुधबार) करीब तीन सय लिटर अबैध घरेलु मदिरा नष्ट गरेको हो । बिशेष सुराकीको आधारमा ईलाका प्रहरी कार्यालय मिर्चैयाबाट खटिएको प्रहरीको गस्तीले मिर्चैया ५ र ६ स्थित विभिन्न भठ्ठी र पसलहरुबाट उक्त परिणामको घरेलु मदिरा नियन्त्रणमा लिई स्थानिय भरभलादमी र संचारकर्मीको रहोबरमा नष्ट गरिएको ईलाका प्रहरी कार्यालय मिर्चैयाका प्रहरी नायब उपरिक्षक गजुसिद्धि बज्राचार्यले बताए । 

पछिल्ला केहि महिनायता मिर्चैया तथा आसपासको क्षेत्रमा अबैध मदिरा बिक्री बितरण र उत्पादन भइरहेकोले जानकारी पाएपछि प्रहरीले निगरानी बढाएको छ । अबैध रुपमा उत्पादन गरिने मदिरा विषाक्त हुनुको साथै मदिरा सेवनका कारण गाउंघरमा अपराधका घटनाहरु समेत बढेको भन्दै प्रहरीले घरेलु मदिरा उत्पादन तथा विक्री वितरणमा रोक लगाउँदै आएको छ । 

यता, प्रहरीले सानो परिमाणमा मदिरा उत्पादन गर्नेहरुबाट मदिरा बरामद गरि नष्ट गर्ने गरेको भएपनि ठूला होटल तथा रेष्टुरेण्टहरुमा विक्री वितरण हुने अबैध घरेलु मदिरालाई रोक्न नसकेको बताइएको छ । 

बिभिन्न स्थानमा लाग्ने हाट बजारहरुमा खुलेयाम रुपमा घरेलु मदिराको बिक्री भइरहेको भएपनि त्यसतर्फ प्रहरीले वास्ता नगरेको सर्वसाधारणले गुनासो रहेको छ । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुनचाँदीको मुल्य बढ्यो एसईईमा सहभागी हुने विद्यार्थी घटे रवि लामिछानेकाे मुद्दा आज पनि हेर्दाहेर्दैमा आयल निगमले एक सातापछि भरी सिलिन्डर ग्यास बिक्री गर्ने एनआरएनए आईसीसी सह–कोषाध्यक्षमा गङ्गा खतिवडा निर्विरोध, आर्थिक पारदर्शितामा नयाँ भरोसा ‘दोस्रो राष्ट्रिय कुलिनरी च्यालेन्ज प्रतियोगिता २०२६’ झापाको दमकमा आयोजना हुँदै भिरबाट लडेर ९ वर्षीया बालिकाको मृत्यु केन्द्रीय कार्यसमितिको निर्णयको सम्मान गर्छु : गगन थापा भदौ २४ गते नेताको घरमा भेटिएको र जलेको पैसाबारे अनुसन्धान हुनुपर्छ: गगन थापा हतारोमा र हताश भएर राजीनामा दिएको होइन: गगन थापा कांग्रेसको केन्द्रीय समितिको बैठकमा छलफलका लागि ५ एजेन्डा तय ज्वाइँको हत्या गरी फरार रहेका ससुरा पक्राउ रवि लामिछानेविरुद्धको मुद्दा फिर्ता प्रकरणको रिटमा आज पनि सुनुवाइ शेरबहादुर देउवाको निजी निवासका केही संरचनाहरू भत्काउन थालियो रास्वपा केन्द्रीय समिति बैठक बिहीबारका लागि आह्वान सरकारले भ्रष्टाचार रोक्न सकेन भने जनतालाई ठूलो धोका हुनेछ: महावीर पुन आज पनि घट्यो सुनको मूल्य ट्यांकरले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटको आजको सुनुवाइ हेर्दाहेर्दैमा लागू औषधसहित थाई नागरिक विमानस्थलबाट पक्राउ