११ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुगु - MG

शिक्षाको स्तर सुधार्न अभिभावको भुमिका महत्वपुर्ण हुने शिक्षकहरुको भनाई

७ पुष २०७३, बिहीबार ०३:०४

नन्द बहादुर रोकाया/पूस ७, मुगु । मुगु जिल्लाका बिभिन्न बिद्यालयहरुमा कार्यरत शिक्षकहरुले जिल्लाको शिक्षाको स्तर सुधार्नका लागी अभिभावकहरुको महत्वपुर्ण भुमिका रहेको बताएका छन् । 

बुधबार जिल्ला सदरमुकाम गमगढीमा आयोजित एक कार्यक्रममा जिल्लाका बिभिन्न बिद्यालयका शिक्षकहरुले यस्तो बताएका हुन् । ग्रामिण सामुदायिक संस्था (जिएसएस) मुगु र युएमएन मुगुको समन्वयमा जिल्ला सदरमुकाम गमगढीमा आयोजना गरिएको दलित छात्राहरुलाई छात्रबृति बितरण तथा प्रोत्साहन कार्यक्रममा बोल्दै प्रभात उच्च माध्यामिक बिद्यालय रोवा शिक्षक तिलकमान खड्काले अभिभावकहरुको भुमिका राम्रो भए मात्रै बिद्यार्थी राम्रो हुने बताउनुभयो । 

उहाँले बिद्यार्थीले बिद्यालयमा सिकेका ज्ञानले मात्रै नहुने रैछ भन्दै आफ्नो बालबालिकाहरुलाई अभिभावकहरले आफैले लाईन लगाईदिने हो भने राम्रो हुने धाराण राख्नुभयो । बिद्यार्थीलाई दैनिक रुपमा घरमा लगाईने कामको बोझ घटाउनु पर्ने समेत उहाँको भनाई रहेको छ । 

यता जिल्ला सदरमुकाममा रहेको महाकाली नमुना उच्च माध्यामिक बिद्यालयका शिक्षक राजेन्द्र शाहीले धेरै जसो बिद्यार्थीहरुको चालामाला समेत राम्रो नहुने किसिमको बातावरण बन्न थालेकामो दुखेसो समेत व्यक्त गर्नुभयो । अभिभावकहरु बिद्यार्थीसगँ निरन्तर रुपमा नजिक रही मागनिर्देशन गर्दै जानुपर्नेमा उहाँको जोड रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह