खकेन्द्र केसी/पुस ७, सल्यान । यदि तपाई लाई मानव अधिकारको उल्लङघन भएको छ ।
कित महिला हिम्सा, लैङगीक हिंसामा पर्नुभएको छ । यि यस्तै खालका समस्यामा परेर पनि तपाईको आवाज सुनिदीने कोहि छैन भने नेपाल मोनिटोर ले तपाईको आवाज सुनिदीने भएको छ ।
स्थानीय संघ–संस्थालाई आफ्नो क्षेत्रमा भइरहेका मानव अधिकार तथा सुरक्षाका घटनाहरुबारे सचेत पार्ने उद्देश्यले तयार गरिएको नेपाल मनिटर संस्थाले आज खलङगामा गरेको परिचयात्मक कार्यक्रममा समाजमा घटेका विभिन्न खाले लुकेर रहेका हिंसाहरुलाई बाहिर ल्याई सत्य तथ्य पत्ता लगाइ पिडितलाई न्याय दिलाउने काम गरेको बताएको छ ।
नेपाल मनिटर संस्थाले महिला हिंसा, लैङगीक हिंसामा मानव अधिकारको उल्लङघनमा परेका व्यक्त्तीहरुले ९८०९७५५०२ मा आफ्नो गुनासो म्यासेज मा लेख्न र फोन गरेर भन्न सकिने साथै ईमेलमा [email protected] मा पनि पठाउन सकिने सस्थाले बताएको छ । घटना जुनसुकै व्यक्त्तीले पठाउन सकिने र नाम गोप्य राख्न चाहाने व्यक्त्तीको नाम पनि गाप्य राखिने सस्थाले बताएको छ । घटना छानविन गरि सत्य तथ्य पत्ता लगाइ सस्थाको वेवसाइट nepalmonitor.org मा राखिने र न्यायको लागी सम्बन्धीत स्थानको गैर जिम्मेवारी निकायलाई दवाव दिने बताएको छ ।
नेपाल रेटक्रस सोसाइटी जिल्ला शाखा सल्यानको सभाहलमा भएको कार्यक्रमको सभापति DDS सल्यानका सचिव लोक बहादुर विकले गरेका थिए भने नेपाल मनिटर संस्थाकि ममता केसी ले कार्यक्रमको बारेमा प्रस्ट परेकी थिइन ।