नरी बडु/पुस ७, बैतडी । बैतडीमा जिल्लामा बिहिबारदेखि पहिलोपटक स्वास्थ्य बीमाको दर्ता प्रक्रिया सुरु भएको छ । 

नेपाली काग्रेस क्षेत्र नम्बर २ क"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

नरी बडु/पुस ७, बैतडी । बैतडीमा जिल्लामा बिहिबारदेखि पहिलोपटक स्वास्थ्य बीमाको दर्ता प्रक्रिया सुरु भएको छ । 

नेपाली काग्रेस क्षेत्र नम्बर २ क"/>

११ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैतडी - BTD

बैतडीमा स्वास्थ्य विमाको दर्ता प्रक्रिया सुरु

७ पुष २०७३, बिहीबार १०:२७


नरी बडु/पुस ७, बैतडी । बैतडीमा जिल्लामा बिहिबारदेखि पहिलोपटक स्वास्थ्य बीमाको दर्ता प्रक्रिया सुरु भएको छ । 

नेपाली काग्रेस क्षेत्र नम्बर २ का सांसद नरबहादुर चन्दले पहिलो सदस्यका रुपमा विमा गरी स्वास्थ्य विमाको उद्घाटन गरेका हुन् । सामाजिक स्वास्थ्य सुरक्षा विकास समिति बैतडीले बिहिबार जिल्ला विकास समितीको कार्यालयमा आयोजना गरेको स्वास्थ्य विमा सुभारम्भ कार्यक्रममा चन्दले पहिलोपटक स्वास्थ्य विमा गरेका हुन् ।

आजदेखि जिल्लामा स्वास्थ्य विमा कार्यक्रम सुरु भएको सामाजिक स्वास्थ्य सुरक्षा विकास समितीका कार्यकारी निर्देशक डक्टर गुणराज लोहनीले बताए । गरिब, विपन्न र पछाडी पारिएका नागरिकको स्वास्थ्य सेवामा पहुँच पु¥याउनका लागि स्वास्थ्य बीमा कार्यक्रम सञ्चालनमा ल्याइएको लोहनीले बताए ।

देशभरीका तीन जिल्ला कैलाली, बाग्लुङ र इलाममा उक्त कार्यक्रम गएको चैत्र देखिनै सुरु भैसकेको छ । चौथो जिल्लाको रुपमा बिहिबारदेखि बैतडीमा यो कार्यक्रम सुरु भएको हो सुदूरपश्चिमका बैतडी र अछाम सहित २५ जिल्लामा कार्यक्रम विस्तार गरिने उहाँले बताए ।

स्वास्थ्य बीमा कार्यक्रम अन्तर्गत पाँच जनाको परिवारले रु दुईहजार पाँचसय जम्मा गर्नुपर्ने र एक वर्षसम्म रु ५० हजार उपचार निःशुल्करुपमा प्राप्त गर्ने निर्देशक लोहनीको भनाई छ । यस्तै, पाँचजना भन्दा बढी परिवारका सदस्य भएमा रु चारसय २५ का दरले थप शुल्क तिर्नुपर्ने हुन्छ ।

जिल्लामा स्वास्थ्य बीमा कार्यक्रम सञ्चालनका लागि ७० जना दर्ता कर्मचारी छनौट गरिएको र उनीहरुले प्रत्येक घरदैलोमा गएर स्वास्थ्य बीमाका बारेमा जानकारी गराउनाका साथै सदस्यता वितरण गर्ने सामाजिक स्वास्थ्य सुरक्षा विकास समिति बैतडीका प्रवन्धक नरेस चौधरीले बताए । उनिहरुलाई अनलाई सिस्टमबाट विमा दर्ता गर्न सजिलो  होस भन्ने उद्देश्यले एन्ड्रोइड फोन समेत वितरण गरिएको छ । पुस महिनाभरि दर्ता भएकाले फागुनदेखि स्वास्थ्य बीमाको सेवा पाउने चौधरीको भनाई छ ।

यो कार्यक्रमले अति गरिब र विपन्न वर्गलाई निसुल्क विमा गराउने भनेपनि जिल्लामा गरिब परिवारको पहिचान नहुदा समस्या भएको छ । जिल्लामा अहिलेसम्म नेपाल सरकारले गरिब परिचयपत्र वितरण गरेको छैन् ।

तस्बिरमा नेपाली काग्रेस क्षेत्र नम्बर २ का सांसद नगरबहादुर चन्दको अनलाईन सिस्टमबाट फम दर्ता गरी बैतडी जिल्लामा विमा कार्यक्रम सुरु गर्दै सामाजिक स्वास्थ्य सुरक्षा विमा समितीका कर्मचारी । तस्बिर: नरी बडु, साझासवाल  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह आजदेखि देशभर मौसम फेरबदल