मोहम्मद ईजहार शेष/पुस ७, परासी । १४ वर्षवाट निर्माणधिन रहेको बडहरा दुबौलिया स्वास्थ्य चौकीले निर्माण कार्य सम्पन्न गरि नँया भवनवाट सेवा सुरु गरेको छ । "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

मोहम्मद ईजहार शेष/पुस ७, परासी । १४ वर्षवाट निर्माणधिन रहेको बडहरा दुबौलिया स्वास्थ्य चौकीले निर्माण कार्य सम्पन्न गरि नँया भवनवाट सेवा सुरु गरेको छ । "/>

२०८२, १४ फाल्गुन बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

नवलपरासीको दुबौलियामा १४ वर्षमा बन्यो ३ कोठे स्वास्थ्य चौकी भवन

२०७३, ७ पुष बिहीबार १२:४०


मोहम्मद ईजहार शेष/पुस ७, परासी । १४ वर्षवाट निर्माणधिन रहेको बडहरा दुबौलिया स्वास्थ्य चौकीले निर्माण कार्य सम्पन्न गरि नँया भवनवाट सेवा सुरु गरेको छ । 

भवन निर्माणका लागि गठन गरिएको उभोक्ता समितिले विभिन्न आरोप प्रत्यारोप गरेर आफुहरुमा भिड्दै आउने गरेको र निर्माण कार्यमा स्थानीयकै असन्तुष्टि हुदै गरेपछि उक्त भवन निर्माण गर्न ढिलाई हुदै गरेको थियो । यो भन्दा पहिला वडहरा दुबौलिया गाविसकै कार्यालय अन्तर्गत अतिरिक्त रहेको जिर्ण अवस्थाको भवनवाट जसोतसो सेवा दिदै आईएको थियो । 

लामो प्रयासपछि अहिले बडहरा दुबौलिया गाविस वडा नम्बर ६ मा आफनै ३ कोठे बडहरा दुबौलिया स्वास्थ्य चौकीको पक्की भवन निर्माण भएपछि सेवा दिन सहज भएको स्वास्थ्य चौकी ईन्चार्ज सुमन पन्तले जानकारी दिनुभयो । 

१४ वर्षभन्दा पहिलैवाट निर्माण कार्य अगाडि बढाईएकोले निर्माण गर्न कत्ति खर्च लागेको भन्ने यकिन नरहेपनि करिब १२ लाख खर्चमा ३ कोठे पक्की भवन निर्माण सहित पर्खाल निर्माण गरिएको स्वास्थ्य चौकी ब्यवस्थापन समितिका अध्यक्ष एवं गाविस सचिव टंकनाथ ज्ञवालीले बताउनु भयो । 

सो भवनको निर्माण कार्य सम्पन्न गराउनका लागि चालु आर्थिक वर्षमा रु २ लाख ७२ हजार दिईएको सचिव ज्ञवालीको भनाई छ । बडहरा दुबौलिया गाविसमा करिब ८ हजार ४४ जना सेवाग्राहीहरु रहेका छन् । बहिरङ्ग सेवा अन्तर्गत ४ वटा खोप क्लिनिक, ३ वटा गाँउघर क्लिनिक, ९ वटै वडामा शुरक्षित मातृत्व सेवा, गर्भवति तथा प्रसुती पश्चात जाँच लगायतका सेवाहरु प्रभावकारी रुपमा प्रवाह गरिएको स्वास्थ्य चौकी ईन्चार्ज सुमन पन्तले बताउनु भयो । 

यस्तै स्वास्थ्य चोकीको कार्यालयमा मलेरिया र्यापिड टेस्ट किट मार्फत संकास्पद ज्वरोका बिरामीहरुलाई मलेरियाँ जाँच सहित क्षयरोग तथा कुष्ठरोगका बिरामीहरुको जाँच गर्ने गरिएको छ । यस्तै गर्भवति महिलाको नियमित स्वास्थ्य जाँच, आईरन चक्की खाए नखाएको मुल्यांक्न गर्नका लागि सञ्चालन गरिएको टिकुली टांस कार्यक्रम प्रभावकारी रुपमा अगाडि बढको बताईएको छ । हरेक वडामा रहेको महिला स्वस्थ्य संवेयिक, आमा समुह र स्वास्थ्य गर्भवति महिला समुह मार्फत  सञ्चालन गरिएको टिकुली टांस कार्यक्रमको नियमित रिपोर्टिङ्ग गरिएको स्वास्थ्य चौकी ईन्चार्ज सुमन पन्तले बताउनु भयो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचन छल्न सिंगापुर उडे शेरबहादुर देउवा नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु धादिङ बस दुर्घटना : १७ जनाको मृत्यु सुनचाँदीको मूल्य बढ्यो १०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा