मोहम्मद ईजहार शेष/पुस ७, परासी । १४ वर्षवाट निर्माणधिन रहेको बडहरा दुबौलिया स्वास्थ्य चौकीले निर्माण कार्य सम्पन्न गरि नँया भवनवाट सेवा सुरु गरेको छ । "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

मोहम्मद ईजहार शेष/पुस ७, परासी । १४ वर्षवाट निर्माणधिन रहेको बडहरा दुबौलिया स्वास्थ्य चौकीले निर्माण कार्य सम्पन्न गरि नँया भवनवाट सेवा सुरु गरेको छ । "/>

११ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

नवलपरासीको दुबौलियामा १४ वर्षमा बन्यो ३ कोठे स्वास्थ्य चौकी भवन

७ पुष २०७३, बिहीबार १२:४०


मोहम्मद ईजहार शेष/पुस ७, परासी । १४ वर्षवाट निर्माणधिन रहेको बडहरा दुबौलिया स्वास्थ्य चौकीले निर्माण कार्य सम्पन्न गरि नँया भवनवाट सेवा सुरु गरेको छ । 

भवन निर्माणका लागि गठन गरिएको उभोक्ता समितिले विभिन्न आरोप प्रत्यारोप गरेर आफुहरुमा भिड्दै आउने गरेको र निर्माण कार्यमा स्थानीयकै असन्तुष्टि हुदै गरेपछि उक्त भवन निर्माण गर्न ढिलाई हुदै गरेको थियो । यो भन्दा पहिला वडहरा दुबौलिया गाविसकै कार्यालय अन्तर्गत अतिरिक्त रहेको जिर्ण अवस्थाको भवनवाट जसोतसो सेवा दिदै आईएको थियो । 

लामो प्रयासपछि अहिले बडहरा दुबौलिया गाविस वडा नम्बर ६ मा आफनै ३ कोठे बडहरा दुबौलिया स्वास्थ्य चौकीको पक्की भवन निर्माण भएपछि सेवा दिन सहज भएको स्वास्थ्य चौकी ईन्चार्ज सुमन पन्तले जानकारी दिनुभयो । 

१४ वर्षभन्दा पहिलैवाट निर्माण कार्य अगाडि बढाईएकोले निर्माण गर्न कत्ति खर्च लागेको भन्ने यकिन नरहेपनि करिब १२ लाख खर्चमा ३ कोठे पक्की भवन निर्माण सहित पर्खाल निर्माण गरिएको स्वास्थ्य चौकी ब्यवस्थापन समितिका अध्यक्ष एवं गाविस सचिव टंकनाथ ज्ञवालीले बताउनु भयो । 

सो भवनको निर्माण कार्य सम्पन्न गराउनका लागि चालु आर्थिक वर्षमा रु २ लाख ७२ हजार दिईएको सचिव ज्ञवालीको भनाई छ । बडहरा दुबौलिया गाविसमा करिब ८ हजार ४४ जना सेवाग्राहीहरु रहेका छन् । बहिरङ्ग सेवा अन्तर्गत ४ वटा खोप क्लिनिक, ३ वटा गाँउघर क्लिनिक, ९ वटै वडामा शुरक्षित मातृत्व सेवा, गर्भवति तथा प्रसुती पश्चात जाँच लगायतका सेवाहरु प्रभावकारी रुपमा प्रवाह गरिएको स्वास्थ्य चौकी ईन्चार्ज सुमन पन्तले बताउनु भयो । 

यस्तै स्वास्थ्य चोकीको कार्यालयमा मलेरिया र्यापिड टेस्ट किट मार्फत संकास्पद ज्वरोका बिरामीहरुलाई मलेरियाँ जाँच सहित क्षयरोग तथा कुष्ठरोगका बिरामीहरुको जाँच गर्ने गरिएको छ । यस्तै गर्भवति महिलाको नियमित स्वास्थ्य जाँच, आईरन चक्की खाए नखाएको मुल्यांक्न गर्नका लागि सञ्चालन गरिएको टिकुली टांस कार्यक्रम प्रभावकारी रुपमा अगाडि बढको बताईएको छ । हरेक वडामा रहेको महिला स्वस्थ्य संवेयिक, आमा समुह र स्वास्थ्य गर्भवति महिला समुह मार्फत  सञ्चालन गरिएको टिकुली टांस कार्यक्रमको नियमित रिपोर्टिङ्ग गरिएको स्वास्थ्य चौकी ईन्चार्ज सुमन पन्तले बताउनु भयो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह