२०८२, ११ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुगु - MG

कार्यलयबाट प्रदान गर्ने सेवा गाउँमै “स्थानिय खुशी”

२०७३, ८ पुष शुक्रबार ०७:१०

नन्द बहादुर रोकाया/पुस ८, मुगु । जिल्ला प्रशासन कार्यालय मुगले कार्यालयबाट प्रदान गर्ने सेवा गाउँमै पुगेर उपलब्ध गराएपछि मुगुको पिना गाविसको वडा नम्बर ७ मुन्दु गाउँका स्थानिय खुशी भएका छन् । 

कार्यलयले बुधबार सो गाउँमा रहेका शारिरिक अशक्त्तक्ता भएका व्यक्ति र ज्येष्ठ नागरिकहरुलाई लक्षित गरेर गाउँमा गएर घुम्ती शिविर सञ्चालन गरिएको प्रमुख जिल्ला अधिकारी केशवराम शर्माले बताउनुभयो । शिविरमा आज सम्म नागरीता नबनाएका ३० बर्ष देखि ६० बर्ष सम्मका ४७ जना स्थानियलाई नागरिकक्ताको प्रमाण पत्र बितरण गरिएको छ । 

सो गाउँमा अहिले सम्म पनी एसएससी पास एक जना व्यक्ति पनी नरहेको समाचारमा आएपछि कार्यालयले सो गाउँमै पुगेर सेवा प्रदान गरिएको हो । शिविरमा ४ ज्येष्ठ नागरिक, ३ शारिरिक अशक्क्तत्ता भएको तथा अन्य गरि ४० जना स्थानियलाई नागरिक्क्ता बितरण गरिएको हो । 

सोही शिविरको अवसरमा, एशियन लाईफ ईन्स्योरेन्सका बिमित्त बेल बहादुर शाहीकी श्रिमतीलाई प्रमुख जिल्ला अधिकारीको हातबाट रकम हस्तान्तरण गरिएको थियो । पिना गाबिस बडा नं २ निवासी बेल बहादुर शाहीले ५ लाखको बिमा बनाएको र २ किस्ता गरि ६० हजार रकम तिरेकोमा अहिले सो बापतको १० लाख ४५ हजार रुपैयाको चेक हस्तान्तरण गरिएको एशियन लाईफ ईन्सोरेन्सका ईन्चाज अकं बुढाले बताउनुभएको छ । 

बिमित शाहीको गत असोज २६ गते दुर्घटनामा परि मृत्यू हो ।स्वर्गीय बेलबहादुरले सन २०१५ मा एशियन लाइफमा बिमा गरि दुई किस्ता बाफत ६० हजार तिरेका र उनी दुर्घटना हुदा कम्पनीले श्रीमती लाई १० लाख ४५ हजार दिएको ईन्चाज बुढाको भनाई रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एसईईमा सहभागी हुने विद्यार्थी घटे रवि लामिछानेकाे मुद्दा आज पनि हेर्दाहेर्दैमा आयल निगमले एक सातापछि भरी सिलिन्डर ग्यास बिक्री गर्ने एनआरएनए आईसीसी सह–कोषाध्यक्षमा गङ्गा खतिवडा निर्विरोध, आर्थिक पारदर्शितामा नयाँ भरोसा ‘दोस्रो राष्ट्रिय कुलिनरी च्यालेन्ज प्रतियोगिता २०२६’ झापाको दमकमा आयोजना हुँदै भिरबाट लडेर ९ वर्षीया बालिकाको मृत्यु केन्द्रीय कार्यसमितिको निर्णयको सम्मान गर्छु : गगन थापा भदौ २४ गते नेताको घरमा भेटिएको र जलेको पैसाबारे अनुसन्धान हुनुपर्छ: गगन थापा हतारोमा र हताश भएर राजीनामा दिएको होइन: गगन थापा कांग्रेसको केन्द्रीय समितिको बैठकमा छलफलका लागि ५ एजेन्डा तय ज्वाइँको हत्या गरी फरार रहेका ससुरा पक्राउ रवि लामिछानेविरुद्धको मुद्दा फिर्ता प्रकरणको रिटमा आज पनि सुनुवाइ शेरबहादुर देउवाको निजी निवासका केही संरचनाहरू भत्काउन थालियो रास्वपा केन्द्रीय समिति बैठक बिहीबारका लागि आह्वान सरकारले भ्रष्टाचार रोक्न सकेन भने जनतालाई ठूलो धोका हुनेछ: महावीर पुन आज पनि घट्यो सुनको मूल्य ट्यांकरले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटको आजको सुनुवाइ हेर्दाहेर्दैमा लागू औषधसहित थाई नागरिक विमानस्थलबाट पक्राउ महिला हिंसाविरुद्ध माइतीघरमा प्रदर्शन