पुस ८, रोल्पा । इँटाभट्टामा काम गर्न काठमाडौँ जान भनी घरबाट हिँडेका रोल्पाका ११ बालिकालाई जिल्ला प्रहरी कार्यालय रोल्पाले आज नियन्त्रणमा लिएको "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

पुस ८, रोल्पा । इँटाभट्टामा काम गर्न काठमाडौँ जान भनी घरबाट हिँडेका रोल्पाका ११ बालिकालाई जिल्ला प्रहरी कार्यालय रोल्पाले आज नियन्त्रणमा लिएको "/>

११ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रोल्पा - RLP

इँटाभट्टामा लगिँदै गरेका रोल्पाका ११ बालिका नियन्त्रणमा

८ पुष २०७३, शुक्रबार ०८:३२


पुस ८, रोल्पा । इँटाभट्टामा काम गर्न काठमाडौँ जान भनी घरबाट हिँडेका रोल्पाका ११ बालिकालाई जिल्ला प्रहरी कार्यालय रोल्पाले आज नियन्त्रणमा लिएको छ ।

सोह्र वर्षमुनिका ती बालिकालाई आफ्नै गाउँकी पवित्रा रानाले काठमाडौँस्थित महेश्वरी इँटाभट्टामा काम लगाइदिने भनी लान लागेका अवस्थामा रोल्पा बसपार्कबाटै प्रहरीले नियन्त्रणमा लिएको हो ।

“अहिले अनुसन्धान प्रक्रियामा छौँ, अनुसन्धानले देखाएअनुसार कारबाही प्रक्रिया अगाडि बढाउँछाँ ”महिला सेल इन्चार्ज दिलकुमारी बुढाले भने। ती बालिका आर्थिक अवस्था कमजोर भएका कारण विद्यालय छाडेर कामको खोजीमा लागेको बताइएको छ ।

अनुसन्धान नसकिँदासम्म उनीहरुलाई सेभ हाउसमा राखिने जिल्ला प्रहरी कार्यालयले जनाएको छ । बालबालिकालाई कानुनतः श्रममा लगाउन नपाइने भएका कारण घर फिर्ता पठाउने तयारी भइहेको जिल्ला बालकल्याण समितिका बालअधिकार अधिकृत गोकर्ण पुनले बताए ।

बालिका परिवार जिम्मामा

घरबाट भागेर कोहलपुर पुगेका तीन बालिकालाई रोल्पा प्रहरीले आज आफन्तको जिम्मा लगाएको छ । गत मङ्सिर २० गते विद्यालय गएका उनीहरु भागेर कामको खोजीमा हिँडिरहेका बेला बाँके प्रहरीले नियन्त्रणमा लिई थ्रि एन्जल्स नेपाल बाँके नामक संस्थालाई बुझाएको थियो ।

उनीहरुलाई महिला तथा बालबालिका कार्यालय बाँकेले जिल्ला प्रहरी कार्यालय रोल्पा र थ्रि एन्जल्सको रोहबरमा महिला तथा बालबालिका कार्यालय रोल्पामा बुझाएको बताइएको छ ।

सदरमुकाम लिवाङमा रहेको सेभ हाउसमा तीन दिनसम्म राखिएका उनीहरुलाई आजै आफन्तको जिम्मा लगाइएको महिला अधिकारकर्मी तीर्था आचार्यले बताए ।  

अध्ययनका लागि विद्यालय हिँडेका उनीहरु भागेर कामको खोजीमा रोल्पाको सुलीचौर हुँदै भालुवाङबाट कोहलपुर पुगेका बेला प्रहरीले नियन्त्रणमा लिएको बताइएको छ । आगामी दिनमा उनीहरुलाई नभाग्ने वातारण बनाउन परिवारजनलाई सम्झाइबुझाइ गरिएको छ ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह