पुस ८, रोल्पा । पाँच नं प्रदेशबाट रोल्पा जिल्लालाई नटुक्य्राउन आग्रह गर्दै आन्दोलन गरिरहेकाहरुले आज जिल्लाका गाविस र नगरपालिकामा प्रदर्शन गरेका छन् ।
उनन्चास गाविस र एक नगरपालिका रहेको रोल्पाका सबै गाविस र नयरपालिका कार्यालयमा प्रदर्शन गरिएको संयुक्त सङ्घर्ष समितिका संयोजक समेत रहनुभएका नेपाली काँग्रेसका सांसद अमरसिं पुनले जानकारी दिनुभयो । उनीहरु गत मङ्सिर ७ गतेदेखि चरणबद्ध आन्दोलनमा उत्रिएका छन् । रासस