बलत्कारका अभियुक्त प्रहरीको फन्दामा

Posted on: 23 Dec, 2016

सन्तोषकुमार गुप्ता । दाङ ८ पुस । बलत्कार गरी फरार रहेका अभियुक्तलाई ईलाका प्रहरी कार्यालय भालुवाङले प्रकाउ गरेको छ । २०६९ असार २६ गते लालमटिया स्थीत बर्ष १८ की कुमारी सम्झना जिसी (नाम परिवर्तन) लाई बलत्कार गरी फरार रहेका अर्घाखाँची जिल्ला जलुके—६ का सन्तबिर कुमालका छोरा बर्ष ३५ का बड्घरे राईलो भन्ने सुमन कुमाललाई ईलाका प्रहरी कार्यालय भालुवाङले प्रकाउ गरेको हो । 

बलत्कार गरी बिगत पाँच बर्ष देखि फरार रहेका कुमाललाई खोजतलासका क्रममा गोप्य सुचनाका अधारमा गोबरडिहा—१ जुरौनी स्थीत चिसापानीबाट पक्राउ गर्न सफल भएको ईलाका प्रहरी कार्यालय भालुवाङका प्रहरी प्रमुख मदन केसीले जानकारी दिए । अभियुक्त कुमाललाई ईप्रका भालुवाङले जबरजस्ती करणी ऐन अन्र्तगत जिल्ला अदालत दाङमा मुद्दा चलान गरिएको प्रहरी प्रमुख केसीले जानकारी दिए । जबरजस्ती करणी ऐनको महल ३ नम्बर बमोजिम ५ देखि ७ बर्ष सम्म कैद हुने व्यवस्था रहेको छ ।  

यस बिषयमा तपाइको प्रतिक्रिया...!