प्यूठानको दर्भानमा बसपार्क सहित बुकिङ काउन्टरको उद्घाटन

Posted on: 23 Dec, 2016

सन्तोषकुमार गुप्ता । देउखुरी ८ पुस । प्युठान जिल्लाको बाङ्गेसाल—६ दर्भानमा ६० लाखको बराबरको ३ रोपनी क्षेत्रफलमा निर्माण गरिएको बसपार्क सहितको बुकिङ्क काउन्टरको उद्घाटन गरिएको छ । राप्ती उद्योग वाणिज्य संघ भालुवाङका अध्यक्ष ताराबहादुर डिसी, वरिष्ठ व्यापारी तथा उद्योगपतिद्धय नबिन जिसी, गहेन्द्रसिंह जिसी र भूतपुर्व प्रहरी साहयक निरिक्षक भरतबहादुर एमसीले संयुक्त रुपमा प्लाटिङ गरेको सो जग्गा बसपार्क निर्माणका लागि उपलब्ध गराए पछि बसपार्कको निर्माण सँगै स्वर्गद्घारी सार्वजनिक यातायात व्यवसाय समितिको बुकिङ काउन्टर समेत स्थापना गरिएको हो ।

दाङ देउखुरीको राप्ती अञ्चलको प्रवेशद्घार भालुवाङ, प्युठान रोल्पा जिल्लाको सदरमुकाम बाहेक बीचमा बसपार्क र बुकिङ काउन्टर नहुँदा त्यस क्षेत्रका यात्रुहरुलाई निकै हैरानी खेप्नु परेको थियो । बसपार्क निमार्ण र बुकिङ काउन्टर स्थापना भए पछि अहिले सो क्षेत्रका स्थानियहरु निकै हर्षित भएका छन् । बसपार्क स्थापना भए पछि अब दर्भान बजारको सडकमा जथाभावी गाडी पार्किङ गर्ने समस्या समेत टरेको स्थानिय डोरबहादुर दर्लामीले बताए ।

बसपार्क नहुँदा यस अघि सडकमै जथाभावी गाडी पार्किङले दुर्घटना हुने र यातायात आवागमनमा समेत समस्या हुँदै आएको स्वर्गद्घारी सार्वजनिक यातायात व्यवसाय समितिका अध्यक्ष सुनिल बस्नेतले बताए । आफनै गाउँमा बसपार्क निमार्ण र बुकिङ काउन्टर स्थापना पछि अब टिकट काट्न र गाडी चढ्न भालुवाङ जान नपर्ने दर्भानका स्थानीय बेलसिंह गुरुङले बताए ।

उनी जस्तै बाङ्गेसाल, ढुङ्गेगढी, हंसपुर, तिराम, अर्घाखाँचीको जलुके, सिधधारा गाविसका हजारौँका स्थानियहरुबासीहरु प्रत्यक्ष लाभन्दित भएका छन् ।  आफनै गाउँ नजिकै बसपार्क सहितको बुकिङ्क काउन्टर खुलेकोमा निकै सजिलो भएको ददेरीका स्थानीय कल्पना जिसीले खुसी व्यक्त गरिन् । 

बसपार्क सहितको बुकिङ काउन्टरको बिहिबार एक कार्यक्रमका बीच माननिय सांसद पुनाराम थापाले पानसमा बत्ती बालेर र रिबन काटेर उद्घाटन गरेका थिए । भने विहिवार नै बसपार्कबाट ना ३ ख ७२८८ नम्बरको माइक्रोबस सञ्चालन गरिएको थियो ।

अव बसपार्कबाट छिटै नै लामो तथा छोटो दुरीको यातायातको रुटपरमिट मिलाउने तयारीमा समेत रहेको समितिले जनाएको छ ।

स्वर्गद्घारी सार्वजनिक यातायात व्यवसाय समितिका अध्यक्ष सुनिल बस्नेतको अध्यक्षता एवम् सांसद पुनाराम थापाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा नेपाली काँग्रेसका अमर भण्डारी, जैनुल मिया, एमालेका कृष्ण रसाइली, टंक जिसी, नेकपा माओवादी केन्द्रका प्रकाश अधिकारी, डोरबहादुर दर्लामी, राजमोका कुलदिप जिसी, नेकपा मओवादी क्रान्तिकारीका लिलाव गुरुङ, नेकपा मओवादी विप्लपका रेशम विक, नयाँ शक्ति नेपालका टिकाराम बराल, राप्ती उद्योग वाणिज्य संघ भालुवाङका अध्यक्ष तथा सहयोगदाता ताराबहादुर डिसी, खड्केश्वरी माध्यामिक विद्यालयका प्रधानध्यापक मोहनप्रसाद पन्थी र पत्रकार धनीराम शर्मा लगायतका वक्ताहरुले बोलेका थिए ।

समितिका पुर्व अध्यक्ष सन्तबहादुर दर्लामीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन समितिका महासचिव चन्द्रमान श्रेष्ठले गरेका थिए ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!