आगामी आर्थिक २०७३÷०७४ का लागि ८३ लाख बढीको बजेट तयार 

देउखुरी ८ पुस । लालमटिया गाविसको आर्थिक वर्ष २०७४÷०७५ को २० औँ गाउँ परिषद्का लागि वडा भेलाको काम सुरु भएको छ । योजना छनौटको १४ चरण अन्र्तगत बस्ती भेलाबाट "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... आगामी आर्थिक २०७३÷०७४ का लागि ८३ लाख बढीको बजेट तयार 

देउखुरी ८ पुस । लालमटिया गाविसको आर्थिक वर्ष २०७४÷०७५ को २० औँ गाउँ परिषद्का लागि वडा भेलाको काम सुरु भएको छ । योजना छनौटको १४ चरण अन्र्तगत बस्ती भेलाबाट "/>

२९ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दाङ्ग - DNG

देउखुरीको लालमटियामा वडा भेला शुरु

८ पुष २०७३, शुक्रबार १५:१५

आगामी आर्थिक २०७३÷०७४ का लागि ८३ लाख बढीको बजेट तयार 

देउखुरी ८ पुस । लालमटिया गाविसको आर्थिक वर्ष २०७४÷०७५ को २० औँ गाउँ परिषद्का लागि वडा भेलाको काम सुरु भएको छ । योजना छनौटको १४ चरण अन्र्तगत बस्ती भेलाबाट माग भई आएका योजनालाई प्राथामिकीकरण गरी वडा भेला मार्फत विकास निर्माण र लक्षित वर्गको कार्यक्रम छनौट गर्न शुरु गरिएको छ । जस अनुसार वडा नम्बर १ र २ मा वडा भेला सम्पन्न भएको छ । वडा भेलामा छनौट भएका विकास निमार्णका योजनाहरुमा बाटो ग्रावेल, सिचाई, कल्र्भट निमार्ण, पनफकुवा तथा पनबटुवा बाँध, विजुली विस्तार, विद्यालयको पुर्वाधर लगायतका योजना छनौट गरिएको छ । 

त्यसैगरी वडा भेलाले महिला, बालबालिका र लक्षित वर्ग अन्र्तगत अपाङ्ग, दलित, आदीवासी जनजाती, युवा, जेष्ठ नागरिक, मदेशी मुस्लिम र पछाडी परेका वर्गहरुका लागि सिप तथा आयमुलक कार्यक्रम छनौट गरि गाविसमा पठाउने तयारी भएको सामाजिक परिचालक सन्तोषी चपाईले बताइन् । यसैबीच गाविसले आर्थिक वर्ष २०७४÷०७५ का लागि कुल ८३ लाख २ हजारको बजेट तयार पारेको छ । जस अनुसार पुजीगत तर्फ ७७ लाख ५७ हजार, चालु तर्फ ५४ लाख ५ हजारको बजेट तयार पारेको हो । त्यसैगरी बालबालिका तर्फ १५ प्रतिशतका दरले हुन आउने ११ लाख ५७ हजार ७ सय ३२ रुपैयाँ, महिला तर्फ १० प्रतिशतका दरले हुन आउने ७ लाख ७१ हजार ८ सय २१ रुपैयाँ ,लक्षित वर्ग तर्फ १५ प्रतिशतका दरले हुन आउने ११ लाख ५७ हजार ७ सय ३२ रुपैयाँ, कृषि तर्फ १० प्रतिशतका दरले हुन आउने ११ लाख ६३ हजार ५ सय ५० रुपैयाँ र योजना व्यवस्थापनमा ३ प्रतिशतका दरले हुन आउने २ लाख ३१ हजार ५ सय ४६ रुपैयाँ र बाँकी रहेको ३६ लाख २७ हजार ५ सय ६३ रुपैयाँ मध्येबाट ६० प्रतिशतका दरले पुर्वधार विकास तर्फ २१ लाख ७६ हजार ५ सय ६८ रुपैयाँ र ४० प्रतिशतका दरले प्रर्वधात्मक कार्यक्रम तर्फ १४ लाख ५१ हजार २५ रुपैयाँ सहितको बजेट तयार पारेकोे गाविस सचिव दामोदर पोख्रेले बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपीएल–२ : लुम्बिनीले जित्यो उपाधि राजनीतिक सङ्क्रमण अन्त्य गर्दै समयमा निर्वाचन सम्पन्न गराउनुपर्छ: महामन्त्री बुर्लाकोटी विगतका गल्तीबाट शिक्षा लिँदै एकीकृत पार्टी बनाउन लागेका छौँ: संयोजक प्रचण्ड एनपिएल ःसुदूरपश्चिमले लुम्बिनीलाई दियो ८६ रनको सामान्य लक्ष्य सुदूरपश्चिमविरुद्ध रोहित पौडेलले लिए ह्याट्रिक विकेट एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली