ललित बोहरा / ८ पुष  डडेल्धुरा । जिल्ला प्रहरी कार्यालय डडेल्धुराले शुक्रबार देखि दोस्रो चरणको ६ दिने अपराध अनुसन्धान तथा नियन्त्रण बिषेश अनुशिक्षण घुम्ति प्रशिक्षण तालिम सञ्चालन गरेको छ । राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्ज काठमाण्डौको आयोजनामा प्रह"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... ललित बोहरा / ८ पुष  डडेल्धुरा । जिल्ला प्रहरी कार्यालय डडेल्धुराले शुक्रबार देखि दोस्रो चरणको ६ दिने अपराध अनुसन्धान तथा नियन्त्रण बिषेश अनुशिक्षण घुम्ति प्रशिक्षण तालिम सञ्चालन गरेको छ । राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्ज काठमाण्डौको आयोजनामा प्रह"/>
१४ पुष २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डडेलधुरा - DDL

डडेल्धुरामा पनि अपराध अनुसन्धान तथा नियन्त्रण बिषेश तालिम सञ्चालन

८ पुष २०७३, शुक्रबार १६:०४

ललित बोहरा / ८ पुष  डडेल्धुरा । जिल्ला प्रहरी कार्यालय डडेल्धुराले शुक्रबार देखि दोस्रो चरणको ६ दिने अपराध अनुसन्धान तथा नियन्त्रण बिषेश अनुशिक्षण घुम्ति प्रशिक्षण तालिम सञ्चालन गरेको छ । राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्ज काठमाण्डौको आयोजनामा प्रहरी हवल्दार र प्रहरी जवानहरुलाई लक्षित गर्दै अपराध अनुसन्धान तथा नियन्त्रण बिषेश तालिम सञ्चालन गरिएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी नायव उपरिक्षक प्रेम शाहिले जानकारी दिएका छन । समाजमा शान्ति सुव्यवस्था एवम अमनचयन कायम राख्ने दायित्व बोकेको प्रहरी संगठनका अधिकृत तथा जवानहरुलाई बदलिदो परिपे्रक्षमा समाजमा बढ्दै गईरहेको बिभिन्न प्रकृतिका अपराधीक कार्यहरुलाई समयमै प्रभावकारी ढङ्गबाट रोकथाम तथा नियन्त्रण गरी समाजमा शान्ति सु–ब्यवस्था एवम अमन–चयन कायम गर्न आवश्यक पर्ने व्यवसायीक सैद्धान्तीक ज्ञान सिप तथा कौशलता प्रदान गरी अपराधको रोकथाम नियन्त्रण तथा अनुसन्धान कार्यलाई बढी भन्दा बढी रुपमा प्रभावकारी बनाउनको लागी तालिम दिइन लागेको प्रहरी नायव उपरिक्षक शाहिले बताएका छन । जिल्ला प्रहरी कार्यालय डडेल्धुराको सभाहलमा सञ्चालित तालिमको निमित्त प्रमुख जिल्ला अधिकारी करुणाकर अवस्थीद्धारा उद्धाटन गरिएको थियो । पुष १३ गते सम्म सञ्चालन हुने तालिममा जिल्ला प्रहरी कार्यालय डडेल्धुरा मातहतका ५ जना प्रहरी हवल्दार र २१ जना प्रहरी जवान गरि २६ जना प्रहरीलाई समावेश गरीएको छ । यस अघि कार्तिक ७ गते देखी सञ्चालित पहिलो चरणको अनुशिक्षण तालिम कार्तिक १२ गते सम्पन्न भएको थियो । उक्त तालिममा ७ जना प्रहरी हवल्दार १९ जना प्रहरी जवान गरि २६ जना प्रहरीलाई समाबेश गराईएको थियो ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अधिकांश दलले समानुपातिक निर्वाचन प्रणालीतर्फको बन्द सूची आज पेस गर्दै राजनीतिमा आमूल परिवर्तन आउनुपर्छ : मन्त्री खरेल करेन्ट लागेर एक महिलाको मृत्यु डुबेर तीन वर्षीय बालकको निधन सुनको मूल्य सामान्य घट्यो वर्तमान अवस्थामा निर्वाचन नै उत्तम विकल्प हो : संयोजक दाहाल रास्वपाको केन्द्रीय समिति बैठक : सहमति अनुमोदन आइतबार एमाले सचिवालय बैठक निर्वाचनमा सहभागी हुने प्रमुख दलका शीर्ष नेताहरूको प्रतिबद्धता निर्वाचनलाई सफल बनाउन दलहरुसँग प्रधानमन्त्रीको आग्रह प्रधानमन्त्री कार्की र तीन शीष नेताबीच छलफल जारी जेनजी आन्दोलनमा फरार कैदीको भारतमा मृत्यु सरकारले नागरिकमा विश्वास र आशा जगाउने प्रयास गरेको छः गृहमन्त्री अर्याल जापानको टोकियो नजिकै सडक दुर्घटना, दर्जनौँ घाइते कानुनी र प्रक्रियागत अवरोध नहटाएसम्म द्रुत विकासको सपना पूरा हुँदैनः मन्त्री घिसिङ शान्ति प्रक्रियामा ६० दिनको युद्धविराम आवश्यकः जेलेन्स्की देश नयाँ शिराबाट अगाडि बढ्छः मन्त्री घिसिङ ‘पहाड भो मलाई’ बोलको गीत सार्वजनिक प्रधानमन्त्री कार्कीसँग प्रमुख दलका शीर्ष नेताबीच छलफल हुँदै शान्ति प्रयासमा कूटनीतिक समन्वय आवश्यकः ट्रम्प