ललित बोहरा / ८ पुष  डडेल्धुरा । जिल्ला प्रहरी कार्यालय डडेल्धुराले शुक्रबार देखि दोस्रो चरणको ६ दिने अपराध अनुसन्धान तथा नियन्त्रण बिषेश अनुशिक्षण घुम्ति प्रशिक्षण तालिम सञ्चालन गरेको छ । राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्ज काठमाण्डौको आयोजनामा प्रह"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... ललित बोहरा / ८ पुष  डडेल्धुरा । जिल्ला प्रहरी कार्यालय डडेल्धुराले शुक्रबार देखि दोस्रो चरणको ६ दिने अपराध अनुसन्धान तथा नियन्त्रण बिषेश अनुशिक्षण घुम्ति प्रशिक्षण तालिम सञ्चालन गरेको छ । राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्ज काठमाण्डौको आयोजनामा प्रह"/>
२०८२, १७ फाल्गुन आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डडेलधुरा - DDL

डडेल्धुरामा पनि अपराध अनुसन्धान तथा नियन्त्रण बिषेश तालिम सञ्चालन

२०७३, ८ पुष शुक्रबार १६:०४

ललित बोहरा / ८ पुष  डडेल्धुरा । जिल्ला प्रहरी कार्यालय डडेल्धुराले शुक्रबार देखि दोस्रो चरणको ६ दिने अपराध अनुसन्धान तथा नियन्त्रण बिषेश अनुशिक्षण घुम्ति प्रशिक्षण तालिम सञ्चालन गरेको छ । राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्ज काठमाण्डौको आयोजनामा प्रहरी हवल्दार र प्रहरी जवानहरुलाई लक्षित गर्दै अपराध अनुसन्धान तथा नियन्त्रण बिषेश तालिम सञ्चालन गरिएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी नायव उपरिक्षक प्रेम शाहिले जानकारी दिएका छन । समाजमा शान्ति सुव्यवस्था एवम अमनचयन कायम राख्ने दायित्व बोकेको प्रहरी संगठनका अधिकृत तथा जवानहरुलाई बदलिदो परिपे्रक्षमा समाजमा बढ्दै गईरहेको बिभिन्न प्रकृतिका अपराधीक कार्यहरुलाई समयमै प्रभावकारी ढङ्गबाट रोकथाम तथा नियन्त्रण गरी समाजमा शान्ति सु–ब्यवस्था एवम अमन–चयन कायम गर्न आवश्यक पर्ने व्यवसायीक सैद्धान्तीक ज्ञान सिप तथा कौशलता प्रदान गरी अपराधको रोकथाम नियन्त्रण तथा अनुसन्धान कार्यलाई बढी भन्दा बढी रुपमा प्रभावकारी बनाउनको लागी तालिम दिइन लागेको प्रहरी नायव उपरिक्षक शाहिले बताएका छन । जिल्ला प्रहरी कार्यालय डडेल्धुराको सभाहलमा सञ्चालित तालिमको निमित्त प्रमुख जिल्ला अधिकारी करुणाकर अवस्थीद्धारा उद्धाटन गरिएको थियो । पुष १३ गते सम्म सञ्चालन हुने तालिममा जिल्ला प्रहरी कार्यालय डडेल्धुरा मातहतका ५ जना प्रहरी हवल्दार र २१ जना प्रहरी जवान गरि २६ जना प्रहरीलाई समावेश गरीएको छ । यस अघि कार्तिक ७ गते देखी सञ्चालित पहिलो चरणको अनुशिक्षण तालिम कार्तिक १२ गते सम्पन्न भएको थियो । उक्त तालिममा ७ जना प्रहरी हवल्दार १९ जना प्रहरी जवान गरि २६ जना प्रहरीलाई समाबेश गराईएको थियो ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
परिस्थितिलाई सम्हाल्ने तागत अहिले कांग्रेसका सभापति गगनकुमार थापासँग मात्रै छ: विश्वप्रकाश शर्मा ओलीद्वारा मध्यपूर्वमा पछिल्लो समय देखिएको तनावप्रति चिन्ता व्यक्त इजरायल–इरान यात्रा नगर्न सरकारको अनुरोध कांग्रेस सबै जातजातिको साझा पार्टी हो : गगनकुमार थापा इजरायलमा रहेका नेपालीलाई सतर्क रहन दूतावासको आग्रह निर्वाचन आचारसंहिता उल्लङ्घन गरेका आठ जनालाई कारबाही यूएई, बहरइन, कतार र कुवेतमा आक्रमण बीचमा थुप्रै उतारचढाव भए पनि अन्ततः सिंगै देश अहिले निर्वाचनमय भएको छ: प्रचण्ड चुनाव र होलीमा समेत बन्दी प्रत्यक्षीकरणका लागि सर्वोच्च खुला रहने अरुण नदीको बेलीब्रिज भाँचियो प्रविधिमैत्री बन्दै काठमाडौँ महानगरपालिकाका सामुदायिक विद्यालय निर्वाचन छल्न सिंगापुर उडे शेरबहादुर देउवा नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला