पुष ८। डडेल्धुरा  । डडेल्धुराको समैजी गाबिसलाई शनिबार एक भब्य सास्कृतिक कार्यक्रमका बीच ७ नम्बर प्रदेशकै पहिलो बालविवाह मुक्त गाबिस घोषणा गरिदै छ । सदरमुकामबाट १५ किलोमिटरको दुरीमा रहेको सो गाविसलाई ७ नम्बर प्रदेशकै पहिलो वालविवाहमुक्त गाविसको रुपमा घोषणा गरिन ल"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पुष ८। डडेल्धुरा  । डडेल्धुराको समैजी गाबिसलाई शनिबार एक भब्य सास्कृतिक कार्यक्रमका बीच ७ नम्बर प्रदेशकै पहिलो बालविवाह मुक्त गाबिस घोषणा गरिदै छ । सदरमुकामबाट १५ किलोमिटरको दुरीमा रहेको सो गाविसलाई ७ नम्बर प्रदेशकै पहिलो वालविवाहमुक्त गाविसको रुपमा घोषणा गरिन ल"/>
१४ पुष २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डडेलधुरा - DDL

डडेल्धुराको समैजी गाबिस शनिबार ७ नम्बर प्रदेशकै पहिलो बालविवाह मुक्त गाबिस हुदैँ

८ पुष २०७३, शुक्रबार १६:१९

पुष ८। डडेल्धुरा  । डडेल्धुराको समैजी गाबिसलाई शनिबार एक भब्य सास्कृतिक कार्यक्रमका बीच ७ नम्बर प्रदेशकै पहिलो बालविवाह मुक्त गाबिस घोषणा गरिदै छ । सदरमुकामबाट १५ किलोमिटरको दुरीमा रहेको सो गाविसलाई ७ नम्बर प्रदेशकै पहिलो वालविवाहमुक्त गाविसको रुपमा घोषणा गरिन लागिएको हो । केटा र केटीको मञ्जुरी बिना कम उमेरमै विवाह हुने गरेका कारण सम्बन्धविच्छेद, मनमुटावलगायत घरायसी हिसांको समेत घट्ना बढेकाले स्थानीय समैजी गाविसलाई वालविवाहमुक्त गाविस बनाउन लागिएको गाबिस सचिव पुष्पराज जोशीले जानकारी दिएका छन । समैजि गाबिसका प्राविधिक रतन बहादुर ऐरका अनुसार घोषणा कार्यक्रमको पूर्ण तयारी भइसकेको र गाबिसलाई डडेल्धुरा जिल्ला अदालतका न्यायाधिश देवराज गिरीद्धारा वालविवाह मुक्त गाबिस घोषणा गरिने कार्यक्रम रहेको जनाइएको छ । पछिल्लो समयमा बालविवाहले गर्दा शिक्षा, स्वास्थ्य र ब्यक्तित्व विकासमा समेत नकारात्मक असर पर्दै गएको पाइन्छ । समैजी गाविसका सबै वडाहरु वालविवाह मुक्त वडा घोषणा भइसकेकाले एक भब्य सास्कृतिक कार्यक्रमका बीच गाबिसलाई ७ नम्बर प्रदेशकै पहिलो वालविवाह मुक्त गाबिस घोषणा गरिन लागिएको सचिव जोशीले बताएका छन ।

गाबिसका सबै वडास्तरमा सडक नाटक, विद्यालयका बालबालिकामा वालविबाह सम्बन्धी सचेतना कार्यक्रम, अभिभावकको हस्ताक्षर सङ्कलनजस्ता कार्यक्रमहरु यस अघि सम्पन्न भइसकेका छन । बालकल्याण माध्यमिक बिद्यालय पुईलेकमा हुने घोषणा समारोह तथा सास्कृतिक कार्यक्रममा देउडा गायक भुबन दाहाल, सुधिर जैरु, रमेश मल्ल, राधा फुलारा लगायतका स्थानिय कलाकारहरुको बेजोड प्रस्तुति रहने आयोजक गाबिसले जनाएको छ । यसैबीच कार्यक्रममा बिभिन्न जनचेतनामूलक नाटकहरु समेत प्रर्दशन गरिने जनाइएको छ ।

साथै शनिबार हुने घोषणा समारोहमा उपस्थितिका लागि जिल्ला स्थित सम्पुर्ण राजनितिक दलका पदाधिकारी, सरकारी तथा गैर सरकारी संघ–संस्थाका प्रतिनिधि, वडा नागरिक मञ्चका पदाधिकारी, वालक्लब, किशोरी समुह, आमा समुह, शिक्षक, बिद्यार्थि, दलित, जनजाती, अपागंता भएका व्यक्ति, महिला, समाजसेवी, बुद्धिजिवि लगायत सम्पुर्ण सरोकारवालाहरुमा अनुरोध गरिएको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अधिकांश दलले समानुपातिक निर्वाचन प्रणालीतर्फको बन्द सूची आज पेस गर्दै राजनीतिमा आमूल परिवर्तन आउनुपर्छ : मन्त्री खरेल करेन्ट लागेर एक महिलाको मृत्यु डुबेर तीन वर्षीय बालकको निधन सुनको मूल्य सामान्य घट्यो वर्तमान अवस्थामा निर्वाचन नै उत्तम विकल्प हो : संयोजक दाहाल रास्वपाको केन्द्रीय समिति बैठक : सहमति अनुमोदन आइतबार एमाले सचिवालय बैठक निर्वाचनमा सहभागी हुने प्रमुख दलका शीर्ष नेताहरूको प्रतिबद्धता निर्वाचनलाई सफल बनाउन दलहरुसँग प्रधानमन्त्रीको आग्रह प्रधानमन्त्री कार्की र तीन शीष नेताबीच छलफल जारी जेनजी आन्दोलनमा फरार कैदीको भारतमा मृत्यु सरकारले नागरिकमा विश्वास र आशा जगाउने प्रयास गरेको छः गृहमन्त्री अर्याल जापानको टोकियो नजिकै सडक दुर्घटना, दर्जनौँ घाइते कानुनी र प्रक्रियागत अवरोध नहटाएसम्म द्रुत विकासको सपना पूरा हुँदैनः मन्त्री घिसिङ शान्ति प्रक्रियामा ६० दिनको युद्धविराम आवश्यकः जेलेन्स्की देश नयाँ शिराबाट अगाडि बढ्छः मन्त्री घिसिङ ‘पहाड भो मलाई’ बोलको गीत सार्वजनिक प्रधानमन्त्री कार्कीसँग प्रमुख दलका शीर्ष नेताबीच छलफल हुँदै शान्ति प्रयासमा कूटनीतिक समन्वय आवश्यकः ट्रम्प