पुष ८। डडेल्धुरा  । डडेल्धुराको समैजी गाबिसलाई शनिबार एक भब्य सास्कृतिक कार्यक्रमका बीच ७ नम्बर प्रदेशकै पहिलो बालविवाह मुक्त गाबिस घोषणा गरिदै छ । सदरमुकामबाट १५ किलोमिटरको दुरीमा रहेको सो गाविसलाई ७ नम्बर प्रदेशकै पहिलो वालविवाहमुक्त गाविसको रुपमा घोषणा गरिन ल"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पुष ८। डडेल्धुरा  । डडेल्धुराको समैजी गाबिसलाई शनिबार एक भब्य सास्कृतिक कार्यक्रमका बीच ७ नम्बर प्रदेशकै पहिलो बालविवाह मुक्त गाबिस घोषणा गरिदै छ । सदरमुकामबाट १५ किलोमिटरको दुरीमा रहेको सो गाविसलाई ७ नम्बर प्रदेशकै पहिलो वालविवाहमुक्त गाविसको रुपमा घोषणा गरिन ल"/>
२०८२, ११ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डडेलधुरा - DDL

डडेल्धुराको समैजी गाबिस शनिबार ७ नम्बर प्रदेशकै पहिलो बालविवाह मुक्त गाबिस हुदैँ

२०७३, ८ पुष शुक्रबार १६:१९

पुष ८। डडेल्धुरा  । डडेल्धुराको समैजी गाबिसलाई शनिबार एक भब्य सास्कृतिक कार्यक्रमका बीच ७ नम्बर प्रदेशकै पहिलो बालविवाह मुक्त गाबिस घोषणा गरिदै छ । सदरमुकामबाट १५ किलोमिटरको दुरीमा रहेको सो गाविसलाई ७ नम्बर प्रदेशकै पहिलो वालविवाहमुक्त गाविसको रुपमा घोषणा गरिन लागिएको हो । केटा र केटीको मञ्जुरी बिना कम उमेरमै विवाह हुने गरेका कारण सम्बन्धविच्छेद, मनमुटावलगायत घरायसी हिसांको समेत घट्ना बढेकाले स्थानीय समैजी गाविसलाई वालविवाहमुक्त गाविस बनाउन लागिएको गाबिस सचिव पुष्पराज जोशीले जानकारी दिएका छन । समैजि गाबिसका प्राविधिक रतन बहादुर ऐरका अनुसार घोषणा कार्यक्रमको पूर्ण तयारी भइसकेको र गाबिसलाई डडेल्धुरा जिल्ला अदालतका न्यायाधिश देवराज गिरीद्धारा वालविवाह मुक्त गाबिस घोषणा गरिने कार्यक्रम रहेको जनाइएको छ । पछिल्लो समयमा बालविवाहले गर्दा शिक्षा, स्वास्थ्य र ब्यक्तित्व विकासमा समेत नकारात्मक असर पर्दै गएको पाइन्छ । समैजी गाविसका सबै वडाहरु वालविवाह मुक्त वडा घोषणा भइसकेकाले एक भब्य सास्कृतिक कार्यक्रमका बीच गाबिसलाई ७ नम्बर प्रदेशकै पहिलो वालविवाह मुक्त गाबिस घोषणा गरिन लागिएको सचिव जोशीले बताएका छन ।

गाबिसका सबै वडास्तरमा सडक नाटक, विद्यालयका बालबालिकामा वालविबाह सम्बन्धी सचेतना कार्यक्रम, अभिभावकको हस्ताक्षर सङ्कलनजस्ता कार्यक्रमहरु यस अघि सम्पन्न भइसकेका छन । बालकल्याण माध्यमिक बिद्यालय पुईलेकमा हुने घोषणा समारोह तथा सास्कृतिक कार्यक्रममा देउडा गायक भुबन दाहाल, सुधिर जैरु, रमेश मल्ल, राधा फुलारा लगायतका स्थानिय कलाकारहरुको बेजोड प्रस्तुति रहने आयोजक गाबिसले जनाएको छ । यसैबीच कार्यक्रममा बिभिन्न जनचेतनामूलक नाटकहरु समेत प्रर्दशन गरिने जनाइएको छ ।

साथै शनिबार हुने घोषणा समारोहमा उपस्थितिका लागि जिल्ला स्थित सम्पुर्ण राजनितिक दलका पदाधिकारी, सरकारी तथा गैर सरकारी संघ–संस्थाका प्रतिनिधि, वडा नागरिक मञ्चका पदाधिकारी, वालक्लब, किशोरी समुह, आमा समुह, शिक्षक, बिद्यार्थि, दलित, जनजाती, अपागंता भएका व्यक्ति, महिला, समाजसेवी, बुद्धिजिवि लगायत सम्पुर्ण सरोकारवालाहरुमा अनुरोध गरिएको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रवि लामिछानेलाई अमेरिकाले दियो बधाई राष्ट्रपतिबाट प्रतिनिधि सभाका ज्येष्ठ सदस्य केसीले लिए शपथ पूर्वसांसद गोविन्दविक्रम शाहको निधन कुवेत विमानस्थलमा इरानी ड्रोन आक्रमण सुनचाँदीको मुल्य बढ्यो एसईईमा सहभागी हुने विद्यार्थी घटे रवि लामिछानेकाे मुद्दा आज पनि हेर्दाहेर्दैमा आयल निगमले एक सातापछि भरी सिलिन्डर ग्यास बिक्री गर्ने एनआरएनए आईसीसी सह–कोषाध्यक्षमा गङ्गा खतिवडा निर्विरोध, आर्थिक पारदर्शितामा नयाँ भरोसा ‘दोस्रो राष्ट्रिय कुलिनरी च्यालेन्ज प्रतियोगिता २०२६’ झापाको दमकमा आयोजना हुँदै भिरबाट लडेर ९ वर्षीया बालिकाको मृत्यु केन्द्रीय कार्यसमितिको निर्णयको सम्मान गर्छु : गगन थापा भदौ २४ गते नेताको घरमा भेटिएको र जलेको पैसाबारे अनुसन्धान हुनुपर्छ: गगन थापा हतारोमा र हताश भएर राजीनामा दिएको होइन: गगन थापा कांग्रेसको केन्द्रीय समितिको बैठकमा छलफलका लागि ५ एजेन्डा तय ज्वाइँको हत्या गरी फरार रहेका ससुरा पक्राउ रवि लामिछानेविरुद्धको मुद्दा फिर्ता प्रकरणको रिटमा आज पनि सुनुवाइ शेरबहादुर देउवाको निजी निवासका केही संरचनाहरू भत्काउन थालियो रास्वपा केन्द्रीय समिति बैठक बिहीबारका लागि आह्वान सरकारले भ्रष्टाचार रोक्न सकेन भने जनतालाई ठूलो धोका हुनेछ: महावीर पुन