४ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुगु - MG

तातो पानिमा नुहाउने र लुगा धुनेहरुको भिडलाग्यो

९ पुष २०७३, शनिबार ०७:११

दान बहादुर बुढा, पुस ९, मुगु  । मुगुमा अत्याधिक जाडो बढेर धाराको पानीले नुहाउँन लुगा धुन नसकिने अबस्था आएपछि बालक देखि बृद्धा सम्म नुहाउँन र लुगा धुनेहरुको तातोपानीतिर भिडहुन थालेका छन् । 

पुस महिना प्रारम्भ संगै जाडो बढेपछि मुगुको रुगा गाविस स्थित झुसेकुना, जिमा गाविसको कुलाहा र हुम्ला जिल्लाको जैर लुमछहरा, उनापानी, सरिकल्ला लगायत स्थानमा रहेका तातोपानी कुण्डमा नुहाउँन बालक, महिला बृद्धाहरुको भीड लाग्न थालेको छ । शनिबार बिदाको दिनमा तातेपानी कुण्डमा नुहाउन बिधार्थी शिक्षकको घुइचो लाग्ने गरेको छ । दिनभरी तातेपानी कुण्डमा नुहाउने लुगा धुने र बेलुका घर फर्किने गर्छन् । जाडो मौसमले धारोको पानीमा बरफ जमेर नुहाउ“न लुगा धुन कठिनाई हुन थालेपछि स्थानीयबासी तातोपानीतिर धाउँन थालेका छन् । तातोपानी भन्दा टाढाका स्थानीयबासी खान खर्च र लुगा समेत बोकेर दुई तीन दिन सम्म तातोपानी कुण्डमै बास बसेर नुहाउँने गरेका छन् । 

बुढापाकाहरुले तातोपानीमा नुहाउँदा शरिरको रागन (बाथ )रोग सञ्चो हुने बिश्वास रहेको छ । पुस महिना देखि माघ मसान्त सम्म तातोपानीका कुण्डहरुमा स्थानीय नुहाउँन जाने गर्छन् । मुगुको झुसेकुना, कुलाहा तातोपानी कुण्ड ब्याबस्थित नहुदा स्थानीय लाई नुहाउन समस्या हुने गरेको छ ।

तातो पानिमा नुहाउदा रागन, ठाउको दुख्ने, आखा पाक्ने, शरिर दुख्ने, जस्ता रोगहरु निको पार्ने बिशुवासले गर्दा सबै भन्दा बढी मंशिर, पुस र माघ महिनामा बढी नुहाउोहरुको घुईचो हुने गरेको रारा गाबिसका ६५  बर्षका हंस कार्कीले बताएका छन । मुगुको तापक्रम अधिकत्तम १७ र न्यूनत्तम १ डिग्री सेल्सिएस पुगेको छ । यस्ता महत्तपूर्ण स्थानहरुमा स्थानिय गाबिस ,जिबिसले संरक्षणमा ध्यान नदिदा अब्याबस्थित रहेका छन ।



प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वास्थ्यमन्त्रीसँग डब्लुएचओका महानिर्देशकको शिष्टाचार भेट निर्वाचन सुनश्चित भइसकेकोछ, अब शङ्का नगर्नुस् : मन्त्री खरेल राष्ट्रपतिद्वारा प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२ जारी सभापति लामिछाने पार्टी जिम्मेवारीमा फर्कँदै : रास्वपा चौध दिनदेखि बेपत्ता राईको खोजीका लागि परिवारको आग्रह युक्रेनमा लक्ष्य हासिल हुने पुटिनको दाबी ट्रम्प प्रशासनद्वारा अमेरिकाको ग्रिन कार्ड लटरी स्थगित स्वास्थ्य परीक्षण शुल्कमा पुनरावलोकन गर्दै मन्त्रालय एमालेको काँधमा असाधारण जिम्मेवारी छ ः अध्यक्ष ओली मानसिक स्वास्थ्यबारे खुलेर कुरा गर्न सञ्चारमन्त्री खरेलको आग्रह कटुवा पेस्तोलसहित युवा पक्राउ भैरहवाको मौसम नखुलेपछि भरतपुरतर्फ उडे रवि लामिछाने टिकटक–अमेरिका संयुक्त उद्यम सम्झौता गायनबाट अभिनयतर्फ समीर स्वदेशमै दुःख गर्नसके विदेशिनु पर्दैन देशभर स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिऔँः मन्त्री घिसिङ योजना र नतिजा विश्लेषणबिनाको खर्चले राज्यप्रतिको विश्वास घट्दै गयो: उद्योगमन्त्री सिन्हा एमाले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बस्दै सुनको मूल्य तोलामा २ हजारले घट्यो विदेश पठाइदिने भन्दै ४९ लाख १४ हजार ठगी गर्ने पक्राउ