दान बहादुर बुढा/पुस ९, मुगु । मुगुमा अत्याधिक जाडो बढेर धाराको पानीले नुहाउन लुगा धुन नसकिने अबस्था आएपछि बालक देखि बृद्धा सम्म नुहाउन र लुगा धुनेहरुको तातोपानीत"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... दान बहादुर बुढा/पुस ९, मुगु । मुगुमा अत्याधिक जाडो बढेर धाराको पानीले नुहाउन लुगा धुन नसकिने अबस्था आएपछि बालक देखि बृद्धा सम्म नुहाउन र लुगा धुनेहरुको तातोपानीत"/>
१४ पुष २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुगु - MG

तातो पानिमा नुहाउन र लुगा धुनेहरुको भिड लाग्यो

९ पुष २०७३, शनिबार ०७:१६

दान बहादुर बुढा/पुस ९, मुगु । मुगुमा अत्याधिक जाडो बढेर धाराको पानीले नुहाउन लुगा धुन नसकिने अबस्था आएपछि बालक देखि बृद्धा सम्म नुहाउन र लुगा धुनेहरुको तातोपानीतिर भिडहुन थालेका छन् । 

पुस महिना प्रारम्भ संगै जाडो बढेपछि मुगुको रुगा गाविस स्थित झुसेकुना, जिमा गाविसको कुलाहा र हुम्ला जिल्लाको जैर लुमछहरा, उनापानी, सरिकल्ला लगायत स्थानमा रहेका तातोपानी कुण्डमा नुहाउन बालक, महिला बृद्धाहरुको भीड लाग्न थालेको छ । 

शनिबार बिदाको दिनमा तातेपानी कुण्डमा नुहाउन बिधार्थी शिक्षकको घुइचो लाग्ने गरेको छ । दिनभरी तातेपानी कुण्डमा नुहाउने लुगा धुने र बेलुका घर फर्किने गर्छन् । जाडो मौसमले धारोको पानीमा बरफ जमेर नुहाउन लुगा धुन कठिनाई हुन थालेपछि स्थानीयबासी तातोपानीतिर धाउ“न थालेका छन् । तातोपानी भन्दा टाढाका स्थानीयबासी खान खर्च र लुगा समेत बोकेर दुई तीन दिन सम्म तातोपानी कुण्डमै बास बसेर नुहाउने गरेका छन् । 

बुढापाकाहरुले तातोपानीमा नुहाउ“दा शरिरको रागन (बात) रोग सञ्चो हुने बिश्वास रहेको छ । पुस महिना देखि माघ मसान्त सम्म तातोपानीका कुण्डहरुमा स्थानीय नुहाउ“न जाने गर्छन् । मुगुको झुसेकुना, कुलाहा तातोपानी कुण्ड ब्याबस्थित नहुदा स्थानीय लाई नुहाउन समस्या हुने गरेको छ ।

तातो पानिमा नुहाउदा रागन, ठाउको दुख्ने,आखा पाक्ने, शरिर दुख्ने, जस्ता रोगहरु निको पार्ने बिशुवासले गर्दा सबै भन्दा बढी मंशिर, पुस र माघ महिनामा बढी नुहाउोहरुको घुईचो हुने गरेको रारा गाबिसका ६द्द बर्षका हंस कार्कीले बताएका छन । 

मुगुको तापक्रम अधिकत्तम १७ र न्यूनत्तम १ डिग्री सेल्सिएस पुगेको छ । यस्ता महत्तपूर्ण स्थानहरुमा स्थानिय गाबिस, जिबिसले संरक्षणका ध्यान नदिदा बेवारीसे अब्याबस्थित रहेका छन ।



प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आइतबार एमाले सचिवालय बैठक निर्वाचनमा सहभागी हुने प्रमुख दलका शीर्ष नेताहरूको प्रतिबद्धता निर्वाचनलाई सफल बनाउन दलहरुसँग प्रधानमन्त्रीको आग्रह प्रधानमन्त्री कार्की र तीन शीष नेताबीच छलफल जारी जेनजी आन्दोलनमा फरार कैदीको भारतमा मृत्यु सरकारले नागरिकमा विश्वास र आशा जगाउने प्रयास गरेको छः गृहमन्त्री अर्याल जापानको टोकियो नजिकै सडक दुर्घटना, दर्जनौँ घाइते कानुनी र प्रक्रियागत अवरोध नहटाएसम्म द्रुत विकासको सपना पूरा हुँदैनः मन्त्री घिसिङ शान्ति प्रक्रियामा ६० दिनको युद्धविराम आवश्यकः जेलेन्स्की देश नयाँ शिराबाट अगाडि बढ्छः मन्त्री घिसिङ ‘पहाड भो मलाई’ बोलको गीत सार्वजनिक प्रधानमन्त्री कार्कीसँग प्रमुख दलका शीर्ष नेताबीच छलफल हुँदै शान्ति प्रयासमा कूटनीतिक समन्वय आवश्यकः ट्रम्प ७५० केजी गाँजासहित दुई जना पक्राउ लागुऔषध मुद्दामा कैद भुक्तान गरिरहेका फरार व्यक्ति पक्राउ यी स्थानमा काटिदैछ बिजुली गाडीको ठक्करबाट एक जनाको मृत्यु रोक लगाइएको २१ बर्षपछि इराकमा कार्यरत हजारौं नेपालीहरुले पाउने भए श्रम-स्वीकृति निर्वाचनको विकल्प छैन : संयोजक दाहाल राजनीतिमा धैर्यता र समर्पण आवश्यक : महासचिव पोखरेल