बालबालिकाहरुले आफ्नो योजना आफै छनौट गरे

Posted on: 24 Dec, 2016

मोहम्मद ईजहार शेष/पुस ९, परासी । नवलपरासीको सिमावर्ति गाविस ठुलो खैरटवां र भुजहंवका बालबालिकाहरुले आज आफ्नो योजना आफै छनौट गरेका छन् । 

गाविस सचिव जिवन पौडेलको प्रमुख आतिथ्य तथा गाविस स्तरीय बाल सञ्जाल नेटवर्क ठुलो खैरटंवाका अध्यक्ष महेन्द्र कुमार पाशीको अध्यक्षतामा बाल क्लबहरुको गाविस स्तरीय भेला गरि योजना छनौट गरेका हुन् । 
अगामि आर्थिक वर्ष २०७४/०७५ का लागि बालक्लबका लागि गाविसको बजेटवाट छुट्टयाईएको १० प्रतिशत रकम रु ४ लाख ५० हजार बराबरको योजना अन्तर्गत राष्ट्रिय बाल दिवस मनाउने , बालबिवाह र दाईजोप्रथाका विरुद्ध अभियान सञ्चालन गर्ने , पुर्ण सरसफाईमा सहयोग गर्ने, खेलकुद समाग्रि वितरण लगायतका योजनाहरुलाई प्राथमिकतामा राखेको गाविस सविच जिवन पौडेलले बताउनु भयो । 

कार्यक्रममा समाजिक परिचालक बिन्देश्वरी चौधरीले सहजीकरण गर्नु भएको थियो भने वडा नम्बर १ का बालक्लब संयोजक राहुल गुप्ता , समिउल्लाह अलि लगायतले बालबालिकाका लागि लगानी भएको रकम बालमैत्री हुनु पर्नेमा जोड दिनु भएको थियो । यस्तै आज  भुजहंवा गाविस स्तरीय बाल सञ्जाल नेटवर्कले पनि अगामि आर्थिक वर्षका लागि योजना छनौट तथा पुनर्गठन गरको छ । 


गाविस सविच जिवन पौडेलको प्रमुख आतिथ्य तथा बाल सञ्जाल नेटवर्कका अध्यक्ष केदारनाथको अध्यक्षतामा भएको कार्यक्रमवाट देवेन्द्र यादवको अध्यक्षतामा १४ सदस्सीय बाल सञ्जाल नेटवर्क गठन गर्दै अगामि आर्थिक वर्षका लागि  विभिन्ने चेतनामुलक एवं बालमैत्री कार्यक्रमहरु सञ्चालन गर्ने योजना बनाएको गाविस सविच पौडेलले बताउनु भयो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!