पुष ९ कैलाली । कैलालीको विकट पहाडी गाविस मोहन्याल अहिलेसम्म सडक सञ्जालसँग जोडिन सकेको छैन । सडक निर्माण थालिएको २२ वर्ष बित्दा पनि २१ किलोमिटर सडक निर्माण हुन नसक्दा मोहन्यालका जनता कष्टकर यात्रा गर्न बाध्य छन । सरकारले सबै गाविसलाई सडक सञ्जालमा जोड्ने नीति ल्य"/>
पुष ९ कैलाली । कैलालीको विकट पहाडी गाविस मोहन्याल अहिलेसम्म सडक सञ्जालसँग जोडिन सकेको छैन । सडक निर्माण थालिएको २२ वर्ष बित्दा पनि २१ किलोमिटर सडक निर्माण हुन नसक्दा मोहन्यालका जनता कष्टकर यात्रा गर्न बाध्य छन । सरकारले सबै गाविसलाई सडक सञ्जालमा जोड्ने नीति ल्याएपनि बजेट नपठाउँदा मोहन्याल जोड्ने सडकको काम सुस्त भएको हो । चुरे क्षेत्रको राजधानी बनाउने आश्वासन दिएपनि सत्तामा पुगेपछि माओवादीले बेवास्था गरेको स्थानीयको गुनासो छ । सुदूरपश्चिमको प्रमुख व्यापारिक केन्द्र धनगढीबाट मोहन्याल ६० किलोमीटरको दूरीमा पर्दछ । सडक निर्माणको माग राखेर दुई दशकदेखि जिल्ला विकास समितिमा स्थानीय बासिन्दा धाइरहेका छन । तर, अहिलेसम्म कसैले चासो नखिएको पूर्वगाविस अध्यक्ष बुढामगरको भनाइ छ । द्वन्द्वकालमा माओवादीको आधार ईलाका मानिने मोहन्यालका जनतालाई माओवादीले सत्तामा पुगेर बिर्सिएको छ । चुरे क्षेत्रको राजधानी बनाउने आश्वासन दिएपनि सत्तामा पुगेपछि माओवादीले बेवास्था गरेको स्थानीयको गुनासो छ । जिल्ला विकास समितिको आन्तरिक बजेटबाट मात्र सडक सञ्जालसँग मोहन्याललाई जोड्न सम्भव नभएकाले केन्द्रबाट पर्याप्त रकम निकासा हुनुपर्ने स्थानिय विकास अधिकारी केशव प्रसाद विमलीले बताए ।