लालपुर्जा हातमा पनि अहिले सम्म जग्गा पाउन सकेनौँ - चौधरी

सन्तोषकुमार गुप्ता । देउखुरी ११ पुस । कमैया म"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... लालपुर्जा हातमा पनि अहिले सम्म जग्गा पाउन सकेनौँ - चौधरी

सन्तोषकुमार गुप्ता । देउखुरी ११ पुस । कमैया म"/>

१ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दाङ्ग - DNG

कमैया महिला जागरण समाज दाङको दोस्रो जिल्ला अधिवेशन शुरु

११ पुष २०७३, सोमबार ११:५४

लालपुर्जा हातमा भए पनि अहिले सम्म जग्गा पाउन सकेनौँ – चौधरी

सन्तोषकुमार गुप्ता । देउखुरी ११ पुस । कमैया महिला जागरण समाजकी केन्द्रिय अध्यक्ष कृष्णी चौधरीले मुक्त कमैयाहरु मुक्त भएको सत्र वर्ष भई सक्दा पनि कमैयाको हातमा लालपुर्जा बाहेक अहिले सम्म जग्गाको पहिचान हुन नसकेको बताएकी छिन् । कमैया महिला जागरण समाज दाङको सोमवार लमहीमा भएको दोस्रो जिल्ला अधिवेशन उद्घाटन गदै चौधरीले यस्तो बताईकी छिन् । 

कार्यक्रमकी प्रमुख अतिथि समेत रहेकी चौधरीले अहिले पनि कमैया महिलाहरुले दासीको रुपमा जिवन निर्वाह गरिरहँदा सम्म पनि महिला कमैयाहरुको पहिचान राज्यले नगरेको आरोप लगाइन् ।  उनले कमैयाहरुले आफनो मुद्दा प्राप्तीका लागि ठुलो त्याग, तपस्या र बलिदानी दिए पनि कमैयाहरुको समस्या जिउको त्यही रहेको बताइन् । कमैयाहरुको समस्या सही तरिकाले व्यवस्थापन गर्ने हो भने ६ महिना पनि नलाग्ने भए पनि राज्य त्यस तर्फ गम्भीर नदेखिएको उनले बताइन् । 

समाजकी जिल्ला अध्यक्ष कमलापति चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा बोल्ने बक्ताहरुले देशमा गणतन्त्र आईसकेको दश बर्ष सम्म पनि मुक्तकमैयाँहरुको समस्या हल हुन नसक्नु लजास्पद भएको बताएका छन् । उनीहरुले राज्यले तत्काल मुक्त कमैयाँहरु समस्या समाधान तर्फ लाग्न आग्रह समेत गरे । चुनाबमा सबै पार्टीले हामीले नै तपाईहरुको समस्या हल गरिदिन्छौँ भने भोट माग्न आउँछन् र हामीले नै दिएको भोटबाट सांसद मन्त्री हुन्छन् तर हाम्रा समस्या भने कसैले हल गर्न चाहदैनन् भनेर दुख समेत व्यक्त गरेका थिए ।

समाजकी कोषाध्यक्ष सुनरुपी चौधरीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा मुक्त कमैया समाजका जिल्ला अध्यक्ष हरिचन्द्र चौधरी, जिल्ला भुमि सुधार कार्यालयका हरिप्रसाद चौधरी, नेकपा एमालेका जिल्ला सदस्य पवन रिजाल, महिला तथा बालबालिका कार्यालयकी जिवनकुमारी जिसी, पत्रकारहरु चुमा आचार्य, ओमप्रकाश गुप्ता, मुक्त कमैया भुमि अधिकार संघर्ष समिति दाङकी कोषाध्यक्ष बालकुमारी चौधरी, कमैया महिला जागरण समाजका केन्द्रिय सचिव लोकमाया चौधरी, मुक्त कमैया समाजका जिल्ला सचिव गुलाम अलिशाही, मुक्त कमैया युवा जागरण समाजका जिल्ला अध्यक्ष अञ्जना चौधरी लगायतका वक्ताहरुले मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रम अघि सयौँ मुक्त कमैयाँ महिलाहरुको ¥यालीले विभिन्न नारा लगाउँदै लमही बजार परिक्रममा गरेको थियो । अबिधेशन उद्घाटन कार्यक्रमको सञ्चालन मुक्त कमैयाँकी विष्णु चौधरीले गरेकी थिईन् । 

यसैबीच समाजको अधिवेशनको बन्दसत्र भने मंगलबार बिहान टिकुलीगढमा हुने बताइएको छ । अधिवेशनमा जिल्ला भरिबाट ७० जना प्रतिनिधि सहभागी रहने र दुई बर्षे कार्यकालका लागि नौँ सदस्यीय नयाँ नेतृत्व चयन गर्ने कमैया महिला जागरण समाज दाङकी अध्यक्ष कमलापति चौधरीले जानकारी दिएकी छिन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव