११ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कालिकोट - KLK

यता चिसो बढ्यो, उता कृषक खुशी

११ पुष २०७३, सोमबार १२:१९


दलसिंह गिरी/पुस ११, कालिकोट । हिजो बेलुका एक्कासी आएको असिना पानी संगै लेकाली भेगमा परेको हिउले कालिकोट जिल्ला लगायत हिमाली जिल्लाहरुमा ह्वात्तै चिसो बढेको छ । 

हिजो दिन भर आकासमा सामान्य बादल देखिएपनि पानी आउला जस्तो नभएको मौसम हिजो बेलुका सवा ६ बजेतिर एक्कासी आएको असिनापानी संगै लेकाली भेगमा परेको हिउले चिसो ह्वात्तै बढेको हो ।

चिसो ह्वात्तै बढ्दा लेकाली भेगमा रहेका पशुपालक कृषकहरुको जनजिबन थप कष्टकर बनेको छ भने बुढापाका र केटाकेटीलाई पनि पनि चिसोले सताएको छ । ह्वात्तै बढेको चिसोका कारण दम रुघा खोकीका विरामी बढ्ने भएकाले चिसोबाट बच्न सम्पूर्ण समुदायहरुलाई जिल्ला स्वास्थ्य कार्यालय कालिकोटले आग्रह गरेको छ । 

यता आकोसे पानीको भरमा हिउदे बालीको रुपमा लगाईएको गहुबाली र जौ बाली पानी अभावका कारण सुकिरहेका बेला एक्कासी पानी पर्दा कृषकहरु खुशी भएका छन् । प्राय आकासे पानीकै भरमा लगाईने लेकालीबालीको रुपमा रहेको जौं बाली केही दह सम्म भएपनि आकासे पानीले सिचाई भएको भन्दै कृषकहरु खुशी भएका हुन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह