२०८२, ११ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कालिकोट - KLK

यता चिसो बढ्यो, उता कृषक खुशी

२०७३, ११ पुष सोमबार १२:१९


दलसिंह गिरी/पुस ११, कालिकोट । हिजो बेलुका एक्कासी आएको असिना पानी संगै लेकाली भेगमा परेको हिउले कालिकोट जिल्ला लगायत हिमाली जिल्लाहरुमा ह्वात्तै चिसो बढेको छ । 

हिजो दिन भर आकासमा सामान्य बादल देखिएपनि पानी आउला जस्तो नभएको मौसम हिजो बेलुका सवा ६ बजेतिर एक्कासी आएको असिनापानी संगै लेकाली भेगमा परेको हिउले चिसो ह्वात्तै बढेको हो ।

चिसो ह्वात्तै बढ्दा लेकाली भेगमा रहेका पशुपालक कृषकहरुको जनजिबन थप कष्टकर बनेको छ भने बुढापाका र केटाकेटीलाई पनि पनि चिसोले सताएको छ । ह्वात्तै बढेको चिसोका कारण दम रुघा खोकीका विरामी बढ्ने भएकाले चिसोबाट बच्न सम्पूर्ण समुदायहरुलाई जिल्ला स्वास्थ्य कार्यालय कालिकोटले आग्रह गरेको छ । 

यता आकोसे पानीको भरमा हिउदे बालीको रुपमा लगाईएको गहुबाली र जौ बाली पानी अभावका कारण सुकिरहेका बेला एक्कासी पानी पर्दा कृषकहरु खुशी भएका छन् । प्राय आकासे पानीकै भरमा लगाईने लेकालीबालीको रुपमा रहेको जौं बाली केही दह सम्म भएपनि आकासे पानीले सिचाई भएको भन्दै कृषकहरु खुशी भएका हुन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
छ महिनाभित्रै निर्वाचन गराउने कार्य सहज थिएन : प्रधानमन्त्री कार्की ठमेलमा यौनधन्दा गर्दै आएका २० विदेशी महिला पक्राउ बालेनले शुक्रबार मध्याह्न साढे १२ बजे शपथ लिने कर्णाली प्रदेशमा भोलि सार्वजनिक बिदा हामी सडकबाट सशक्त रूपमा सरकार चलाउने छौं: कुलमान घिसिङ कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक सुरु अर्जुननरसिंह केसीले गरे पदभार ग्रहण रवि लामिछानेलाई अमेरिकाले दियो बधाई राष्ट्रपतिबाट प्रतिनिधि सभाका ज्येष्ठ सदस्य केसीले लिए शपथ पूर्वसांसद गोविन्दविक्रम शाहको निधन कुवेत विमानस्थलमा इरानी ड्रोन आक्रमण सुनचाँदीको मुल्य बढ्यो एसईईमा सहभागी हुने विद्यार्थी घटे रवि लामिछानेकाे मुद्दा आज पनि हेर्दाहेर्दैमा आयल निगमले एक सातापछि भरी सिलिन्डर ग्यास बिक्री गर्ने एनआरएनए आईसीसी सह–कोषाध्यक्षमा गङ्गा खतिवडा निर्विरोध, आर्थिक पारदर्शितामा नयाँ भरोसा ‘दोस्रो राष्ट्रिय कुलिनरी च्यालेन्ज प्रतियोगिता २०२६’ झापाको दमकमा आयोजना हुँदै भिरबाट लडेर ९ वर्षीया बालिकाको मृत्यु केन्द्रीय कार्यसमितिको निर्णयको सम्मान गर्छु : गगन थापा भदौ २४ गते नेताको घरमा भेटिएको र जलेको पैसाबारे अनुसन्धान हुनुपर्छ: गगन थापा