महेन्द्र केसी /पर्वत ।

 जिल्लाको माझफाँट गाविसमा सुन्तलाको उत्पादन यस बर्ष बढेपछि कृषकहरु हर्षित बनेका छन् ।   Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... महेन्द्र केसी /पर्वत ।

 जिल्लाको माझफाँट गाविसमा सुन्तलाको उत्पादन यस बर्ष बढेपछि कृषकहरु हर्षित बनेका छन् ।  

११ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

सुन्तला उत्पादन बढेपछि कृषक हर्षित

१२ पुष २०७३, मंगलवार ०५:१४

महेन्द्र केसी /पर्वत ।

 जिल्लाको माझफाँट गाविसमा सुन्तलाको उत्पादन यस बर्ष बढेपछि कृषकहरु हर्षित बनेका छन् ।  गत बर्षको तुलनामा यस बर्ष सुन्तलाको उत्पादन तेब्बरले बढेको स्थानीय कृषकहरु बताउँछन् । जिल्लाकै देउपुर गाविसमा असिनाका कारण सुन्तलाका कृषक आफै सुन्तला किनेर खानुपर्ने बाध्यतामा रहेको समाचार बाहिर आइरहेको बेलमा माझफाँटमा भने सुन्तला उत्पादन गत बर्षको तुलनामा बढेको हो । 

माझफाँटको ब्राह पुर्नगाउँ चिनाखेत सुन्तला कृषि सहकारीका अध्यक्ष याम बहादुर कार्कीले गाउँमा यस बर्ष गत बर्षको तुलनामा तेब्बर सुन्तला उत्पादन हुने बताए । ५ रोपनीमा १ सय १२ वटा बोट सुन्तला लगाएका उनले यस बर्ष गत बर्षको तुलनामा तेब्बर पैसा पर्ने बताए । घरआगन मुनि रहेको उनको सुन्तला बगैचा देखाउदै कार्कीले भने गत बर्ष १८७ क्रेट सुन्तला विक्रि गरेको थिए अहिले ४ सय क्रेटभन्दा कम सुन्तला छैन । खाडी मुलुकमा ७ बर्ष बसेका उनी यतिबेला सुन्तला खेतीबाट निकै खुसी देखिन्थे । घरआगन मुनि रहेको उनको बगैचामा पहेँलपुर सुन्तलाले उनको बगैचा सुनजस्तै पहेलपुरमय बनाएको थियो । गत बर्ष २ लाख ७५ हजार पारेका उनले यस बर्ष त्यहि बगानबाट ६ लाख पार्ने सोचमा छन् । सुन्तलाको लागि राम्रो हावापानी र घरमानै बसीबसी गत बर्ष पौने तीन करोड पारेका उनी अहिल १० रोपनी जमिनमा १५० वटा नयाँ सुन्तलाका विरुवा लगाएर सुन्तला बगानलाई बृद्धि     गरेका छन् । 

पहिले पहिले सुन्तला पाके डोकोमा बोकेर बेनी वा कुश्मा पु¥याउनुपर्ने बाध्यता थियो अहिले गाउँमा मोटरबाटो आएपछि    व्यापारीहरु घरमानै आउँछन् खनखनी पैसा गनेर दिन्छन् उनले भने । सुन्तला विक्रिको लागि कुनै बजारको अभाव नभएको र यस बर्ष पनि सुन्तला व्यापारीले ठेक्कामा लिइसकेको उनले बगैंचा देखाउदै भने ।


त्यस्तै ६४ बर्षीया प्रेम खत्री पनि यस बर्ष सुन्तलाको उत्पादन बृद्धि भएपछि उनी निकै हौसिएका छन् । ३६ सालबाट सुन्तला खेती गदै आएका खत्रीले ४ रोपनीमा ६५ वटा बोट लगाएका छन् । गत बर्ष ९० हजार मात्रै पारेका उनले यसबर्ष २ लाख भन्दा बढी आम्दानी हुने बताए । आफ्नो सुन्तला खेती बाहेक धान, कोदो खेती हुने जग्गा नभएको बताउने खत्रीले सुन्तलाखेतीबाट आफु निकै नै खुसि भएको बताए । बगैचामा ४० वटा फल दिने बोट छन् गत बर्ष ९० हजार पारे यो बर्ष २ लाख भन्दा बढी आम्दानी पक्कै हुन्छ खत्रीले भने । कृषिबाट विउविजन तथा औषधी र आवश्यक औजारहरु पाएको बताउने माझफाँटका कृषकहरु आफ्नै लगानीमा सिचाई समेत गरेर सुन्तला खेती गरिरहेका छन् । खत्रीले सिचाइको लागि व्यक्तिगत लगानी गरेर भएपनि सुन्तलालाई सिचाइ गरेको बताउछन् । 


बजारको कुनै अभाव छैन राम्रो र स्वादिलो सुन्तला उत्पादन गर्ने हो भने व्यापारी घरमानै आउँछन् खनखनी पैसा गनेर दिन्छन् र लैजान्छन् खत्रीले भने । सुवेदार सेर बहादुर खत्रीले माझफाँटमा सुन्तलाको पकेट क्षेत्र तथा उत्पादनमुखी क्षेत्रका रुपमा विकशित र परिचित गराउनको लागि आफूहरु सहकारी संस्था खोलेर गोलबद्ध भएको बताए । उनले माझफाँटलाई सुन्तलाको पकेट क्षेत्रका रुपमा मात्रै नभइै ब्लक र सो भन्दा माथिको क्षेत्रमा लैजानको लागि छिमेकी गाविससँग सहकार्य गरी अगाडि बढ्ने बताए । केहि क्षेत्रमा सिचाईको अभाव भएकाले सुन्तला खेती तर्फ आकर्षित हुन कठिन भएको बताए । 

जिल्ला कृषि विकास कार्यालयका बरिष्ठ कृषि विकास अधिकृत बासुदेव रेग्मीले काम गर्न सक्ने हो भने नेपालमानै राम्रो आन्दानी हुने बताए । पछिल्लो समयमा देशमा खेतीयोग्य जमिनमा घर निर्माण तथा जमिन बाँझो राख्ने परिपाटी बढेको र छिमेकी देशसँगको परनिर्भरता बढेको भन्दै उनले आफ्नो जमिनमा उत्पादन हुने चिज लगाउनुपर्नेमा जोड दिए । उनले माझफाँटको सुन्तला लेखफाँटको भन्दा कम नभएको भन्दै आफ्नो जमिन बाँझो नराख्नको लागि उनले कृषकलाई सुझाए ।

 रेग्मीले नेपाल सरकारले पछिल्लो समयमा मात्रै शुरु गरेको प्रधानमन्त्री कृषि आधुनिकरणको बारेमा जानकारी गराउँदै अब माझफाँटमा पनि सुन्तलाको ब्लब बनाउनको लागि कृषकहरु सांगठनिक भएर लाग्नुपर्नेमा जोड दिए । उनले खेतीयोग्य जमिन बाँझो राखेमा कारवाही हुने भन्दै जून बस्तु लगाउँदा उत्पादन दिन्छ त्यस्तो बस्तु लगाउनको लागि कृषकलाई उनले आग्रह गरे । सुन्तला हुने ठाउँमा सुन्तला लगाउन्ुस्, सुन्तला नहुने ठाउँ छ भने अलैची, ओखर, किवी, वा अन्य फलफुल तथा तरकारी लगाउनुहोस् जून जमिन जून खेती गर्दा राम्रो उत्पादन दिन्छ त्यसमा त्यहि लगाउन्ुहोस तर खेतीयोग्य जमिन बाँझो नखाख्नुहोस् बरिष्ठ कृषि विकास अधिकृत रेग्मीले भने ।

रेग्मीले कृषकलाई प्रधानमन्त्री आधुनिकरण अन्तरगत जिल्लामा विभिन्न खेतीका २० वटा पकेट क्षेत्र हुने र ब्लब  निर्माणको लागि पनि पहल भैराखेको   जानकारी गराए । उनले जिल्लामा ६ गाविसको खेतीयोग्य जमिनलाई मिलाएर मकैको जोन निर्माण भएको र हरेक पकेट, ब्लक तथा जोनमा १० बर्षसम्म निरन्तर अनुदान आउने भन्दै कृषकलाई आफ्नो खेतीयोग्य जमिनमा अनुकुल अनुसारको उत्पादन हुने बस्तु लगार पकेट, व्लकमा आबद्ध हुनको लागि आग्रह गरे । पकेट, ब्लक तथा जोन निर्माण भएपछि स्थानीय कृषकलेनै आफै समुह बनाएर आफुलाई आवश्यक पर्ने सामाग्री तथा बस्तु खरिद गर्न र उपभोग गर्न पाउने व्यवस्था रहेको उनले बताए । 

माझफाँटको ब्राह पुर्नगाउँ चिनाखेत सुन्तला कृषि सहकारी संस्था दर्ता गरी व्यवसायीक सुन्तला खेती गर्दे आएका माझफाँटका ३३ कृषकहरु मासिक रुपमा जमघट हुने बचत गर्ने र समस्याहरुको बारेमा जानकारी आदानप्रदान गर्ने समेत गर्छ उनीहरुले अहिलेसम्म झण्डै ५ लाख रकम संकलन गरीसकेका छन् । जिल्ला कृषि विकास कार्यालयबाट आवश्यक बस्तु ,अनुदान, प्राविधिक सहयोग तथा विषाधि तीन बर्षदेखि निरन्तर पाउदै आएको उनीहरुले बताउँछन् । सुन्तला खेतीलाई अझै थप व्यवसायीकरण गराउनको लागि समुहमा आवद्ध भएर लागेको उनीहरुको तर्क छ ।


जिल्लाका देउपुर, पाङराङ, लेखफाँट, माझफाँट लगायतका क्षेत्रमा सुन्तला उत्पादन हुदै आएको छ । यस बर्ष जिल्लामा ५ प्रतिशतले सुन्तला उत्पादन बृद्धि भएको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह