पुस १२, ताप्लेजुङ । तीर्थस्थल पाथीभरा मन्दिर परिसरबाट रु दुई लाख २१ हजारभन्दा बढी चोरी भएको छ । 

तीर्थालुले चढाएको भेटी र पाथीभरा देवी मन्दिर क्षे"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पुस १२, ताप्लेजुङ । तीर्थस्थल पाथीभरा मन्दिर परिसरबाट रु दुई लाख २१ हजारभन्दा बढी चोरी भएको छ । 

तीर्थालुले चढाएको भेटी र पाथीभरा देवी मन्दिर क्षे"/>

११ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

ताप्लेजुङ्ग - TPL

पाथीभरा मन्दिरबाट दुई लाख चोरी

१२ पुष २०७३, मंगलवार ०६:३३

पुस १२, ताप्लेजुङ । तीर्थस्थल पाथीभरा मन्दिर परिसरबाट रु दुई लाख २१ हजारभन्दा बढी चोरी भएको छ । 

तीर्थालुले चढाएको भेटी र पाथीभरा देवी मन्दिर क्षेत्र संरक्षण तथा संवद्र्धन समितिका आजीवन र विशिष्ट सदस्यले गरेको 

सहयोगबाट प्राप्त रु दुई लाख २१ हजार चोरी भएको समितिका सहसचिव लक्ष्मीप्रसाद काफ्लेले जानकारी दिनुभयो । 

मन्दिर परिसरमा पुजारीका लागि बनाइएको पुरानो भवनको भित्री भागको कोठामा प्रवेश गरी लकर फोरेर उक्त रकम चोरी भएको बताइएको छ । 

काफ्लेका अनुसार सदरमुकाममा रहेको संस्थाको खातामा रकम जम्मा गर्न तयारीस्वरुप गनेर राखिएको रकम चोरी भएको हो । प्रजिअ नरबहादुर खड्काले सोे घटनाका बारेमा पाथीभराको विकासमा क्रियाशील पाथीभरा देवी मन्दिर क्षेत्र संरक्षण तथा संवद्र्धन समिति र पाथीभरा क्षेत्र विकास समितिसँग छलफल गरिने प्रतिक्रिया दिनुभयो । 

यसैबीच प्रहरीले नेपाली र भारतीय गरी रु एक लाख ३१ हजार तीन सय ५५ र एक सय अमेरिकी डलरसहित लिङ्खिम गाविस घर भएका ११ वर्षीय सागर लिम्बुूलाई पक्राउ गरेको छ । 

ताप्लेजुङका प्रहरी प्रमुख रामबहादुर केसीका अनुसार बोरामा हालेर खाल्डो खनी गाड्दै गरेको अवस्थामा लिम्बूलाई पैसासहित नियन्त्रणमा लिइएको हो । पक्राउ परेका लिम्बूको बयानका आधारमा सो घटनामा नाल्वो घर भई लिङ्खिमस्थित मामाघरमा बस्दै आएका १४ वर्षीय रमेश नाल्वो र लिङ्खिम नै घर भएका अन्दाजी १४ वर्षीय मोहन लिम्बूको समेत संलग्नता देखिएकाले उनीहरुको खोजी जारी रहेको केसीले बताउनुभयो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह