१ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कपिलवस्तु - KPL

जातीय पहिचान जोगाउन कपिलवस्तुमा थारु खिचडी महोत्सवको आयोजना

३ माघ २०७२, आईतवार ०७:३०

kapilvastuकमल बेल्बासे/ माघ ३ कपिलबस्तु । “हम्मन
सस्कृती हम्मन पहिचान थारु कला सस्कृती बचयना हम्मन अभियान” मूल नारासहित कपिलवस्तुमा छैठौ कपिलवस्तु
माघी(खिचडी) महोत्सव ०७२ संचालन भैईरहेको छ । थारु जातिको जातीय पहिचान, भाषा, संस्कृति, कला र भेषभुषा
जोगाउन महोत्सव आयोजना गरिएको हो । आफ्नै भाषा र संस्कृतिको धनि मानिने थारु जातिको अस्तित्व जगेर्ना
गर्न विगत ५ वर्षदेखि कपिलवस्तुका थारु समुदाय संगठित भई महोत्सव आयोजना गर्दै आएका छन् । कपिलबस्तुको
बाणगंगा नगरपालिका ७ हथौसा मेला स्थलमा महोत्सब शनिबार देखि सुरु भएको छ ।

महोत्सवमा थारु जातिको
खानामा ढिकरी, घोँगी, गेङटा, सिधरा, बरिया, फुलौरी, चटनी लगायतका परिकारहरु राखिएका छन् । यस्तै
महोत्सवमा थारु जातिको आफ्नै भेषभुषा, पहिरनले जातीय पहिचान झल्काएको छ ।

थारु जातिको कला, सीप,
संस्कृति, भेषभुषाको निकै समृद्धशाली मानिएको जाति भएकाले पुराना पिढीका सीप, कला, संस्कृति र
भेषभुषालाई नयाँ पुस्तामा हस्तान्तरण गरिनुपर्नेमा कार्यक्रममा जोड दिएका थिए ।

माघ ४ गतेसम्म चल्ने महोत्सवमा थारु संस्कृति, भेषभुषासहित झुमरा, झर्रा, मयूर, लाठी
जस्ता गीत तथा नृत्यको विशेष प्रस्तुति रहेको छ । साथै महोत्सवमा राष्ट्रिय तथा स्थानीय कलाकारहरुको
प्रस्तुति तथा रेकर्डिङ नृत्यद्वारा दर्शकलाई मनोरञ्जन प्रदान गरिने व्यवस्था मिलाइएको आयोजकले जनाएको छ

जागृती युवा क्लबको आयोजना , थारु कल्याणकारिणी सभा कपिलवस्तुको संयोजन, नेपाल आदिबासी जनजाति
महासंघ समन्वय परिषद कपिलवस्तुको संरक्षण , जिल्ला विकास समिती कपिलबस्तुको सहयोग, जिल्ला प्रशासन
कार्यालय कपिलबस्तुको सहकार्य रहेको खिचडी महोत्सबको सहआयोजकमा बाणगंंगा नगरपालिका कपिलबस्तु रहेको छ ।
महोत्सव श्याम सिटी र सीमा थारुको संचालनमा भईरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव