११ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पाँचथर - PCT

फिदिम घोषणापत्र जारी गर्दै राष्ट्रिय अर्गेली सम्मेलन सम्पन्न

१२ पुष २०७३, मंगलवार ०६:५८

पुस १२, पाँचथर । नेपाली हाते कागज र जापानी नोट येन निर्माणमा प्रयोग हुने अर्गेलीको व्यावसायिक उत्पादनमा सामूहिक पहल गर्ने उद्देश्यसहित आयोजित प्रथम राष्ट्रिय अर्गेली सम्मेलन छबुँदे फिदिम घोषणापत्र जारी गर्दै सोमबार यहाँ सम्पन्न भएको छ।

कञ्चनजङ्घा भू–परिधि संरक्षण तथा विकास पहलको आयोजना तथा वन तथा भूसंरक्षण मन्त्रालयको नेतृत्वमा सरोकारवालाको उपस्थितिमा सम्पन्न सम्मेलनले व्यावसायिक अर्गेली खेती विस्तारलाई अभियानको रुपमा सञ्चालन गर्ने घोषणा गरेको हो ।

सम्मेलनले कञ्चनजङ्घा भू–परिधि क्षेत्रभित्रका सामुदायिक वन, कबुलियति वन, सरकारद्वारा व्यवस्थितवन तथा निजी वनमा अर्गेली उत्पादनका लागि सम्बद्ध सबै निकायले पहल गर्ने घोषणा गरेको छ।

यस्तै अर्गेलीको दिगो तथा गुणस्तरीय उत्पादन, प्रशोधन र बजारीकरणका लागि आवश्यक पर्ने ज्ञान, सिप, प्रविधि र स्रोत साधनको विस्तार गर्ने र अर्गेलीबाट उत्पादित कच्चा पदार्थ तथा तयारी वस्तुलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा प्रवद्र्धन गरी बजार विस्तार गर्ने निर्णय गरेको छ।

सरकारी तथा गैरसरकारी निकायको उपस्थितिमा सम्पन्न सम्मेलनले अर्गेलीको ओसारपसार र बजार विस्तारका लागि कानुनी व्यवस्थालाई व्यावहारिक र सरल बनाउन पहल गर्ने निर्णय लिएको छ।

यस्तै अर्गेलीको उत्पादन, प्रशोधन र बजारीकरणमा सक्रिय व्यक्ति, समुदाय, संस्था र निकायको सञ्जाल निर्माण गरी व्यावसायिक उत्पादनमा सघाउ पु¥याउने घोषणापत्रमा उल्लेख छ। यस्तै अर्गेलीसम्बन्धी सूचना प्रणालीको विकास गर्ने र पाँचथरमा अर्गेली सूचना केन्द्र निर्माण गर्ने घोषणा गरिएको छ।

घोषणापत्रमा वन तथा भू–संरक्षण मन्त्रालयका उपसचिव बलराम कँडेल, पाँचथरसहित ताप्लेजुङ, इलाम र झापा जिल्ला वन कार्यालयका प्रमुख तथा प्रतिनिधि, त्रिभुवन विश्वविद्यालयको व्यावहारिक विज्ञान तथा अनुसन्धान केन्द्र (रिकास्ट) का प्रतिनिधि, अर्गेली खेतीमा सहयोग गर्दै आएको कानपाउ नेपालका प्रतिनिधि, ताप्लेजुङ र पाँचथरका सामुदायिक वन उपभोक्ता महासङ्घका प्रतिनिधि, कञ्चनजङ्घा संरक्षण क्षेत्र कार्यालय तथा कञ्चनजङ्घा क्षेत्र व्यवस्थापन परिषद् ताप्लेजुङ, वन पैदावार व्यवसायी, उद्योग वाणिज्य सङ्घका प्रतिनिधि, अर्गेली उत्पादन गरिरहेका सहकारी तथा समूहका प्रतिनिधिलगायतले घोषणापत्रमा हस्ताक्षर गरेका छन्। पूर्वी नेपालका विभिन्न जिल्लामा अर्गेलीको उत्पादन हुँदै आएको छ। रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह