२०८२, ११ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पाँचथर - PCT

फिदिम घोषणापत्र जारी गर्दै राष्ट्रिय अर्गेली सम्मेलन सम्पन्न

२०७३, १२ पुष मंगलवार ०६:५८

पुस १२, पाँचथर । नेपाली हाते कागज र जापानी नोट येन निर्माणमा प्रयोग हुने अर्गेलीको व्यावसायिक उत्पादनमा सामूहिक पहल गर्ने उद्देश्यसहित आयोजित प्रथम राष्ट्रिय अर्गेली सम्मेलन छबुँदे फिदिम घोषणापत्र जारी गर्दै सोमबार यहाँ सम्पन्न भएको छ।

कञ्चनजङ्घा भू–परिधि संरक्षण तथा विकास पहलको आयोजना तथा वन तथा भूसंरक्षण मन्त्रालयको नेतृत्वमा सरोकारवालाको उपस्थितिमा सम्पन्न सम्मेलनले व्यावसायिक अर्गेली खेती विस्तारलाई अभियानको रुपमा सञ्चालन गर्ने घोषणा गरेको हो ।

सम्मेलनले कञ्चनजङ्घा भू–परिधि क्षेत्रभित्रका सामुदायिक वन, कबुलियति वन, सरकारद्वारा व्यवस्थितवन तथा निजी वनमा अर्गेली उत्पादनका लागि सम्बद्ध सबै निकायले पहल गर्ने घोषणा गरेको छ।

यस्तै अर्गेलीको दिगो तथा गुणस्तरीय उत्पादन, प्रशोधन र बजारीकरणका लागि आवश्यक पर्ने ज्ञान, सिप, प्रविधि र स्रोत साधनको विस्तार गर्ने र अर्गेलीबाट उत्पादित कच्चा पदार्थ तथा तयारी वस्तुलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा प्रवद्र्धन गरी बजार विस्तार गर्ने निर्णय गरेको छ।

सरकारी तथा गैरसरकारी निकायको उपस्थितिमा सम्पन्न सम्मेलनले अर्गेलीको ओसारपसार र बजार विस्तारका लागि कानुनी व्यवस्थालाई व्यावहारिक र सरल बनाउन पहल गर्ने निर्णय लिएको छ।

यस्तै अर्गेलीको उत्पादन, प्रशोधन र बजारीकरणमा सक्रिय व्यक्ति, समुदाय, संस्था र निकायको सञ्जाल निर्माण गरी व्यावसायिक उत्पादनमा सघाउ पु¥याउने घोषणापत्रमा उल्लेख छ। यस्तै अर्गेलीसम्बन्धी सूचना प्रणालीको विकास गर्ने र पाँचथरमा अर्गेली सूचना केन्द्र निर्माण गर्ने घोषणा गरिएको छ।

घोषणापत्रमा वन तथा भू–संरक्षण मन्त्रालयका उपसचिव बलराम कँडेल, पाँचथरसहित ताप्लेजुङ, इलाम र झापा जिल्ला वन कार्यालयका प्रमुख तथा प्रतिनिधि, त्रिभुवन विश्वविद्यालयको व्यावहारिक विज्ञान तथा अनुसन्धान केन्द्र (रिकास्ट) का प्रतिनिधि, अर्गेली खेतीमा सहयोग गर्दै आएको कानपाउ नेपालका प्रतिनिधि, ताप्लेजुङ र पाँचथरका सामुदायिक वन उपभोक्ता महासङ्घका प्रतिनिधि, कञ्चनजङ्घा संरक्षण क्षेत्र कार्यालय तथा कञ्चनजङ्घा क्षेत्र व्यवस्थापन परिषद् ताप्लेजुङ, वन पैदावार व्यवसायी, उद्योग वाणिज्य सङ्घका प्रतिनिधि, अर्गेली उत्पादन गरिरहेका सहकारी तथा समूहका प्रतिनिधिलगायतले घोषणापत्रमा हस्ताक्षर गरेका छन्। पूर्वी नेपालका विभिन्न जिल्लामा अर्गेलीको उत्पादन हुँदै आएको छ। रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कर्णाली प्रदेशमा भोलि सार्वजनिक बिदा हामी सडकबाट सशक्त रूपमा सरकार चलाउने छौं: कुलमान घिसिङ कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक सुरु अर्जुननरसिंह केसीले गरे पदभार ग्रहण रवि लामिछानेलाई अमेरिकाले दियो बधाई राष्ट्रपतिबाट प्रतिनिधि सभाका ज्येष्ठ सदस्य केसीले लिए शपथ पूर्वसांसद गोविन्दविक्रम शाहको निधन कुवेत विमानस्थलमा इरानी ड्रोन आक्रमण सुनचाँदीको मुल्य बढ्यो एसईईमा सहभागी हुने विद्यार्थी घटे रवि लामिछानेकाे मुद्दा आज पनि हेर्दाहेर्दैमा आयल निगमले एक सातापछि भरी सिलिन्डर ग्यास बिक्री गर्ने एनआरएनए आईसीसी सह–कोषाध्यक्षमा गङ्गा खतिवडा निर्विरोध, आर्थिक पारदर्शितामा नयाँ भरोसा ‘दोस्रो राष्ट्रिय कुलिनरी च्यालेन्ज प्रतियोगिता २०२६’ झापाको दमकमा आयोजना हुँदै भिरबाट लडेर ९ वर्षीया बालिकाको मृत्यु केन्द्रीय कार्यसमितिको निर्णयको सम्मान गर्छु : गगन थापा भदौ २४ गते नेताको घरमा भेटिएको र जलेको पैसाबारे अनुसन्धान हुनुपर्छ: गगन थापा हतारोमा र हताश भएर राजीनामा दिएको होइन: गगन थापा कांग्रेसको केन्द्रीय समितिको बैठकमा छलफलका लागि ५ एजेन्डा तय ज्वाइँको हत्या गरी फरार रहेका ससुरा पक्राउ