दिनेश ठकुल्ला/पुस १२, धनगढी । सुदूरपश्चिममा औषधीको अभाव भईरहेको भन्ने खवर आईरहेका बेला क्षेत्रीय मेडिकल स्टोर धनगढीले भने औषधीको अभाव नरहेको दावी गरेको छ । स्टोरमा १"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... दिनेश ठकुल्ला/पुस १२, धनगढी । सुदूरपश्चिममा औषधीको अभाव भईरहेको भन्ने खवर आईरहेका बेला क्षेत्रीय मेडिकल स्टोर धनगढीले भने औषधीको अभाव नरहेको दावी गरेको छ । स्टोरमा १"/>
२०८२, ११ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कैलाली - KLL

सुदूरपश्चिममा औषधी अभाव छैन: क्षेत्रीय मेडिकल स्टोर

२०७३, १२ पुष मंगलवार ०७:३३

दिनेश ठकुल्ला/पुस १२, धनगढी । सुदूरपश्चिममा औषधीको अभाव भईरहेको भन्ने खवर आईरहेका बेला क्षेत्रीय मेडिकल स्टोर धनगढीले भने औषधीको अभाव नरहेको दावी गरेको छ । स्टोरमा १० ट्रक औषधी मौज्दात रहेकाले अझै ३ महिनासम्मलाई यही औषधीले धान्ने क्षेत्रीय मेडिकल स्टोर प्रमुख लक्ष्मी श्रेष्ठले बताउनुभयो । उहाँले औषधी मौज्दात रहेको अवस्थामा एक महिना अघि मात्रै २ ट्रक औषधी आएको जानकारी दिनुभयो । 

त्यस्तै, माघ महिनामा पनि स्वाथ्य सेवा विभागबाट ३५ प्रकारका १०  ट्रक औषधी क्षेत्रीय मेडिकल स्टोरमा पठाउने तयारी भएकाले अवको झण्डै ६ महिनासम्म सुदुरपश्चिममा औषधीको अभाव नहुने प्रमुख श्रेष्ठले बताउनुभयो । ईपिडियोमोलोजी महाशाखाले समेत गर्मी मौसम सुरु भएसगै महामारी फैलन सक्ने खतरालाई मध्यनजर गर्दै प्रत्येक जिल्लालाई ८ देखि १० लाख रुपैया सहयोग गरेकोले यसले पनि अझै सहयोग पुग्ने विश्वास गरिएको छ ।  

त्यस्तै स्वाथ्य सेवा विभागले नै जिल्ला स्वाथ्य कार्यालय वा जनस्वाथ्य कार्यालयले नै खरिद गर्न सक्ने गरि प्रत्येक जिल्लामा ३ लाख रुपैया बराबरको औषधी सोझै र  आवश्यक परेका टेण्डरबाट पनि औषधी खरिद गर्न सक्ने व्यवस्था गरिएको बताईएको छ ।  

झण्झटिलो खरिद प्रक्रिया र अधिकाश औषधी विदेशबाट खरिद गर्नुपर्ने भएकाले यसअघि बेलाबेलामा औषधीको आभव हुने गरेको बताउदै श्रेष्ठले खरिद प्रक्रिया सरल बनाउन केन्द्रमा नै विभागले गृहकार्य गरिरहेको जानकारी दिनुभयो ।  पहिले वार्षिक ३ देखि ४ करोड रुपैयासम्मको औषधी आवश्यक पर्ने सुदुरपश्चिममा केही वर्षयता ६ करोड भन्दा बढी रुपैयाको औषधी आवश्यक पर्ने गरेको बताईएको छ  । 

जनसख्या बृदि, नया नया रोगको सख्या बढदै गएका कारण औषधीको माग पनि बढेको श्रेष्ठको भनाई छ ।  पहिले नेपाल सरकारले ४० प्रकारका औषधी निशुल्क रुपमा उपलब्ध गराउदै आएको थियो भने केही वर्षयता ७० प्रकारका औषधी वितरण गरिदै आएको छ । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ठमेलमा यौनधन्दा गर्दै आएका २० विदेशी महिला पक्राउ बालेनले शुक्रबार मध्याह्न साढे १२ बजे शपथ लिने कर्णाली प्रदेशमा भोलि सार्वजनिक बिदा हामी सडकबाट सशक्त रूपमा सरकार चलाउने छौं: कुलमान घिसिङ कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक सुरु अर्जुननरसिंह केसीले गरे पदभार ग्रहण रवि लामिछानेलाई अमेरिकाले दियो बधाई राष्ट्रपतिबाट प्रतिनिधि सभाका ज्येष्ठ सदस्य केसीले लिए शपथ पूर्वसांसद गोविन्दविक्रम शाहको निधन कुवेत विमानस्थलमा इरानी ड्रोन आक्रमण सुनचाँदीको मुल्य बढ्यो एसईईमा सहभागी हुने विद्यार्थी घटे रवि लामिछानेकाे मुद्दा आज पनि हेर्दाहेर्दैमा आयल निगमले एक सातापछि भरी सिलिन्डर ग्यास बिक्री गर्ने एनआरएनए आईसीसी सह–कोषाध्यक्षमा गङ्गा खतिवडा निर्विरोध, आर्थिक पारदर्शितामा नयाँ भरोसा ‘दोस्रो राष्ट्रिय कुलिनरी च्यालेन्ज प्रतियोगिता २०२६’ झापाको दमकमा आयोजना हुँदै भिरबाट लडेर ९ वर्षीया बालिकाको मृत्यु केन्द्रीय कार्यसमितिको निर्णयको सम्मान गर्छु : गगन थापा भदौ २४ गते नेताको घरमा भेटिएको र जलेको पैसाबारे अनुसन्धान हुनुपर्छ: गगन थापा हतारोमा र हताश भएर राजीनामा दिएको होइन: गगन थापा