दिनेश ठकुल्ला/पुस १२, धनगढी । सुदूरपश्चिममा औषधीको अभाव भईरहेको भन्ने खवर आईरहेका बेला क्षेत्रीय मेडिकल स्टोर धनगढीले भने औषधीको अभाव नरहेको दावी गरेको छ । स्टोरमा १"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... दिनेश ठकुल्ला/पुस १२, धनगढी । सुदूरपश्चिममा औषधीको अभाव भईरहेको भन्ने खवर आईरहेका बेला क्षेत्रीय मेडिकल स्टोर धनगढीले भने औषधीको अभाव नरहेको दावी गरेको छ । स्टोरमा १"/>
११ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कैलाली - KLL

सुदूरपश्चिममा औषधी अभाव छैन: क्षेत्रीय मेडिकल स्टोर

१२ पुष २०७३, मंगलवार ०७:३३

दिनेश ठकुल्ला/पुस १२, धनगढी । सुदूरपश्चिममा औषधीको अभाव भईरहेको भन्ने खवर आईरहेका बेला क्षेत्रीय मेडिकल स्टोर धनगढीले भने औषधीको अभाव नरहेको दावी गरेको छ । स्टोरमा १० ट्रक औषधी मौज्दात रहेकाले अझै ३ महिनासम्मलाई यही औषधीले धान्ने क्षेत्रीय मेडिकल स्टोर प्रमुख लक्ष्मी श्रेष्ठले बताउनुभयो । उहाँले औषधी मौज्दात रहेको अवस्थामा एक महिना अघि मात्रै २ ट्रक औषधी आएको जानकारी दिनुभयो । 

त्यस्तै, माघ महिनामा पनि स्वाथ्य सेवा विभागबाट ३५ प्रकारका १०  ट्रक औषधी क्षेत्रीय मेडिकल स्टोरमा पठाउने तयारी भएकाले अवको झण्डै ६ महिनासम्म सुदुरपश्चिममा औषधीको अभाव नहुने प्रमुख श्रेष्ठले बताउनुभयो । ईपिडियोमोलोजी महाशाखाले समेत गर्मी मौसम सुरु भएसगै महामारी फैलन सक्ने खतरालाई मध्यनजर गर्दै प्रत्येक जिल्लालाई ८ देखि १० लाख रुपैया सहयोग गरेकोले यसले पनि अझै सहयोग पुग्ने विश्वास गरिएको छ ।  

त्यस्तै स्वाथ्य सेवा विभागले नै जिल्ला स्वाथ्य कार्यालय वा जनस्वाथ्य कार्यालयले नै खरिद गर्न सक्ने गरि प्रत्येक जिल्लामा ३ लाख रुपैया बराबरको औषधी सोझै र  आवश्यक परेका टेण्डरबाट पनि औषधी खरिद गर्न सक्ने व्यवस्था गरिएको बताईएको छ ।  

झण्झटिलो खरिद प्रक्रिया र अधिकाश औषधी विदेशबाट खरिद गर्नुपर्ने भएकाले यसअघि बेलाबेलामा औषधीको आभव हुने गरेको बताउदै श्रेष्ठले खरिद प्रक्रिया सरल बनाउन केन्द्रमा नै विभागले गृहकार्य गरिरहेको जानकारी दिनुभयो ।  पहिले वार्षिक ३ देखि ४ करोड रुपैयासम्मको औषधी आवश्यक पर्ने सुदुरपश्चिममा केही वर्षयता ६ करोड भन्दा बढी रुपैयाको औषधी आवश्यक पर्ने गरेको बताईएको छ  । 

जनसख्या बृदि, नया नया रोगको सख्या बढदै गएका कारण औषधीको माग पनि बढेको श्रेष्ठको भनाई छ ।  पहिले नेपाल सरकारले ४० प्रकारका औषधी निशुल्क रुपमा उपलब्ध गराउदै आएको थियो भने केही वर्षयता ७० प्रकारका औषधी वितरण गरिदै आएको छ । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह