भाष्कर केसी/पुस १२, कञ्चनपुर । पुस ५ गते कैलालीको धार्मिक स्थल गौदावरीमा गाईलाई विष सेवन गराई हत्या गरेको भनी श्रृख्लाबद्ध तरिकाले हिन्दु धार्मिक संगठन, स्थानिय साथै"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भाष्कर केसी/पुस १२, कञ्चनपुर । पुस ५ गते कैलालीको धार्मिक स्थल गौदावरीमा गाईलाई विष सेवन गराई हत्या गरेको भनी श्रृख्लाबद्ध तरिकाले हिन्दु धार्मिक संगठन, स्थानिय साथै"/>
२०८२, ११ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

गौ हत्यासम्बन्धि बेदकोट नगरपालिकाद्वारा क्षमायाचना

२०७३, १२ पुष मंगलवार ११:२४

भाष्कर केसी/पुस १२, कञ्चनपुर । पुस ५ गते कैलालीको धार्मिक स्थल गौदावरीमा गाईलाई विष सेवन गराई हत्या गरेको भनी श्रृख्लाबद्ध तरिकाले हिन्दु धार्मिक संगठन, स्थानिय साथै राजनितीक पार्टीले गरेको बन्द प्रति आफ्नो ध्यानकर्षण भएको बेदकोट नगरपालिका कार्यालयले पत्रकार सम्मेलन गरी जानकारी दिएको छ ।

नगरपालिका भित्र खासगरी पूर्व पश्चिम राजमार्ग क्षेत्रमा चौपायाहरुले किसानहरुको अन्नबाली नोक्सानी गरेको र दुर्घटना समेत हुने गरेको र स्थानीय बासिन्दाहरुले नगरपालिका भित्र विभिन्न ठाउँमा छाडा चौपायाहरु एकिकृत गरी नगरपालिकाको कम्पाउण्ड भित्र प्रवेश गराएका थिए । 

उनीहरुले नगरपालिका घेराउ गर्दै तत्काल व्यवस्थापन  गर्न माग गर्दै बिज्ञप्तीसमेत बुझाएको नगरपालिकाले जनाएको छ । व्यवस्थापन गर्नुपर्ने देखिएकोले नगरपालिकालको बोर्ड बैठकले निर्णग गरे बमोजिम अन्दाजी १२५ को संख्यामा रहेका छाडा चौपायाहरु तत्काल व्यवस्थापन गर्नुपर्ने र कञ्चनपुर जिल्ला चारैतिरबाट शुक्लाफाँटा वन्यजन्तु आरक्ष रहकोले चरीचरनको क्षेत्र नभएका कारण उचित स्थानमा व्यवस्थापन गर्न अति आवश्यक भएकोले पुस ४ गते ४ ट्रकहरुमा स्थानीय बासिन्दा प्रहरी, नगरपालिकाको सहयोगमा उक्त छाडा चौपायाहरु सकुशल पठाएको नगरपालिकाले बताएको छ । 

चौपाया मृत्यु भएको सन्दर्भमा मार्ने नियतले व्यवस्थापन गर्ने उद्देश्य नभएको र यस्तो दुःखद घटना घटन गएकोमा नगरपालिकाले घटना प्रति दुःख व्यक्तगदै, साथै अबका दिनमा यस्तो किसिमको दुःखद घटना नदोहरिने प्रतिवद्धता गर्दै यस दुःखद घटना प्रति नि.कार्यकारी अधिकृत प्रताप चन्दले बिज्ञप्तीमार्फत क्षमायाचना गरेका छन् ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ठमेलमा यौनधन्दा गर्दै आएका २० विदेशी महिला पक्राउ बालेनले शुक्रबार मध्याह्न साढे १२ बजे शपथ लिने कर्णाली प्रदेशमा भोलि सार्वजनिक बिदा हामी सडकबाट सशक्त रूपमा सरकार चलाउने छौं: कुलमान घिसिङ कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक सुरु अर्जुननरसिंह केसीले गरे पदभार ग्रहण रवि लामिछानेलाई अमेरिकाले दियो बधाई राष्ट्रपतिबाट प्रतिनिधि सभाका ज्येष्ठ सदस्य केसीले लिए शपथ पूर्वसांसद गोविन्दविक्रम शाहको निधन कुवेत विमानस्थलमा इरानी ड्रोन आक्रमण सुनचाँदीको मुल्य बढ्यो एसईईमा सहभागी हुने विद्यार्थी घटे रवि लामिछानेकाे मुद्दा आज पनि हेर्दाहेर्दैमा आयल निगमले एक सातापछि भरी सिलिन्डर ग्यास बिक्री गर्ने एनआरएनए आईसीसी सह–कोषाध्यक्षमा गङ्गा खतिवडा निर्विरोध, आर्थिक पारदर्शितामा नयाँ भरोसा ‘दोस्रो राष्ट्रिय कुलिनरी च्यालेन्ज प्रतियोगिता २०२६’ झापाको दमकमा आयोजना हुँदै भिरबाट लडेर ९ वर्षीया बालिकाको मृत्यु केन्द्रीय कार्यसमितिको निर्णयको सम्मान गर्छु : गगन थापा भदौ २४ गते नेताको घरमा भेटिएको र जलेको पैसाबारे अनुसन्धान हुनुपर्छ: गगन थापा हतारोमा र हताश भएर राजीनामा दिएको होइन: गगन थापा