११ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नुवाकोट - NWK

पुनः निर्माणमा दबाब दिन जनदबाब

१३ पुष २०७३, बुधबार ०२:३८

पुस १३, नुवाकोट । भूकम्पपछिको पुनः निर्माणको अभियानलाई तीव्र पार्नका लागि दबाब दिन भूकम्पपीडित र अधिकारकर्मीले जनपरिचालन गरेका छन् । 

मङ्गलबार बट्टारबाट सुरु भएको जनपरिचालन विदुरमा आएर कोणसभामा परिणत भएको छ । ‘पिपुल क्याराभान’ नाम दिइएको अभियानमा जिल्लाका २० भन्दा बढी संस्थाको संलग्नता रहेको थियो । मानवअधिकार एलाइन्सको अगुवाइमा भएको जनदबाब अभियानका वक्ताले राजनीतिक दल सत्ता परिवर्तनको कार्यसूचीमा लाग्दा नागरिकको आवास अभियान तथा पुनःनिर्माणले गति लिन नसकेको गुनासो गरेका छन् । 

कार्यक्रमलाई सम्बोधन गर्दै मानवअधिकार एलाइन्सका केन्द्रीय अध्यक्ष मीनबहादुर शाहीले भूकम्पबाट भत्किएका संरचना पुनःनिर्माण गर्ने जिम्मा राज्यको भएकाले यो वा त्यो बहानामा राज्य पन्छिन नमिल्ने बताउनुभयो । ‘दिगो पुनःनिर्माण हाम्रो अभियान’, ‘पुनः निर्माणमा महिलालाई सहभागी गराऔँँ’, ‘आधा पुरुष, आधा नारी जमिनमा हक बराबरी’, ‘पीडितको माग र अवस्थाः सुरक्षित आवासको व्यवस्था’लगायत नारा लेखेको प्लाकर्ड बोकेर अधिकारकर्मी र भूकम्पपीडित सहभागी भएका थिए । 

मङ्गलबार नै पुनःनिर्माणमा देखिएका समस्या र राज्यले निर्वाह गर्नुपर्ने भूमिका समेटिएका छसूत्रीय माग राखी प्रजिअलाई ज्ञापनपत्रसमेत बुझाइएको छ । पत्रमा नुवाकोटमा आठ हजारभन्दा बढी परिवारले वर्षौंदेखि जोतभोग गर्दै आएको जमिनलाई आफ्नो नाममा ल्याउन नसक्दा भूमिहीनका रुपमा बस्न बाध्य भएको जनाइएको छ । 

नुवाकोटमा छ हजार सात सय २३ परिवार गुठीको जग्गामा तथा एक हजार पाँच सय ४९ परिवार बिर्ताको जग्गामा बस्दै आएका छन् । 

सहायक प्रजिअ कमलराज ढकाललाई बुझाइएको ज्ञापनपत्रमा रु पाँच पाँच लाख अनुदान रसहुलियत ब्याजमा ऋण उपलब्ध गराउन माग गरिएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह