पर्वत । कुश्मा नगरपालिका अन्तरगत रहेको न्यूरोड टोल सुधार समितिले नयाँ नगरपालिकाका प्रमुख कुमानसिङ गुरुङकलाई एक कार्यक्रमको आयोजना गरी स्वागत  गरेको छ । न्यूरोड टोल सुधार समितिल सोमबार एक कार्यक्रमको आयोजना गरी"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पर्वत । कुश्मा नगरपालिका अन्तरगत रहेको न्यूरोड टोल सुधार समितिले नयाँ नगरपालिकाका प्रमुख कुमानसिङ गुरुङकलाई एक कार्यक्रमको आयोजना गरी स्वागत  गरेको छ । न्यूरोड टोल सुधार समितिल सोमबार एक कार्यक्रमको आयोजना गरी"/>
११ माघ २०८२, शनिबार
पर्बत - PBT

शुभकामना तथा स्वागत कार्यक्रम सम्पन्न

१३ पुष २०७३, बुधबार ०६:१६

पर्वत । कुश्मा नगरपालिका अन्तरगत रहेको न्यूरोड टोल सुधार समितिले नयाँ नगरपालिकाका प्रमुख कुमानसिङ गुरुङकलाई एक कार्यक्रमको आयोजना गरी स्वागत  गरेको छ । न्यूरोड टोल सुधार समितिल सोमबार एक कार्यक्रमको आयोजना गरी उनलाई स्वागत गरेको हो । कार्यक्रममा बोल्दै नगरपालिकाका कार्यकारी अधिकृत कुमानसिङ गुरुङले नगरको विकासको लागि आफुले सवैसँग सहकार्य गर्ने बताए । उनले न्यूरोड टोल सुधार समितिको लागि आवश्यक के छ त्यसको लिस्ट तयार गरी नगरपालिकामा पेश गर्नको लागि उनले आग्रह गरे । टोल सुधार समितिलाई नगरपालिकाबाट केको अपेक्षा छ लेखेर ल्याउनुहोस नगरपालिकाले सक्दो सहयोग गर्नेछ उनले भने ।

उनले जिल्लामा ड्याम्पीङ साइटको अभाव भएकोले फोहोर व्यवस्थापनको लागि निकै असहज भएको भन्दै अब नगरपालिकाले चाँडैनै त्यसको बारेमा निकास निकाल्ने बताए । उनले जिल्लामा रहेका सरकारी तथा गैरसरकारी निकायहरुसँग समन्वय गरेर आफु नगरक्षेत्रको विकासको लागि अगाडि बढ्न तयार रहेको बताए । नगरपरिषदको लागि अहिले नगरका प्रत्येक टोलमा योजना तर्जुमा कार्यक्रम भैराखेको छ आफ्ना माग र समस्याका बारेमा जानकारी गराउनुहोस् र नगरपालिकामा पठाउनुहोस हामी त्यसलाई प्रथामिकताका आधारमा नगर परिषदबाट पारित गर्नेछौं कार्यकारी गुरुङले भने ।

शिवालय टोल सुधार समितिका अध्यक्ष फुलराज लामिछानेले नगरभित्र अझै पनि अव्यवस्थीत रुपमा मासु विक्रिवितरण तथा मारकाट भैराखेको भन्दै त्यसको रोकथामको लागि नगरपालिकाले सोच्नुपर्ने बताए । उनले नगरक्षेत्रको सुरक्षाको लागि आवश्यक पूर्वधार तयार पार्नको लागि समेत आवश्यक रहेको औलाए । 

न्यूरोड टोल सुधार समितिका अध्यक्ष सिता केसीको अध्यक्षतामा भएको कार्यक्रममा शिक्षक हिम बहादुर क्षेत्री, सफा कुश्मा अभियानका खडानन्द आचार्य लगायतले बोलेका थिए । टोल सुधार समितिका सचिव कृष्ण शर्माको स्वागतमा भएको कार्यक्रमको संचालन पत्रकार रामकृष्ण लामिछानेले गरेका थिए ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह