रोशन तिवारी/ पुष १२ पर्वत  . स्थानीय निकायको कानुनी तथा नीतिगत व्यवस्था पालना अनुगमन अन्तर्गत एजिएएफ कार्यक्रमले स"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... रोशन तिवारी/ पुष १२ पर्वत  . स्थानीय निकायको कानुनी तथा नीतिगत व्यवस्था पालना अनुगमन अन्तर्गत एजिएएफ कार्यक्रमले स"/>
११ माघ २०८२, शनिबार
पर्बत - PBT

एलजिएएफद्धारा प्रगति सार्वजनिक

१३ पुष २०७३, बुधबार ०६:२८

रोशन तिवारी/ पुष १२ पर्वत  . स्थानीय निकायको कानुनी तथा नीतिगत व्यवस्था पालना अनुगमन अन्तर्गत एजिएएफ कार्यक्रमले स्थानीय निकायमा सञ्चालन गरेका कार्यक्रमको प्रगति सार्वजनिक गरेको छ । नवचेतना सामुदायिक विकास केन्द्रद्धारा सञ्चालन भएको कार्यक्रमले यस आर्थिक वर्षभित्र सम्पादन गरेका काम र समुदायमा परेको प्रभावका वारेमा प्रगति समिक्षा कार्यक्रमको आयोजना गरि प्रगति सार्वजनिक गरेको हो । 


एलजिएएफले पर्वतका ३१ वटा गाविस, जिल्ला विकास समिति र कुश्मानगरपालिकामा विभिन्न नागरिक सचेतना सम्बन्धि कार्यक्रम सम्पन्न गरेको छ । जसअन्तर्गत सार्वजनिक सुनुवाई, क्षमता अभिबृद्धि तालिम, विकास निर्माणका कार्यहरुको अनुगमन, स्थानीय निकाय संगको सहकार्यमा सचेतनामुलक गोष्ठिहरु सञ्चमलन गरेको प्रगति विवरणमा उल्लेख छ । संस्थाले सञ्चालन गरेका कार्यहरुको वारेमा एलजिएएफ कार्यक्रमका कार्यक्रम संयोजक सीता काफ्ले लामिछानेले कार्यपत्र प्रस्तुत गर्नुभयो । 


उहाँले स्थानीय निकाय संग सहकार्य गर्दै संस्थाले गरेका कामले अपेक्षित सफलता हासिल गरेको बताउँदै आगामी दिनमा पनि संस्थाले यसरी नै काम गर्दै जाने बताउनुभयो । अहिले ३१ वटा गाबिसमा कार्यक्रम सञ्चालन भईरहेको छ । कार्यक्रम लागु भएका गाबिस मध्ये १३ वटा गाबिसमा क्षमता अभिबृद्धी सम्बन्धि तालिम सकिएको छ भने जिल्ला विकास समिति संगको सहकार्यमा थापाठानामा सार्वजनिक सुनुवाई र कुश्मा नगरपालिकाको सहकार्यमा सार्वजनिक सुनुवाई भएको छ । 


त्यस्तै गाविस अन्तर्गत तिलाहार र धाईरिङ गाविसमा पनि सार्वजनिक सुनुवाई सम्पन्न भएको छ । कार्यक्रममा बोल्दै स्थानिय बिकास अधिकारी युबराज पौडेलले एलजिएएफ कार्यक्रमको सहजीकरणले जिल्ला विकास समितिलाई स्थानीय निकायको अनुगमनमा ठुलो सहयोग मिलेको बताउनुभयो । उहाँले जिल्ला विकास समितिसंग नियमित सम्पर्कमा रहेर काम गर्न संस्थालाई आग्रह गर्नुभयो । नबचेतना सामुदायिक बिकास केन्द्रका अध्यक्ष केशबदास वैरागीको स्वागत मन्तव्य रहेको कार्यक्रमको सञ्चालन एलिजिएएफ कार्यक्रमका अनुगमन अधिकृत सुदिप लामिछानेले गर्नुभएको थियो । 


कार्यक्रममा नेपाली काग्रेसका जिल्ला कार्यसमिति सदस्य शेरबहादुर आचार्य, राप्रपा पर्बतका बरिष्ठ उपाध्यक्ष प्रकाश पौडेल, नेकपा क्रान्तिकारी माओबादीका अध्यक्ष तेजेन्द्र पौडेल, अखण्ड नेपाल पार्टिका वरिष्ठ उपाध्यक्ष यूवनाथ गौँडेल रेग्मी, जिबिसका सामाजिक बिकास अधिकृत लिलाधर सुबेदी,लोकतान्त्रिक गैह्रसरकारी महासंघका अध्यक्ष गणेशवहादुर क्षेत्री, गैसस महासंघका सचिब शिबप्रसाद शर्मा, कुश्मा गरपालिकाका सुचना अधिकारी लालप्रसाद उपाध्याय र सामाजिक रुपान्तरण कार्यक्रमका संयोजक चन्द्र शर्मा लगायतले सुसासन, पारदर्शिता तथा जवाफदेहिताका विभिन्न आयामहरुका बारेमा धारणा राख्नुभएको थियो । कार्यक्रमको सहजीकरण अनुगमन अधिकृत प्रकाश पौडेल र फिल्ड सहायक यमुना शर्माले गर्नुभएको थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह