१२ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दोलखा - DLKH

स्वर्गीय पत्रकार कर्ण बोहोरोको परिवारलाई प्रेस चौतारीको आर्थिक सहयोग

१३ पुष २०७३, बुधबार १२:०४

ताराबहादुर महत/पुस १३, दोलखा । एक महिनाअघि अल्पायुमा नै निधन भएका स्वर्गीय पत्रकार कर्ण बोहोराको परिवारलाई प्रेस चौतारी नेपाल दोलखाले नेपाल पत्रकार महासंघ मार्फत आर्थिक सहयोग गरेको छ ।

प्रेस चौतारी दोलखा शाखाका पदाधिकारी लगायत विभिन्न पत्रकारहरुसँग संकलन गरेको सात हजार पाँच सय रुपिँया आज नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य चिरञ्जीवी मास्केलाई हस्तान्तरण गरिएको प्रेस चौतारी दोलखाका अध्यक्ष मोहन रिजालले जानकारी दिनुभयो । 

स्वर्गीय पत्रकार बोहोराकी धर्म पत्नी ममता बोहोराको उपचारका लागि सहयोग स्वरुप रकम पठाईएको अध्यक्ष रिजालले बताउनुभयो । ममताको दुईवटै मिर्गौलाले काम गर्न छाडेपछि उपचाररत पत्नीको कुरुवा बसेका पत्रकार कर्ण बोहोराको गत मंसिर १० गते असमायिक निधन भएको थियो । ममताको काठमाण्डौं मध्ये बानेश्वरस्थित भेनस अस्पतालमा उपचार भईरहेको छ ।

प्रेस जगतको हितमा थोरै भएपनि सहयोग पुगोस र कुनै पनि सञ्चारकर्मीलाई समस्या पर्दा सहयोग गर्नु सञ्चारकर्मीहरुको धर्म भएका कारण सहयोग गरिएको प्रेस चौतारी दोलखाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह