२ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कपिलवस्तु - KPL

सरकारमा सामेल हुन कांग्रेस र मधेशवादी दललाई नेता नेपालको आग्रह

११ चैत्र २०७२, बिहीबार १२:०६

दीपक अनुरागी, चैत्र ११, कपिलवस्तु । नेकपा एमालेका बरिष्ठ नेता माधव कुमार नेपालले
संविधानको कार्यान्वयनको लागि राष्ट्रिय सहमतीको सरकारको आवश्यकता रहेकाले सरकार वाहिर रहेका दललाई
अहिलेको सरकारमा सामेल हुन आग्रह गरेका छन् । प्रेस चौतारी नेपाल कपिलवस्तुले बिहिबार गोरुसिगेमा आयोजना
गरेको पत्रकार भेटघाट कार्यक्रममा उहाले नेपाली काग्रेस र मधेशवादी दललाई यहि सरकारलाई सामेल भई
राष्ट्रिय सहमतिको स्वरुप दिनुपर्ने बताए ।
उनले मुलुकमा राजनीतिक क्रान्ति सफल भईसकेकोले अब आर्थिक
क्रान्तिको लागि सवै मिलेर सरकार संचालन गर्नुपर्नेमा जोड दिएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको
चिन भ्रमणले नेपाल र चीनबीचको सम्बन्धमा नया उचाई पुगेको बताउदै नेपालले पारवाहन र व्यापार लगाएतका
सम्झौताले महत्वपूर्ण उपलब्धी हासिल भएको धारणा व्यक्त गरे ।
नया संविधानको प्रचार प्रसारको लागि
एमालेले चलाएको देशव्यापी अभियानका क्रममा राप्ती अंचल भ्रमण सकेर काठमाण्डौ फर्कने क्रममा
पत्रकारहरुसंग कुरा गर्दै नेता नेपालले अरु राजनीतिक दलले भन्द एमालेको संविधानबारे जनताको माझमा पुराएर
उदाहरणीय काम गरेको तर्क गरेका छन् । पत्रकार सम्मेलन प्रेस चौतारीका जिल्ला अध्यक्ष हरी अधिकारीको
अध्यक्षता, केन्द्रिय सदस्य बिकास वञ्जाडेको स्वागत र जिल्ला सचिव बाबुरा रायमाझीको सहजीकरणमा सम्पन्न
भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’ तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति कांग्रेस विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमितिको बैठक अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै ठगी अभियोगमा पाँच जना पक्राउ राष्ट्रिय एकता कायम गर्नुपर्नेमा संयोजक दाहालको जोड ट्रक पल्टिँदा पाँचको मृत्यु,तीन जना घाइते सुनचाँदीको मूल्यमा सामान्य गिरावट कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छुः नवनिर्वाचित सभापति थापा ‘सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो’ बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ