राम नारायण पंडित/सिरहा १४, पौष । विद्यालय व्यवस्थापनमा सुधार आएपछि सिरहाको एक सामुदायिक बिद्यालयमा विद्यार्थी संख्यामा बृद्धि भएको छ । 

विद्यालयको"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... राम नारायण पंडित/सिरहा १४, पौष । विद्यालय व्यवस्थापनमा सुधार आएपछि सिरहाको एक सामुदायिक बिद्यालयमा विद्यार्थी संख्यामा बृद्धि भएको छ । 

विद्यालयको"/>

१२ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

विद्यालय व्यवस्थापनमा सुधार आएपछि विद्यार्थीको संख्यामा बृद्धि

१४ पुष २०७३, बिहीबार ०२:०५

राम नारायण पंडित/सिरहा १४, पौष । विद्यालय व्यवस्थापनमा सुधार आएपछि सिरहाको एक सामुदायिक बिद्यालयमा विद्यार्थी संख्यामा बृद्धि भएको छ । 

विद्यालयको व्यवस्थापनमा सामान्य सुधार भएपछि सिरहाको विष्णुपुर प्र.म.८ मा रहेको एक प्राथमिक विद्यालयमा विद्यार्थीको सहभागिता उल्लेख्य मात्रामा बढेको छ । स्थानीय अभिभावक आफै विद्यालयको व्यवस्थापनमा सक्रिय भएपछि विद्यार्थीको सहभागीतामा वृद्धि भएको हो । 

अन्तराष्ट्रिय सहयोग तथा अध्ययन केन्द्रको सहयोगमा महिला उद्धार सेवा केन्द्र, गोलबजारद्वारा संचालित ‘सार्वजनिक वित्त व्यवस्थापन/नेपालमा जवाफदेहिता’ कार्यक्रमको प्रभावले विद्यालयमा सुधार सम्भव भएको बिद्यालयका प्रधानाध्यापक श्यामसुन्दर मण्डलले बताए । सधैंभरी अधिकारमात्र खोजी गर्ने अभिभावक तथा शिक्षकहरुमा कर्तव्य तथा जवाफदेहिता बोध भएपछि विद्यालयमा त्यसको असर बिद्यालयमा देखिएको उनले बताए । 

शैक्षिक वातावरणमा  प्रगति देखिएपछि निजी विद्यालयका विद्यार्थीपनि बिद्यालयमा आउन थालेको शिक्षक गणेश कुमार महतोले बताए । कार्यालय व्यवस्थापनको लागि विष्णुपुर प्र.म. गाविसले आर्थिक तथा भौतिक सहयोग गरेको गाविस सचिव मनोज कुमार कर्णले जानकारी दिए । सचिव कर्णले विद्यालयमा कार्यलाय व्यवस्थापन र खेलकुदका सामाग्रीहरु उपलब्ध गराएको बताए । 

जवदेखि हामीले अधिकारसँगसँगै कर्तव्य र जवाफदेहिताको वारेमा बुझ्ने मौकापाँयौ त्यसपछि हाम्रो विद्यालयलाई हेर्ने नजरीयामा नै फरक आएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सन्तोष कुमार ठाकुरले बताए । अहिले दुई सय ४८ विद्यार्थी रहेको विद्यालयले जनाएको छ । 

यस शैक्षिक सत्रमा १५ जना विद्यार्थी वोर्डिङ स्कूलबाट आएको छ । अघिल्लो शैक्षिकसत्रमा एक सय ९८ विद्यार्थीले नामाकरण गराएको थियो । त्यसमध्ये एक चौथाई विद्यार्थीमात्र नियमित आउने गरेको विद्यालयले जनाएको छ । 

 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह