२०८२, ११ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुगु - MG

५ गाविसलाई बैशाखभित्र साक्षर गाविस घोषणा गर्ने तयारी

२०७३, १४ पुष बिहीबार ०७:०१

नन्द बहादुर रोकाया/ पुस १४, मुगु । जिल्ला शिक्षा कार्यलय मुगुले यहि बैशाख भित्र जिल्लाका ५ गा बि स लाई साक्षर गाविस घोषणा गर्ने तयारी  गरेको छ ।  

सरकारको २०१७ भित्र सिगोँ मुलुकलाई नै साक्षर घोषणा गर्ने लक्ष्य अनुरुप मुगुलाई पनी साक्षर जिल्ला घोषणाका लागी काम भईरहेको जिल्ला शिक्षा जिल्ला शिक्षा कार्यलय मुगुले जनाएको छ । कार्यालयले आगामी बैशाख महिना सम्म साक्षरताको संख्या पुरा भएका ५ गाविसहरु छानी साक्षर गाउँ बिकास समिती घोषणाको तयारी समेत गरेको जिल्ला शिक्षा अधिकारी जवारलाल हमालले बताउनुभयो । 

उहाँका अनुसार करानको किम्री, सोरुको कालै, खत्याडको सेरी, खमाले र गम भेगको कार्किवाडा गाउँ बिकास समितीलाई आगामी बैसाख सम्ममा साक्षर गाउँ बिकास समिती घोषणा गरिसक्ने हमालको भनाई छ । 

सरकारले यसबर्ष थप ३० वटा जिल्लालाई साक्षर घोषणा गर्ने तयारी गरिरहेकाले यहि अभियान अन्र्तगतमा मुगु जिल्लालाई पनी साक्षर जिल्ला घोषणाका लागी सबैले पहल गर्नुपर्नेमा जिल्ला शिक्षा अधिकारी हमालले आग्रह गर्नुभयो । जिल्ला शिक्षा कार्यालयको प्रारम्भिक तथ्याङक अनुसार १५ हजार ८ सय ७१ जना अझै पनी निरक्षर रहेको बताईएको छ । 

जिल्लाका बिभिन्न क्षेत्रहरुमा बिद्यार्थीहरुले बिचमै पढाई छोड्नु, झण्डै ४ प्रतिशत बालबालिका अझै शिक्षाको पुहच बाहिर हुनुका कारणले जिल्लालाई सजिलै साक्षर घोषणा गर्न नसकिने भएकाले यसमा सबैको उत्तिकै भुमिका रहनेमा छलफलका सहभागिहरुको जोड रहेको थियो ।

 जिल्लाका ग्रामिण क्षेत्रका बिद्यालयहरुमा शिक्षक नै नबस्ने, बिद्यार्थीहरुको अनियमितता लगायतका समस्याहरुका बारेमा पनी छलफलमा भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पहिरोमा पुरिएर एक जनाको मृत्यु, स्काभेटर चालक बेपत्ता मलेसियामा आफ्नै साथीको चक्कु प्रहारबाट सल्यानका युवकको मृत्यु छ महिनाभित्रै निर्वाचन गराउने कार्य सहज थिएन : प्रधानमन्त्री कार्की ठमेलमा यौनधन्दा गर्दै आएका २० विदेशी महिला पक्राउ बालेनले शुक्रबार मध्याह्न साढे १२ बजे शपथ लिने कर्णाली प्रदेशमा भोलि सार्वजनिक बिदा हामी सडकबाट सशक्त रूपमा सरकार चलाउने छौं: कुलमान घिसिङ कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक सुरु अर्जुननरसिंह केसीले गरे पदभार ग्रहण रवि लामिछानेलाई अमेरिकाले दियो बधाई राष्ट्रपतिबाट प्रतिनिधि सभाका ज्येष्ठ सदस्य केसीले लिए शपथ पूर्वसांसद गोविन्दविक्रम शाहको निधन कुवेत विमानस्थलमा इरानी ड्रोन आक्रमण सुनचाँदीको मुल्य बढ्यो एसईईमा सहभागी हुने विद्यार्थी घटे रवि लामिछानेकाे मुद्दा आज पनि हेर्दाहेर्दैमा आयल निगमले एक सातापछि भरी सिलिन्डर ग्यास बिक्री गर्ने एनआरएनए आईसीसी सह–कोषाध्यक्षमा गङ्गा खतिवडा निर्विरोध, आर्थिक पारदर्शितामा नयाँ भरोसा ‘दोस्रो राष्ट्रिय कुलिनरी च्यालेन्ज प्रतियोगिता २०२६’ झापाको दमकमा आयोजना हुँदै भिरबाट लडेर ९ वर्षीया बालिकाको मृत्यु