२०८२, ११ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाग्लुङ्ग - BGL

बुर्तिबाङमा एकीकृत योजना तर्जुमा समित गठन

२०७३, १४ पुष बिहीबार ०७:०५

कृष्ण कँडेल/पुस १४, बागलुङ । बुर्तिबाङ गाउँ विकास समितिको सर्वदलिय बैठकले २५ औँ गाउँ परिषद्का लागि एकीकृत योजना तर्जुमा समिति गठन गरेको छ । 

पुस १७ गते गाउँ परिषद् गर्ने निर्णय गर्दै गाविस सचिव चण्डीराज पौडेलको संयोजकत्वमा २९ सदस्यीय एकीकृत योजना तर्जुमा समिति गठन गरेको हो । 

समितिको सदस्यमा बुर्तिबाङ गाविसमा क्रियाशिल राजनितिक दलका प्रतिनिधि, सवै वडाका वडा नागरिक मञ्चका प्रतिनिधि, महिला, दलित, ज्यष्ठ नागरिक, जनजाती र कृषि क्षेत्रका प्रतिनिधि रहेका छन् । 

त्यस्तै बन वातावरण समितिका प्रतिनिधि, खेलकुद विकास समितिका प्रतिनिधि, बाल सञ्जाल, पिछडा बर्ग र नागरिक सचेतना केन्द्रका प्रतिधिनि पनि सदस्य रहेका छन् । 

समितिको सदस्य सचिवमा गाविसका कार्यालय सहायक चुडामणी भुषाल रहनुभएको छ । बैठक गाविस सविच चण्डीराज पौडेलको अध्यक्षतामा सम्पन्न भएको थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पहिरोमा पुरिएर एक जनाको मृत्यु, स्काभेटर चालक बेपत्ता मलेसियामा आफ्नै साथीको चक्कु प्रहारबाट सल्यानका युवकको मृत्यु छ महिनाभित्रै निर्वाचन गराउने कार्य सहज थिएन : प्रधानमन्त्री कार्की ठमेलमा यौनधन्दा गर्दै आएका २० विदेशी महिला पक्राउ बालेनले शुक्रबार मध्याह्न साढे १२ बजे शपथ लिने कर्णाली प्रदेशमा भोलि सार्वजनिक बिदा हामी सडकबाट सशक्त रूपमा सरकार चलाउने छौं: कुलमान घिसिङ कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक सुरु अर्जुननरसिंह केसीले गरे पदभार ग्रहण रवि लामिछानेलाई अमेरिकाले दियो बधाई राष्ट्रपतिबाट प्रतिनिधि सभाका ज्येष्ठ सदस्य केसीले लिए शपथ पूर्वसांसद गोविन्दविक्रम शाहको निधन कुवेत विमानस्थलमा इरानी ड्रोन आक्रमण सुनचाँदीको मुल्य बढ्यो एसईईमा सहभागी हुने विद्यार्थी घटे रवि लामिछानेकाे मुद्दा आज पनि हेर्दाहेर्दैमा आयल निगमले एक सातापछि भरी सिलिन्डर ग्यास बिक्री गर्ने एनआरएनए आईसीसी सह–कोषाध्यक्षमा गङ्गा खतिवडा निर्विरोध, आर्थिक पारदर्शितामा नयाँ भरोसा ‘दोस्रो राष्ट्रिय कुलिनरी च्यालेन्ज प्रतियोगिता २०२६’ झापाको दमकमा आयोजना हुँदै भिरबाट लडेर ९ वर्षीया बालिकाको मृत्यु