कृष्ण कँडेल/पुस १४, बागलुङ । ईलाका प्रहरी कार्यालय बुर्तिबाङबाट सरुवा भई जिल्ला प्रहरी कार्यालय नवलपरासी जान लाग्नुभएका प्रहरी प्रमुख शिवराज क्षत्रीले बुधबार सरो"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... कृष्ण कँडेल/पुस १४, बागलुङ । ईलाका प्रहरी कार्यालय बुर्तिबाङबाट सरुवा भई जिल्ला प्रहरी कार्यालय नवलपरासी जान लाग्नुभएका प्रहरी प्रमुख शिवराज क्षत्रीले बुधबार सरो"/>
२०८२, ११ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाग्लुङ्ग - BGL

बुर्तिबाङमा कार्यरत प्रहरी प्रमुख क्षत्रीको सरुवा

२०७३, १४ पुष बिहीबार ०७:०७

कृष्ण कँडेल/पुस १४, बागलुङ । ईलाका प्रहरी कार्यालय बुर्तिबाङबाट सरुवा भई जिल्ला प्रहरी कार्यालय नवलपरासी जान लाग्नुभएका प्रहरी प्रमुख शिवराज क्षत्रीले बुधबार सरोकारवालासँग विदाई भेट गरेका छन । 

प्रहरी निरीक्षक क्षत्रीको निमन्त्रणामा उहाँसँग अन्तिम भेटका लागि ईलाका प्रहरी कार्यालय बुर्तिबाङ पुगेका सरोकारवालाले क्षत्रीले गरेको कार्यसम्पानको प्रसंसा गरे । 

राजनितिकल दलका प्रतिनिधि, उद्योगी व्यवासायी, महिला अगुवा तथा सञ्चारकर्मीको उपस्थिती रहेको कार्यक्रममा ईलाका प्रहरी प्रमुख क्षत्रीको अगुवाईमा मदिरा न्युनिकारण, बजार सरससफाई, अपाङ्गता विशेष कक्षाको लागि गरेको सहयोग सकारात्म भएको बताएका थिए ।   

सहभागीले प्रहरी निरीक्षक क्षत्रीको अगुवाईमा ईलाका प्रहरी कार्यालय बुर्तिबाङले शान्ति सुरक्षा सँगसँगै घरेलु हिंसा न्युनिकारण तथा जातीय विभेद अत्न्य सम्बन्धि सचेतना कार्यक्रम पनि सञ्चालन भएको भन्दै खुसि व्यक्त गरेका थिए । 

कार्यक्रममा प्रहरी निरीक्षक क्षत्रीले आफुले नियमको परिधिमा रहेर सक्दो सुधारको प्रयास गरेको भन्दै सवै सरोकारवालाको सहयोग पाएको भन्दै धन्यवाद ज्ञापन गरे । कार्यक्रममा युवा व्यवसायी सहविन अर्गेजाले समय सन्दर्भ अनुसारको संक्षिप्त विदाई गित प्रश्तुत गरे । 

ईलाका प्रहरी कार्यालयका बर्तमान प्रहरी प्रमुख क्षत्रीको सरुवा भएपछि प्रहरी प्रधान कार्यालयले पश्चि क्षेत्रीय प्रहरी तालिम केन्द्र बुटवलबाट प्रहरी निरीक्षक कृष्णबहादुर राना मगरलाई बुर्तिबाङ पठाएको बताईएको छ । 

कार्यक्रम प्रहरी निरीक्षक शिवराज क्षत्रीको अध्यक्षता र प्रहरी नायब निरीक्षक नारायणप्रसाद शर्माको सञ्चालनमा सम्पन्न भएको थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पहिरोमा पुरिएर एक जनाको मृत्यु, स्काभेटर चालक बेपत्ता मलेसियामा आफ्नै साथीको चक्कु प्रहारबाट सल्यानका युवकको मृत्यु छ महिनाभित्रै निर्वाचन गराउने कार्य सहज थिएन : प्रधानमन्त्री कार्की ठमेलमा यौनधन्दा गर्दै आएका २० विदेशी महिला पक्राउ बालेनले शुक्रबार मध्याह्न साढे १२ बजे शपथ लिने कर्णाली प्रदेशमा भोलि सार्वजनिक बिदा हामी सडकबाट सशक्त रूपमा सरकार चलाउने छौं: कुलमान घिसिङ कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक सुरु अर्जुननरसिंह केसीले गरे पदभार ग्रहण रवि लामिछानेलाई अमेरिकाले दियो बधाई राष्ट्रपतिबाट प्रतिनिधि सभाका ज्येष्ठ सदस्य केसीले लिए शपथ पूर्वसांसद गोविन्दविक्रम शाहको निधन कुवेत विमानस्थलमा इरानी ड्रोन आक्रमण सुनचाँदीको मुल्य बढ्यो एसईईमा सहभागी हुने विद्यार्थी घटे रवि लामिछानेकाे मुद्दा आज पनि हेर्दाहेर्दैमा आयल निगमले एक सातापछि भरी सिलिन्डर ग्यास बिक्री गर्ने एनआरएनए आईसीसी सह–कोषाध्यक्षमा गङ्गा खतिवडा निर्विरोध, आर्थिक पारदर्शितामा नयाँ भरोसा ‘दोस्रो राष्ट्रिय कुलिनरी च्यालेन्ज प्रतियोगिता २०२६’ झापाको दमकमा आयोजना हुँदै भिरबाट लडेर ९ वर्षीया बालिकाको मृत्यु