२०८२, १० चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

सप्तरी - SPT

सप्तरीमा एकै परिवारका पाँच दृष्टिविहीनले सहयोग पाएनन्

२०७३, १४ पुष बिहीबार ०९:१५

पुस १४, राजविराज । सरकारबाट पाउने सेवा र सुविधा नपाउँदा जिल्लाको गम्हरीया प्रवाहा गाविस–४ स्थित पटी टोलमा एकै परिवारका पाँच दृष्टिविहीन व्यक्ति बिचल्लीमा परेका छन् । 

एउटै परिवारका ५० वर्षीय शम्भु मण्डल, उनका ४५ वर्षीय भाइ शिवनारायण मण्डल र उहाँकी ४० वर्षीया श्रीमती गीतादेवी मण्डल, ४२ वर्षीया बहिनी जयकलादेवी मण्डल र एक छोरासहित पाँचै जना अपाङ्गता भएका व्यक्तिले सरकारबाट पाउने सेवा सुविधा नपाएको गुनासो गरेका छन् । 

दृष्टिविहीन पाँचै जनालाई जीवनयापन गर्न समस्या भइरहेको बताइएको छ । 

दृष्टिविहीन शम्भुको दुई छोरा र दुई छोरी छन् भने शिवनारायणको दुई छोरा र एक छोरी तथा जयकलाको दुई छोरा र एक छोरी रहेका छन् । 

राज्यबाट पाउने सेवा र सुविधाबाट वञ्चित भएपछि छोराछोरीलाई पालनपोषणमा निकै समस्या भएको पीडित शम्भुले बताउनुभयो । 

उनीहरुले २०६७ देखि २०७१ असारसम्म राज्यबाट पाउनु पर्ने सेवा र सुविधा पाए पनि पछिल्लो दुई वर्षयता कुनै सुविधा नपाएको गुनासो गरेका छन् । 

सरकारले अहिले पूर्ण अपाङ्गता भएकालाई रातो कार्ड र सामान्य अपाङ्गलाई हरियो कार्ड दिने व्यवस्था गरेको छ । रातो कार्ड पाउन सरकारी कार्यालय, सगरमाथा अपाङ्ग सङ्घलगायतका विभिन्न निकायमा आफू महिनौँ दिनसम्म धाउँदा पनि कुनै सुनुवाइ नभएको उनीहरुको गुनासो छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एसईईमा सहभागी हुने विद्यार्थी घटे रवि लामिछानेकाे मुद्दा आज पनि हेर्दाहेर्दैमा आयल निगमले एक सातापछि भरी सिलिन्डर ग्यास बिक्री गर्ने एनआरएनए आईसीसी सह–कोषाध्यक्षमा गङ्गा खतिवडा निर्विरोध, आर्थिक पारदर्शितामा नयाँ भरोसा ‘दोस्रो राष्ट्रिय कुलिनरी च्यालेन्ज प्रतियोगिता २०२६’ झापाको दमकमा आयोजना हुँदै भिरबाट लडेर ९ वर्षीया बालिकाको मृत्यु केन्द्रीय कार्यसमितिको निर्णयको सम्मान गर्छु : गगन थापा भदौ २४ गते नेताको घरमा भेटिएको र जलेको पैसाबारे अनुसन्धान हुनुपर्छ: गगन थापा हतारोमा र हताश भएर राजीनामा दिएको होइन: गगन थापा कांग्रेसको केन्द्रीय समितिको बैठकमा छलफलका लागि ५ एजेन्डा तय ज्वाइँको हत्या गरी फरार रहेका ससुरा पक्राउ रवि लामिछानेविरुद्धको मुद्दा फिर्ता प्रकरणको रिटमा आज पनि सुनुवाइ शेरबहादुर देउवाको निजी निवासका केही संरचनाहरू भत्काउन थालियो रास्वपा केन्द्रीय समिति बैठक बिहीबारका लागि आह्वान सरकारले भ्रष्टाचार रोक्न सकेन भने जनतालाई ठूलो धोका हुनेछ: महावीर पुन आज पनि घट्यो सुनको मूल्य ट्यांकरले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटको आजको सुनुवाइ हेर्दाहेर्दैमा लागू औषधसहित थाई नागरिक विमानस्थलबाट पक्राउ महिला हिंसाविरुद्ध माइतीघरमा प्रदर्शन