कृष्ण कँडेल/पुस १४, बागलुङ । कर्मचारी मिलन केन्द्र बुर्तिबाङले विभिन्न कार्यालयमा सरुवा भई बुर्तिबाङ आएका कर्मचारीलाई स्वागत तथा सरुवा भई जान लागेका सरकारी "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

कृष्ण कँडेल/पुस १४, बागलुङ । कर्मचारी मिलन केन्द्र बुर्तिबाङले विभिन्न कार्यालयमा सरुवा भई बुर्तिबाङ आएका कर्मचारीलाई स्वागत तथा सरुवा भई जान लागेका सरकारी "/>

११ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाग्लुङ्ग - BGL

कार्यक्षेत्रमा सम्झनलायक काम गर्न प्रमुख थापाको आग्रह

१४ पुष २०७३, बिहीबार ११:५३


कृष्ण कँडेल/पुस १४, बागलुङ । कर्मचारी मिलन केन्द्र बुर्तिबाङले विभिन्न कार्यालयमा सरुवा भई बुर्तिबाङ आएका कर्मचारीलाई स्वागत तथा सरुवा भई जान लागेका सरकारी कर्मचारीलाई एक कार्यक्रम गरि विदाई गरेको छ । 

केन्द्रले ईलाका प्रहरी कार्यालय बुर्तिबाङबाट सरुवा भई जिल्ला प्रहरी कार्यालय नवलपरासी जान लाग्नुभएका प्रहरी निरीक्षक शिवराज क्षत्रीलाई विदाई गरेको हो । 

यता एकीकृत सेवा केन्द्र बुर्तिबाङमा आउनुभएका सहायक लेखापाल डिलाराम खनाल, मातपोत कार्यालय बुर्तिबाङमा आउनुभएका सहायक लेखापाल बसन्त पौडेल र खरिदार युवराज बिष्ट तथा नापी कार्यालय बुर्तिबाङमा आउनुभएका सहायक लेखापाल गणेश आचार्यलाई स्वागत गरिएको छ ।

त्यस्तै केहि समय पहिले बुर्तिबाङ प्रथामिक स्वास्थ्य केन्द्रमा आउनुभएका कार्यालय प्रमुख डाक्टर सुनिल जयसवाल र अर्का स्वास्थ्यकर्मी डाक्टर विजय श्रेष्ठलाई पनि स्वागत गरिएको हो । 

कार्यक्रममा एकीकृत सेवा केन्द्र बुर्तिबाङका प्रमुख जनक थापाले अबिर तथा खादा लगाएर स्वागत र विदाई गर्नुभएको थियो । 


सो अवसरमा बोल्दै सेवा केन्द्र प्रमुख थापाले राज्यको सेवा सुविधा लिएका कर्मचारीले नागरिकको सेवा गर्ने दाईत्व भएको भन्दै आफ्नो जिम्मेवारी अनुसारको सेवा प्रवाहमा गुणस्तर कायम गर्न आग्रह गर्नुभयो । थापाले  आफ्नो कार्यक्षेत्रमा सम्झनलायक  उदाहरणिय कार्यसम्पादन गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले प्रहरी निरीक्षक शिबराज क्षत्रीको कामको प्रसंसा गर्नुभयो ।  

विदाई हुनुभएका प्रहरी निरीक्षक शिबराज क्षत्री र स्वागत भएकाहरुको तर्फबाट मालपोत कार्यालयका सहायक लेखापाल बसन्त पौडेलले कर्मचारी मिलन केन्द्रले भावना साटासाट गर्न स्वागत विदाई कार्यक्रम राखेको भन्दै खुसी व्यक्त गर्नुभयो । 

कार्यक्रम कर्मचारी मिलन केन्द्रका अध्यक्ष तथा मलपोत कार्यालय बुर्तिबाङका प्रमुख नारायण घर्तीको अध्यक्षता, सदस्य लोकबहादुर कुँवरको स्वागत मन्तव्य र कोषाध्यक्ष सुरज घिमिरेको सञ्चालनमा सम्पन्न भएको थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह