कृष्ण कँडेल/पुस १४, बागलुङ । बागलुङको बुर्तिबाङदेखि रुकुमको खलङ्गासम्म सिधा बस सेवा सुरु गर्न लागिएको छ । 

बुर्तिबाङ बस व्यवसायी समितिले बुर्"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

कृष्ण कँडेल/पुस १४, बागलुङ । बागलुङको बुर्तिबाङदेखि रुकुमको खलङ्गासम्म सिधा बस सेवा सुरु गर्न लागिएको छ । 

बुर्तिबाङ बस व्यवसायी समितिले बुर्"/>

११ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पश्चिमी रुकुम - RKM

बुर्तिबाङ–रुकुम सिधा बस सेवा सुरु हुँदै

१४ पुष २०७३, बिहीबार १२:३७


कृष्ण कँडेल/पुस १४, बागलुङ । बागलुङको बुर्तिबाङदेखि रुकुमको खलङ्गासम्म सिधा बस सेवा सुरु गर्न लागिएको छ । 

बुर्तिबाङ बस व्यवसायी समितिले बुर्तिबाङले सिस्ने हिमाल यातायात व्यवसायी संघसँगको सहकार्यमा पुस १६ गतेदेखि सिधा बस सञ्चालन गर्न लागेका हो । 

बुर्तिबाङ–रुकुम खण्डमा पुष्पलाल मध्यपहाडी लोकमार्गको स्तरिकारणसँगै यात्रुहरुको माग समेतलाई ध्यानमा राखेर बस सेवा सञ्चालन गर्न लागिएको बुर्तिबाङ यातायात व्यवासायी समितिका महासचिव नरहरि भुषालले जानकरी दिनुभयो ।  

भुषालले निकट भविष्यमै जीप सेवा समेत सुरु गर्ने तयारी भएको बताउनुभयो । ९५ किमि दुरीमा रहेको सडक एकतर्फी यात्रा गर्न ७ देखि ८ घण्टा लाग्ने समितिले जनाएको छ । पुस १६ गते विहान ७ बजे बुर्तिबाङ बजारमा औपचारिक कार्यक्रम गरि बुर्तिबाङ खलङ्गा बस सेवा सुरु गर्ने तयारी भएको छ । 

सोहि दिन दिउसो २ बजे रुकुमकोटमा कार्यक्रम गरि रुकुम बुर्तिबाङ वस सेवा सुभारम्भ गरिने छ । बुर्तिबाङबाट दिनहुँ विहान ८ बजे खलङ्गाको लागि वस छुटाईने र रुकुमबाट बुर्तिबाङ छुट्ने समय तय हुन बाँकी रहेको महासचिव भुषालले जानकारी दिनुभयो । 

दैनिक रुपमा एक–एक बस बुर्तिबाङबाट मध्यपहाडी लोकमार्गमा रुकुमको काँक्रि हुँदै खलङ्गा आवत जावत गर्ने छन् । सिधा बस सेवा सुरु भएपछि यात्रुलाई आवतजवत गर्ने, सामान ढुवानी गर्न र मध्यपहाडी लोकमार्गको सडक पहुँच क्षेत्रमा उत्पादिन सामग्रीको बजारिकरणमा सजिलो हुने विश्वास गरिएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह