कमल रावल | पुस १४, अछाम | जिल्ला प्रशासन कार्यालय अछाममा छाउपडी लगाएतका कुसंस्कार विरुद्ध सामुहिक प्रतिबद्धता अभियानको थालनी गरिएको छ । समाजमा रहेको छाउपडी कुप्रथा, वाल"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... कमल रावल | पुस १४, अछाम | जिल्ला प्रशासन कार्यालय अछाममा छाउपडी लगाएतका कुसंस्कार विरुद्ध सामुहिक प्रतिबद्धता अभियानको थालनी गरिएको छ । समाजमा रहेको छाउपडी कुप्रथा, वाल"/>
११ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

जिप्रका अछाममा छाउपडी लगाएतका कुसंस्कार विरुद्ध सामुहिक प्रतिबद्धता अभियानको थालनी

१४ पुष २०७३, बिहीबार १३:४०

कमल रावल | पुस १४, अछाम | जिल्ला प्रशासन कार्यालय अछाममा छाउपडी लगाएतका कुसंस्कार विरुद्ध सामुहिक प्रतिबद्धता अभियानको थालनी गरिएको छ । समाजमा रहेको छाउपडी कुप्रथा, वालविवाह, बहुविवाह लगाएतका कुसंस्कार र कुप्रथाका विरुद्ध अभियान स्वरुप जिल्ला प्रशासन कार्यालयमा सामुहिक प्रतिबद्धता अभियानको थालनी गरिएको हो । 

आजदेखि जिल्ला प्रशासन कार्यालय अछाममा सेवा लिन आउने सेवाग्राहिले प्रशासन अगाडी राखिएको प्रतिबद्धता पत्रमा हस्ताक्षर  र आफनो सुझाव भएकाले सुझाव लेखेर मात्र सेवा लिन पाउने भएका छन । पहिलो पटक राखिएको प्रतिबद्धतामा जिल्ला प्रशासन कार्यालयका कर्मचारी लगाएत आज आएका सेवाग्राहीले हस्ताक्षर गरि सेवा समेत लिएका जिल्ला प्रशासन कार्यालय अछामका सहायक प्रमुख जिल्ला अधिकारी तथा सुचना अधिकारी आनन्द शर्मा भुषालले बताउनु भयो । पहिलो दिन मै ७१ जना सेवाग्राहीले प्रतिबद्धतामा हस्ताक्षर गरेर सेवा लिएका छन । यस्तो कार्यको थालनी गर्ने जिल्ला प्रशासन कार्यालय अछाम पहिलो सरकारी कार्यालय हो । 

अछाम जिल्लामा परापुर्व काल देखि ब्याप्त छाउपडी कुसंस्कारका कारण विगत १० बर्ष यता ९ जना महिला तथा किशोरिहरुले अकालमै छाउ गोठमा ज्यान गुमाउनु परेको तथा यहि मंसिर ३ गते तिमिल्सैना गाबिस वडा नम्बर ७ निवासि डम्मरा उपाध्याय र पौष ३ गते ग्राजा गाबिस वडा नम्बर ७ निवासि कक्षा ९ मा पढ्ने १५ वर्षिया छात्रा रोशनी तिरुवाको छाउपडि गोठभित्र दुखद निधन भएकोले प्रशासनको गम्भीर ध्यानआकर्षण भएको भन्दै सामुहिक प्रतिबद्धताको थालनी गरिएको भुषालले बताउनु भयो । कुसंस्कारका कारण अकालमा ज्यान गुमाएका महिला र किशोरि प्रती हार्दिक समवेदना प्रकट गर्दै महिलाको सम्मान रुपमा बाच्न पाउने अधिकार संरक्षण गर्न र भावि सन्ततीहरु यस कुसंस्कारको सिकार हुन नपरोस भनी प्रतिबद्धता पत्रमा भनिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह