सुवास विश्वकर्मा । पुस १५, पाल्पा | पाल्पाली समाज युएईले पाल्पा जिल्लाका ६० गा.वि.सका  विद्यालयमा अक्षकोष स्थापनाको अभियानलाई तीब्रता दिएको छ । समाजले एक गा"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... सुवास विश्वकर्मा । पुस १५, पाल्पा | पाल्पाली समाज युएईले पाल्पा जिल्लाका ६० गा.वि.सका  विद्यालयमा अक्षकोष स्थापनाको अभियानलाई तीब्रता दिएको छ । समाजले एक गा"/>
२८ पुष २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पाल्पा - PLP

पाल्पाको ६० गाविसका विद्यालयमा अक्षकोष स्थापना अभियान तिब्र

१५ पुष २०७३, शुक्रबार ०२:५५

सुवास विश्वकर्मा । पुस १५, पाल्पा | पाल्पाली समाज युएईले पाल्पा जिल्लाका ६० गा.वि.सका  विद्यालयमा अक्षकोष स्थापनाको अभियानलाई तीब्रता दिएको छ । समाजले एक गा.वि.स एक विद्यालय छनोट गरी जिल्लाका ६० विद्यालयका गरिव तथा जेहन्दार विद्यार्थीको लागि अक्षयकोष स्थापना अभियान अगाडि बढाएको हो । पहिलो चरणमा २० विद्यालय, दोस्रोमा २० र तेस्रोमा २० गरि अक्षकोष स्थापनाको कार्यक्रम संचलन गरिएको युएई समाजले जनाएको छ  ।

समाजले बार्षिक कार्यक्रम अन्तरगत पहिलो चरणको कार्यक्रमलाई तीब्रता दिएको बताएको छ । पहिलो चरणको कार्यक्रम अन्तरगत १५ विद्यालयमा अक्षकोष स्थापनाको काम सम्पन्न भएको पाल्पाली समाज युएइका पदेन सदस्य तथा पाल्पाली समाज युएईका क्षेत्रीय समिति अध्यक्ष इन्द्रबहादुर घर्तिले जानकारी दिनुभयो । यसैबीच जनप्रकास निम्न माध्यमिक विद्यालय जल्पा–३ साठ्ठिकोलमा अक्षकोष स्थापनाको कार्यक्रम सकिएको छ । पाल्पाली युएई समाजका पदेन सदस्य इन्द्र बहादुर घर्ति र दुर्गा बहादुर बारघरे गाउँमै पुगेर विद्यालयमा एक कार्यक्रमको आयोजना गरी अक्षकोष स्थापनाको लागि २५ हजार रुपैयाँ विद्यालयलाई हस्तान्तरण गर्नुभएको हो । 

कार्यक्रममा बोल्दै घर्तिले समाजको नयाँ कार्यनीति अनुसार एक बर्ष मा ३६४ दिन आफ्नो लागि र १ दिन समाजको लागि भन्ने एक दिने अभियान संचालनगरी विद्यालयमा अक्षकोष स्थापनाको कार्यक्रम अगाडि बढाइएको बताउनुभयो । कार्यक्रममा प्रमुख अतिथि नेपाली काँग्रेस गाउँ कमिटि सभापति अनिरुद्र खनालले पाल्पाली समाज युएईले संचालन गरेको एक गाविस एक विद्यालय अक्षकोष स्थापना कार्यक्रम सह्रानीय रहेको भन्दै अक्षकोषको सहि सदुपयोग गर्न आग्रह गर्नुभयो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बलबहादुर ठाडाको अध्यक्षतामा भएको कार्यक्रम को संचालन प्रधानाध्यापक दामोदर न्यौपानेले गर्नु भएको थियो ।   




प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मुस्ताङमा ४८ घण्टादेखि विद्युत् सेवा अवरुद्ध महामन्त्री थापाद्वारा समसामयिक राजनीतिक प्रस्ताव पेस अमेरिकाले ग्रिनल्यान्डलाई ‘कुनै न कुनै तरिकाले’ लिनेछ : ट्रम्प इरान तनाव चर्किँदै, मृतक सङ्ख्या ५४४ पार्टीलाई विभाजन होइन, एकताबद्ध गरेर लैजान आवश्यक छ : नेता डा कोइराला कांग्रेस विशेष महाधिवेशन कार्यविधि पारित कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र सुरु जिप दुर्घटना हुँदा तीनको मृत्यु कृत्रिम खुट्टाकै सहारामा सातै महादेशका शिखर आरोहण सुनचाँदीको मूल्य बढ्यो अल्पायुमै अस्ताए प्रशान्त… विशेष महाधिवेशन : आज बिहानैदेखि प्रतिनिधिको नाम दर्ता सुरु निर्वाचनका लागि कर्णालीमा नौ हजार सात सयभन्दा बढी ‘म्यादी’ प्रहरीको माग आयल निगम प्रतिस्पर्धी बन्नुपर्नेमा मन्त्री सिन्हाको जोड निर्वाचनमैत्री वातावरण बनाउनमा अध्यक्ष ओलीको जोड ‘बालेन-रवि सहयात्राले निर्वाचन सुनिश्चित भएको छ’ ग्रिनल्याण्डसँग अमेरिकाले ‘सजिलो’ वा ‘कडा’ तरिका प्रयोग गर्नेछ : राष्ट्रपति ट्रम्प कठिन परिस्थितिमा पनि प्रहरी सुरक्षामा प्रतिबद्ध छः प्रहरी महानिरीक्षक कार्की चार खानी मजदुरको निस्सासिएर मृत्यु एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक सुरु