नन्दराम जैसी | पुस १५, जुम्ला | जुम्लाका क्रियाशिल पत्रकार तथा विभिन्न पत्रकार संघ संगठनले जुम्ला पत्रकार महासंघमा बिहिबारदेखि अनिश्चित कालिन तालाबान्दि गरे"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

नन्दराम जैसी | पुस १५, जुम्ला | जुम्लाका क्रियाशिल पत्रकार तथा विभिन्न पत्रकार संघ संगठनले जुम्ला पत्रकार महासंघमा बिहिबारदेखि अनिश्चित कालिन तालाबान्दि गरे"/>

११ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

जुम्ला - JML

क्रियाशिल पत्रकारद्धारा पत्रकार महासंघमा तालाबन्दि

१५ पुष २०७३, शुक्रबार ०३:०२


नन्दराम जैसी | पुस १५, जुम्ला | जुम्लाका क्रियाशिल पत्रकार तथा विभिन्न पत्रकार संघ संगठनले जुम्ला पत्रकार महासंघमा बिहिबारदेखि अनिश्चित कालिन तालाबान्दि गरेका छन् । पत्रकार महासंघ शाखा जुम्लाले नयाँ सदस्यताका लागि गएको मंसिर ३ गतेसम्म आह्वान गरेको नयाँ सदस्य वितरणमा एकलौटि गैर पत्रकारहरुलाई सदस्याता दिलाएको भन्दै जुम्लाका क्रियाशिल पत्रकार र विभिन्न पत्रकार संघ संगठनले तालाबन्दि गरेका हुन् । 

पत्रकारहरुको हक, हित र पेशागत संरक्षण, निति निर्माणका लागि वकालत गर्ने महासंघ जुम्लाले विगत एक दशक लामो समय देखि एकलौटि रुपमा सदस्यता वितरण गर्दे आएकाले अनिश्चित तालाबन्दि गरिएको जुम्लाका क्रियाशिल पत्रकारहरुले बताएका छन् । जुम्लामा रहेका नेपाल प्रेस युनियन, प्रेस चौतारी, पत्रकार समाज, मिडिया नेपाल लगायतका संघ संघठनले महासंघ शाखा जुम्लामा तालाबन्दि गरेका हुन् । 


जुम्लामा रहेका अन्य संगठनसँग समन्वय नगरी पत्रकार महासंघको सदस्यताका लागि सिफारिसमा एकलौटी ढंगले ४७ जनाको नाम सिफारिस गरिएको प्रति आपति प्रकट गर्दे जुम्लाका क्रियाशिल र विभिन्न पत्रकारका संघ संगठनले अनिश्चित कालका लागि तालाबन्दि गरेको छन् ।

जिल्ला प्रशासन कार्यालय जुम्लामा ध्यानकर्षण पत्र पेश गर्दे जुम्लाका क्रियाशिल र विभिन्न पत्रकार संघ संगठनहरुले तालाबन्दि गरेको जानकारी गराएका छन् । काम गरि रहेका पत्रकारहरुलाई सदस्यता दिने ठांउमा एकलौटी ढंगले पार्टीको सदस्यता विवरण गरेझै पत्रकारहरुको सदस्यता सिफारिस तथा वितरण गरेको आरोप लगाईएको छ । आफ्ना नाता गोताको भत्र्ति केन्द्र महासंघलाई बनाएकोले तत्काल त्यसलाई रोक्न ध्यानकर्षण पत्र मार्फत अपिल गरिएको छ ।


नेपाल प्रेस युनियन जुम्लाका अध्यक्ष एलपी देवकोटाको अगुवामा महासंघ शाखा जुम्लाले सिफारिस गरेका नामहरु तत्काल रद्ध गरी सदस्यताका लागि आवेदन दिएका सबै पत्रकारहरुको व्यवसायिकताका आधारमा सदस्यता वितरण गर्न माग गरिएको छ । जिल्ला शाखा जुम्लाले २०७३ मंसिर ३ गते सम्म सदस्यताको लागि आवेदन बुझाउन सार्वजनिक सूचना आह्वान गरेता पनि महासंघ शाखा जुम्लाले आफ्ना पक्षका सदस्यताको सिफारिस २०७३ कार्तिक ३० मा नै केन्द्रमा नामावली पठाइएको ध्यानकर्षण पत्रमा उल्लेख गरिएको छ । 

पत्रकारहरुको हक हितमा काम गर्ने पत्रकारहरुलाई ओजेलमा पारेकाले तत्काल कमि कमजोरी सच्चाई सवै संघ, संगठनसँग समन्वय गरि नया सदस्यता सिफारिस गर्न ध्यानकर्षण पत्रमा लेखिएको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह