२०८२, ९ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काभ्रेपलान्चोक - KVP

काभ्रेका भूकम्पपीडितले अहिलेसम्म परिचयपत्र समेत पाएनन्

२०७३, १५ पुष शुक्रबार ०८:३७

पुस १५, काभ्रे । भूकम्प गएको २० महिना वितिसक्दा पनि पाँचखाल– ९ का भूकम्पपीडितले भूकम्पपिडित परिचयपत्र पाउनसकेका छैनन् । उक्त क्षेत्रका करिब ४० घरधुरीले परिचयपत्र नपाएको स्थानीयवासीको गुनासो छ । 

परिचयपत्रका लागि पुनः इन्जिनियर आएपनि आफ्नो नाम ननिस्किएको र गुनासो गराउँदासमेत केही राहत नमिलेको स्थानीय लक्ष्मीकुमारी दनुवारले बताउनुभयो । 

‘यो ठाउँका सबैको खान लाउनसमेत नपुग्ने अवस्था छ ।’ दनुवारले भन्नुभयो, ‘आफ्नो पनि तीनजना परिवारको आर्थिक अवस्था एकदमै नाजुक छ यहाँका प्रायः सबै स्थानीयवासी अरुकै जग्गामा टहरा हालेर बस्न बाध्य छन् ।’ 

आफ्नो आयस्रोतको प्रमुख माध्यम नै खेतीपाती रहेको र खेतीपातीबाट छ महिनालाई समेत खान नपुग्ने अवस्था रहेको त्यहाँका अर्का स्थानीयवासी राजिव दनुवारले बताउनुभयो । 

पिछडिएका दनुवार समुदायको बसोवास अधिक रहेको सो स्थानका इन्द्रमाया दनुवार, बेली दनुवार, सविन दनुवार, मानबहादुर दनुवार, धनबहादुर दनुवार, अम्बिका दनुवारलगायतका परिवारले भूकम्पपीडित परिचयपत्र नपाउनुका साथ हालसम्म कुनै पनि राहत समेत नपाएको उनीहरुको गुनासो छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कुवेत ट्रान्जिटमा अलपत्र ३३ नेपाली साउदीमार्फत गन्तव्यतिर प्रस्थान सडकबाट लडेर एक वृद्धको मृत्यु कांग्रेसका पूर्वसभापति देउवा हङकङ प्रस्थान कपिलवस्तुको महाराजगन्ज क्षेत्रमा निषेधाज्ञा सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्छ: बालेन्द्र शाह इनिशा बिक हत्या प्रकरणमा संलग्न दोषीलाई कडा कारबाहीको माग गर्दै माइतीघरमा आज पनि प्रदर्शन कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै काठमाडौँमा विरोध प्रदर्शन दक्षिण कोरियामा अटो पाट्र्स कारखानामा भीषण आगलागी: १० को मृत्यु, ५९ घाइते, ४ बेपत्ता इरानमाथि दबाब क्रमिक रूपमा घटाइन्छ: डोनाल्ड ट्रम्प ठगीमा संलग्न रहेको अभियोगमा सात जना पक्राउ बुटवल-नारायणगढ सडक अवरुद्ध पाथीभरामा पाँचौँ पटक हिमपात, दर्शनार्थीको घुइँचो इरानले नियन्त्रणमा लिएका नेपाली नागरिकको परिचय खुल्यो बसको ठक्करबाट दुई जना पैदल यात्रीको मृत्यु हावाहुरीसहितको वर्षाका कारण पहिरो खस्दा कान्ति लोकपथ अवरुद्ध बाबुको हत्या गरेर फरार रहेका छोरा डेढ महिनापछि पक्राउ गगन थापाको राजीनामा अस्वीकृत मौसम खराब भएपछि काठमाडौँको उडान प्रभावित काठमाडौँमा असिनासहितको वर्षा, दिउँसै अन्धकार हावाहुरीसहित असिना पानीको सम्भावना, सतर्कता अपनाउन आग्रह