११ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काभ्रेपलान्चोक - KVP

काभ्रेका भूकम्पपीडितले अहिलेसम्म परिचयपत्र समेत पाएनन्

१५ पुष २०७३, शुक्रबार ०८:३७

पुस १५, काभ्रे । भूकम्प गएको २० महिना वितिसक्दा पनि पाँचखाल– ९ का भूकम्पपीडितले भूकम्पपिडित परिचयपत्र पाउनसकेका छैनन् । उक्त क्षेत्रका करिब ४० घरधुरीले परिचयपत्र नपाएको स्थानीयवासीको गुनासो छ । 

परिचयपत्रका लागि पुनः इन्जिनियर आएपनि आफ्नो नाम ननिस्किएको र गुनासो गराउँदासमेत केही राहत नमिलेको स्थानीय लक्ष्मीकुमारी दनुवारले बताउनुभयो । 

‘यो ठाउँका सबैको खान लाउनसमेत नपुग्ने अवस्था छ ।’ दनुवारले भन्नुभयो, ‘आफ्नो पनि तीनजना परिवारको आर्थिक अवस्था एकदमै नाजुक छ यहाँका प्रायः सबै स्थानीयवासी अरुकै जग्गामा टहरा हालेर बस्न बाध्य छन् ।’ 

आफ्नो आयस्रोतको प्रमुख माध्यम नै खेतीपाती रहेको र खेतीपातीबाट छ महिनालाई समेत खान नपुग्ने अवस्था रहेको त्यहाँका अर्का स्थानीयवासी राजिव दनुवारले बताउनुभयो । 

पिछडिएका दनुवार समुदायको बसोवास अधिक रहेको सो स्थानका इन्द्रमाया दनुवार, बेली दनुवार, सविन दनुवार, मानबहादुर दनुवार, धनबहादुर दनुवार, अम्बिका दनुवारलगायतका परिवारले भूकम्पपीडित परिचयपत्र नपाउनुका साथ हालसम्म कुनै पनि राहत समेत नपाएको उनीहरुको गुनासो छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह