१ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दाङ्ग - DNG

दलित युवाहरुका लागी धनौरिमा सुरक्षा गार्ड तालिम

१५ पुष २०७३, शुक्रबार १०:४८

शंकर के सी,  पुस १५, दाङ । दलित समूदायका युवाहरुले स्वदेशमै रोजगार पाउन सकुन् भन्ने उद्देश्यका साथ दाङको धनौरिमा सुरक्षा गार्ड तालिम शुरु भएको छ । दलित सञ्जाल धनौरि र राप्ती सेक्युरिटि सर्भिस्को सहकार्यमा शुक्रबार देखि शुरु भएको तालिमको एक कार्यक्रमका विच उद्घाटन गरिएको हो ।

सो अवसरमा राप्ती सेक्युरिटी सर्भिस्का अध्यक्ष नरेश कुमार डागीले दलित समूदायका युवायुवतीहरुका लागी सुरक्षा गार्ड तालिमको आयोजना गरिएको जनाए । र उनले दिनानुदिन मानिसहरु वैदेशिक रोजगारका लागि विदेशिएको र कतिपय स्वदेशमै बेरोजगार भएर विभिन्न कुलतमा फसेको बेला सेक्युरिटी तालिम लिएपछि विदेशमा गएर वा स्वेदशमै पनि केही गर्न सकिन्छ भन्ने आँट सहभागीहरुमा आउने विश्वास व्यक्त गरे ।

द्यलित सञ्जालका अध्यक्ष भुपाल नेपालिको अध्यक्षतामा भएको कार्यक्रमका सहभागी अतिथीहरुले बेरोजगारी समस्यालाई समाधान गर्नका लागि हातमा सीप र सिर्जना आवश्यक रहेकोमा जोड दिएका थिए ।

कार्यक्रममा नेपालि काग्रेस धनौरिका सभापती रत्न बहादुर भण्डारी, एमाले धनौरिका अध्यक्ष डिल्ली पाण्डे, माओवादी केन्द्र धनौरिका संयोजक तोरण सिंह बाँठा मगर, राप्रपाका अध्यक्ष टोप बहादुर ओली, जनमोर्चाका प्रेम कुमारि विक लगाएतकाले बोल्दै तालिमका प्रशिक्षार्थीहरुले अनुशासन, धैर्यता र लगनशीलताको साथमा सुरक्षा गार्ड तालिम लिनुपर्ने बताएका थिए ।

२० दिन सम्म चल्ने तानलिममा महिला १० जना र पुरुष २० जना गरि ३० जना दलित समूदायका युवायुवतीहरुको सहभागीता रहेको राप्ती सेक्युरिटी सर्भिस्का फिल्ड अधिकृत चिरञ्जीवि रिजालले जनाएका छन् ।

राप्ती सेक्युरिटी सर्भिस्का अध्यक्ष नरेश कुमार डागीको प्रमुख आतीथ्यता, धनौरि गाविस सचिव राजेश कुमार गुप्ताको विशिष्ट आतीथ्यतामा भएको तालिम उद्घाटन कार्यक्रममा स्वागत मन्तव्य दलित सञ्जालका सचिव जानकी सुनारले राखेकी थिइन् भने सञ्चालन दिपक परियारले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव