बिदुर एमसी । देउखुरी १५ पुस । देउखुरीको भालुवाङबाट माघको पहिलो हप्ता देखि देउखुरी टुडे साप्ताहिक नामक पत्रिका प्रकाशन हुने भएको छ । जिल्ला प्रशास"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... बिदुर एमसी । देउखुरी १५ पुस । देउखुरीको भालुवाङबाट माघको पहिलो हप्ता देखि देउखुरी टुडे साप्ताहिक नामक पत्रिका प्रकाशन हुने भएको छ । जिल्ला प्रशास"/>
१ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दाङ्ग - DNG

देउखुरीको भालुवाङबाट साप्ताहिक पत्रिका प्रकाशन हुने

१५ पुष २०७३, शुक्रबार १२:३६

बिदुर एमसी । देउखुरी १५ पुस । देउखुरीको भालुवाङबाट माघको पहिलो हप्ता देखि देउखुरी टुडे साप्ताहिक नामक पत्रिका प्रकाशन हुने भएको छ । जिल्ला प्रशासन कार्यालय दाङमा २०७३ साउन २ गते बिधिवत दर्ता भएको पत्रिकाले माघ ५ गते बुधबार देखि आफ्नो प्रकाशन आरम्भ गर्ने जनाएको छ ।

केही महिना अगाडी देखि अनलाईन पत्रिकाको रुपमा समाजिक सञ्जालका रुपमा संचार क्षेत्रमा देखिने गरेको देउखुरी टुडे साप्ताहिक अब छापा पत्रिकाको रुपमा प्रकाशन हुने भएको हो । गाउँ देखि शहर, खबर भित्रको खवर मुलनारा प्रत्येक हप्ताको बुधबार प्रत्रिका प्रकाशन गर्ने गरी तयारी तीब्र पारिएको छ । पत्रिकाका प्रकाशक÷सम्पादक सन्तोषकुमार गुप्ताको अध्यक्षतामा शुक्रबार भालुवाङमा भएको भेलाले माघको ५ गते बुधबार देखि पत्रिका प्रकाशन गर्ने गरी तयारी तीब्र पारेको छ । देउखुरी टुडे साप्ताहिकाको बिमोचन प्रेस काउन्सिल नेपालका अध्यक्ष बोर्णबहादुर कार्कीले गर्ने प्रकाशकले जनाएको छ ।  

प्रकाशित हुने पत्रिकको प्रधान सम्पादकमा शिबराज पन्थी, सह—सम्पादकमा बिदुर एमसी., उप–सम्पादकमा सुमन केसी, कार्यकारी सम्पादकमा ओंमप्रकाश गुप्ता र प्रबन्ध सम्पादकमा सागर थापा रहेका छन् । यसैगरी पत्रिकाको अतिथि सम्पादकमा रामसुरत यादव र सल्लाहकार सम्पादकमा हरि पोखे्रल रहेका छन् भने प्रबन्धकमा पम्फा गौचन तथा व्यवस्थापकमा कृष्णप्रसाद भण्डारी रहेका छन् । त्यसैगरी पत्रिकाको बिशेष सल्लाहकारहरुमा निमबहादुर थापा, होमप्रसाद शर्मा, बालगोविन्द चौधरी, भानु जोशी, हरि भुसाल र दिलबहादुर महतरा रहेको प्रत्रिकाका प्रकाशक÷सम्पादक गुप्ताले जानकारी दिए ।

बिभिन्न समयमा देउखुरी क्षेत्रबाट छापा पत्रिकाहरु प्रकाशन हुने गरे पनि नियमित सञ्चालन हुन नसकिरहेको हुँदा यस पत्रिकालाई निरन्तरता दिने अभिप्रायः अनुरुप प्रकाशन आरम्भ गर्न थालिएको सम्पादक मण्डलले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव