बिदुर एमसी । देउखुरी १५ पुस । देउखुरीको भालुवाङबाट माघको पहिलो हप्ता देखि देउखुरी टुडे साप्ताहिक नामक पत्रिका प्रकाशन हुने भएको छ । जिल्ला प्रशास"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... बिदुर एमसी । देउखुरी १५ पुस । देउखुरीको भालुवाङबाट माघको पहिलो हप्ता देखि देउखुरी टुडे साप्ताहिक नामक पत्रिका प्रकाशन हुने भएको छ । जिल्ला प्रशास"/>
२०८२, ११ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दाङ्ग - DNG

देउखुरीको भालुवाङबाट साप्ताहिक पत्रिका प्रकाशन हुने

२०७३, १५ पुष शुक्रबार १२:३६

बिदुर एमसी । देउखुरी १५ पुस । देउखुरीको भालुवाङबाट माघको पहिलो हप्ता देखि देउखुरी टुडे साप्ताहिक नामक पत्रिका प्रकाशन हुने भएको छ । जिल्ला प्रशासन कार्यालय दाङमा २०७३ साउन २ गते बिधिवत दर्ता भएको पत्रिकाले माघ ५ गते बुधबार देखि आफ्नो प्रकाशन आरम्भ गर्ने जनाएको छ ।

केही महिना अगाडी देखि अनलाईन पत्रिकाको रुपमा समाजिक सञ्जालका रुपमा संचार क्षेत्रमा देखिने गरेको देउखुरी टुडे साप्ताहिक अब छापा पत्रिकाको रुपमा प्रकाशन हुने भएको हो । गाउँ देखि शहर, खबर भित्रको खवर मुलनारा प्रत्येक हप्ताको बुधबार प्रत्रिका प्रकाशन गर्ने गरी तयारी तीब्र पारिएको छ । पत्रिकाका प्रकाशक÷सम्पादक सन्तोषकुमार गुप्ताको अध्यक्षतामा शुक्रबार भालुवाङमा भएको भेलाले माघको ५ गते बुधबार देखि पत्रिका प्रकाशन गर्ने गरी तयारी तीब्र पारेको छ । देउखुरी टुडे साप्ताहिकाको बिमोचन प्रेस काउन्सिल नेपालका अध्यक्ष बोर्णबहादुर कार्कीले गर्ने प्रकाशकले जनाएको छ ।  

प्रकाशित हुने पत्रिकको प्रधान सम्पादकमा शिबराज पन्थी, सह—सम्पादकमा बिदुर एमसी., उप–सम्पादकमा सुमन केसी, कार्यकारी सम्पादकमा ओंमप्रकाश गुप्ता र प्रबन्ध सम्पादकमा सागर थापा रहेका छन् । यसैगरी पत्रिकाको अतिथि सम्पादकमा रामसुरत यादव र सल्लाहकार सम्पादकमा हरि पोखे्रल रहेका छन् भने प्रबन्धकमा पम्फा गौचन तथा व्यवस्थापकमा कृष्णप्रसाद भण्डारी रहेका छन् । त्यसैगरी पत्रिकाको बिशेष सल्लाहकारहरुमा निमबहादुर थापा, होमप्रसाद शर्मा, बालगोविन्द चौधरी, भानु जोशी, हरि भुसाल र दिलबहादुर महतरा रहेको प्रत्रिकाका प्रकाशक÷सम्पादक गुप्ताले जानकारी दिए ।

बिभिन्न समयमा देउखुरी क्षेत्रबाट छापा पत्रिकाहरु प्रकाशन हुने गरे पनि नियमित सञ्चालन हुन नसकिरहेको हुँदा यस पत्रिकालाई निरन्तरता दिने अभिप्रायः अनुरुप प्रकाशन आरम्भ गर्न थालिएको सम्पादक मण्डलले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पहिरोमा पुरिएर एक जनाको मृत्यु, स्काभेटर चालक बेपत्ता मलेसियामा आफ्नै साथीको चक्कु प्रहारबाट सल्यानका युवकको मृत्यु छ महिनाभित्रै निर्वाचन गराउने कार्य सहज थिएन : प्रधानमन्त्री कार्की ठमेलमा यौनधन्दा गर्दै आएका २० विदेशी महिला पक्राउ बालेनले शुक्रबार मध्याह्न साढे १२ बजे शपथ लिने कर्णाली प्रदेशमा भोलि सार्वजनिक बिदा हामी सडकबाट सशक्त रूपमा सरकार चलाउने छौं: कुलमान घिसिङ कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक सुरु अर्जुननरसिंह केसीले गरे पदभार ग्रहण रवि लामिछानेलाई अमेरिकाले दियो बधाई राष्ट्रपतिबाट प्रतिनिधि सभाका ज्येष्ठ सदस्य केसीले लिए शपथ पूर्वसांसद गोविन्दविक्रम शाहको निधन कुवेत विमानस्थलमा इरानी ड्रोन आक्रमण सुनचाँदीको मुल्य बढ्यो एसईईमा सहभागी हुने विद्यार्थी घटे रवि लामिछानेकाे मुद्दा आज पनि हेर्दाहेर्दैमा आयल निगमले एक सातापछि भरी सिलिन्डर ग्यास बिक्री गर्ने एनआरएनए आईसीसी सह–कोषाध्यक्षमा गङ्गा खतिवडा निर्विरोध, आर्थिक पारदर्शितामा नयाँ भरोसा ‘दोस्रो राष्ट्रिय कुलिनरी च्यालेन्ज प्रतियोगिता २०२६’ झापाको दमकमा आयोजना हुँदै भिरबाट लडेर ९ वर्षीया बालिकाको मृत्यु