१४ पुष २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

नवलपरासीमा गलत कामगरि करोडौको बजेट कुम्ल्याइयो

१५ पुष २०७३, शुक्रबार १६:३२


पुस १५, नवलपरासी । पुर्वपश्चिम राजमार्ग देखि रामग्राम स्तुप जोडने बाटोको निर्माण कार्यमा व्यापक अनियमितता भैरहेको स्थानियले आरोप लगाएका छन् । 

राजमार्ग स्थित हरकट्टा देखि बैकुण्ठापुर, लोहसडा, देउरवा हुदै रामगंराम स्तुपमा जोडने बाटोको निर्माणमा कमसल सामाग्री प्रयोग भई गुणस्तरहिन काम भएको स्थानियले आरोप लगाएका हुन् ।

संसद विकास कोष अन्तर्गत हरकट्टा देखि बैकुण्ठापुर र बैकुण्ठापुरदेखि देउरवाँ उजैनी रामग्राम स्ुतप, दुईटा प्याकेजमा ५/५ करोडको लगानीमा बाटोको निर्माण कार्य भै भैरहेको छ । बाटाको छेउछाउमा ढल निकास एवं कलबर्टको निर्माणमा प्रयोग हुने ईट्टा, बालुवा र मिस्कट गुणस्तरहिन रहेको स्थायिन एवं नागरिक समाजका अध्यक्ष सम्भु उपाध्यायको आरोप छ । उपाध्यायले प्रकृति र शिवदेवि ज्वाइन्ट भेन्चर कम्पनिले लिएको उक्त बाटो ठेक्काकाम भ्रष्टचार गर्न खोजेको आरोप लगाउनु भयो ।

रामग्राम नगरपालिका वडा नम्बर ७ देउरवाँमा बाटो निर्माणको क्रममा बनाईदै आइएको ढलनिकास तथा कलबर्टमा प्रयोग हुने निर्माण सामाग्रहरु स्टिमेट अनुसारको नभई स्थानिय खोलाको गुणस्तरहिन बालुवा, मिस्कट, र सिम ईट्टा प्रयोग भैरहेको छ । त्यस्तै बाटोमा हालिने माटो बाहिर बाट लयाउनु पर्ने स्टीमेटमा रहेपनि पनि ठेक्दारले बाटोकै छेउछाउका माटो प्रयोग गरि बजेट कुम्ल्याउन खोजेको उपाध्यायले आरोप लगाउनु भयो ।

र्हाइवेबाट स्तुपसम्म बाटो करिब १० किलोमिटरको दुरी छ । उक्त निर्माणधिन बाटो प्रयोग गरि सजिलै हाईवेबाट भगवान गौतम बुद्धको अष्टधातु रहेको रामग्राम स्तुपमा छिटो छरितो पुग्न सकिन्छ । बाटो निर्माणमा अनियमितता भैरहँदा जिल्लाका सम्बन्धित निकायहरु मौन बसेको अवस्था छ । गलत कामको स्थानियहरुले विरोध गर्दैगर्दा यो योजना फिर्ता एवं बजेट फ्रिज हुन सक्ने ठेकदारले भन्दै काम गर्न देउ भनि दबाब दिदै आएका स्थानियले आरोप लगाए । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रधानमन्त्री कार्कीसँग राष्ट्रियसभा अध्यक्ष दाहालको शिष्टाचार भेट सरकारको एकीकृत वित्तीय विवरण पेस उत्तर कोरियाद्वारा क्रुज मिसाइल परीक्षण सरकार र जेनजीको सम्झौताविरुद्ध परेको रिट ‘हेर्न नभ्याइने’ स्वास्थ्य बीमाका प्रावधान सुधारका लागि गृहकार्य गरिरहेका छौँ : स्वास्थ्यमन्त्री डा गौतम आन्दोलनमा बल प्रयोगसम्बन्धी कुनै आदेश दिइएको थिएनः पूर्वगृहमन्त्री लेखक नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट युक्रेन सङ्कट समाधानमा चरणबद्ध प्रक्रिया आवश्यकः ट्रम्प गाजामा आँधीका कारण जनजीवन जोखिममा,उद्धार कार्य प्रभावित इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार व्यक्ति युएईबाट पक्राउ उपत्यक ट्राफिक प्रहरीलाई ‘म्याजिक लाइट’ हस्तान्तरण थाइल्यान्ड–कम्बोडिया सीमा विवाद : चीनको मध्यस्थता प्रयास जसपा नेपाल र जसपाबीच एकता घोषणा नक्कली सुन दिएर पाँच लाख ठगी गर्ने गिरोह पक्राउ शान्तितर्फ युक्रेन–रुस वार्ता नजिकिएको ट्रम्पको दाबी नेकपाले सांसद र मन्त्री भइसकेकालाई समानुपातिक सूचीमा नराख्ने अधिकांश दलले समानुपातिक निर्वाचन प्रणालीतर्फको बन्द सूची आज पेस गर्दै राजनीतिमा आमूल परिवर्तन आउनुपर्छ : मन्त्री खरेल करेन्ट लागेर एक महिलाको मृत्यु डुबेर तीन वर्षीय बालकको निधन