(धनवीर महतो) | पुस १६, महोत्तरी | अति पिछडिएको दलित समुदाय मुसहर बस्तीका बालबालिकालाई महोत्तरीको एक प्राथमिक विद्यालयका प्रधानाध्यापकले चकलेट दिएर विद्यालयसम्म ल्याउनका"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... (धनवीर महतो) | पुस १६, महोत्तरी | अति पिछडिएको दलित समुदाय मुसहर बस्तीका बालबालिकालाई महोत्तरीको एक प्राथमिक विद्यालयका प्रधानाध्यापकले चकलेट दिएर विद्यालयसम्म ल्याउनका"/>
२०८२, १० चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

महोत्तरी - MHT

महोत्तरीमा चकलेट बाँड्दै विद्यार्थी तान्दै

२०७३, १६ पुष शनिबार ०७:१४

(धनवीर महतो) | पुस १६, महोत्तरी | अति पिछडिएको दलित समुदाय मुसहर बस्तीका बालबालिकालाई महोत्तरीको एक प्राथमिक विद्यालयका प्रधानाध्यापकले चकलेट दिएर विद्यालयसम्म ल्याउनका लागि आकर्षित गर्दैआउनुभएको छ । 

महोत्तरी सुन्दपुर–५ स्थित दलित उत्थान प्रावि मैनटोल मुसहरीका प्रअ रामस्नेही ठाकुरले निजी पैसा खर्च गरेर बालबालिकालाई प्रत्येक दिन चकलेट वितरण गरिरहनुभएको छ । विसं २०६४ मा एक्सन नेपाल नामक संस्थाले बाटाको छेउमा दुईकोठे अर्धपक्की भवन बनाइदिएपछि त्यस समुदायका बालबालिकालाई आफूले पढाउँदै आएको ठाकुरले बताउनुभयो । 

विद्यालय सञ्चालन भएको एक दशकसम्म जिल्ला शिक्षा कार्यालयलाई सहयोगका लागि बारम्बार आग्रह गर्दा समेत कुनै किसिमको सहयोग नपाइएको गुनासो प्रअ ठाकुरले गर्नुभयो । चौरासी जना विद्यार्थीले विद्यालयको स्थापनाकालदेखि नै पाठ्यपुस्तक र छात्रवृत्तिको रकम पाउन सकेका छैनन् । 

जिल्ला शिक्षा कार्यालयले यसै वर्ष एककोठे पक्की शौचालय बनाइदिए तापनि त्यहाँ स्वच्छ खानेपानीको अभाव नै छ । विसंं २०६७ मा स्थानीयवासी राजकिशोर यादवले विद्यालयलाई जग्गा उपलब्ध गराए पनि आर्थिक स्रोतको अभावका कारण भवन निर्माण हुन नसकेको विद्यालयले जनाएको छ । 

कक्षा ३ सम्म पढाइ हुने सो विद्यालयमा दुई बाल विकास र एक पिसिएफ (प्रति बाल कोष) दरबन्दी भए तापनि त्यहाँ दुई बाल विकास र दुई पिसिएफ शिक्षक छन् । पिसिएफका दुई शिक्षकले तलब बाँडफाँट गरेर बुझ्दै आएको विद्यालय स्रोतले जनाएको छ । 

एक सय ८० मुसहर समुदायको घरपरिवार बसोबास गर्ने सो बस्तीका अधिकांश बालबालिका ससाना नानी खेलाउने, घरको कामकाज गर्ने जस्ता कामकाजमा व्यस्त भएका कारण अध्ययन गर्न विद्यालयसम्म आउन सकेका छैनन् । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एसईईमा सहभागी हुने विद्यार्थी घटे रवि लामिछानेकाे मुद्दा आज पनि हेर्दाहेर्दैमा आयल निगमले एक सातापछि भरी सिलिन्डर ग्यास बिक्री गर्ने एनआरएनए आईसीसी सह–कोषाध्यक्षमा गङ्गा खतिवडा निर्विरोध, आर्थिक पारदर्शितामा नयाँ भरोसा ‘दोस्रो राष्ट्रिय कुलिनरी च्यालेन्ज प्रतियोगिता २०२६’ झापाको दमकमा आयोजना हुँदै भिरबाट लडेर ९ वर्षीया बालिकाको मृत्यु केन्द्रीय कार्यसमितिको निर्णयको सम्मान गर्छु : गगन थापा भदौ २४ गते नेताको घरमा भेटिएको र जलेको पैसाबारे अनुसन्धान हुनुपर्छ: गगन थापा हतारोमा र हताश भएर राजीनामा दिएको होइन: गगन थापा कांग्रेसको केन्द्रीय समितिको बैठकमा छलफलका लागि ५ एजेन्डा तय ज्वाइँको हत्या गरी फरार रहेका ससुरा पक्राउ रवि लामिछानेविरुद्धको मुद्दा फिर्ता प्रकरणको रिटमा आज पनि सुनुवाइ शेरबहादुर देउवाको निजी निवासका केही संरचनाहरू भत्काउन थालियो रास्वपा केन्द्रीय समिति बैठक बिहीबारका लागि आह्वान सरकारले भ्रष्टाचार रोक्न सकेन भने जनतालाई ठूलो धोका हुनेछ: महावीर पुन आज पनि घट्यो सुनको मूल्य ट्यांकरले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटको आजको सुनुवाइ हेर्दाहेर्दैमा लागू औषधसहित थाई नागरिक विमानस्थलबाट पक्राउ महिला हिंसाविरुद्ध माइतीघरमा प्रदर्शन